Sunday, October 1, 2023

फुटाउँदा त यसपटक...

 त्यसरी बानेश्वर चोकमा उभिएर 

प्रहरीलाई ढुङ्गा हान्न कदापि मन थिएन।

यसपटक ढुङ्गो त यसरी हान्न मन थियो कि,
भत्कियोस् संसद् भवन।
ढलोस् सिंहदरबार।
शोषकहरूको घरको सिसा फुटोस्।
कति फुटाउनु आफ्नै मात्र टाउको साथी,
फुटाउँदा त यसपटक बालुवाटार नै फुटाउन मन थियो। 

छेलो खेलेझैँ 
फाल्न मन थियो ढुङ्गो–संसद् भवनभित्रैसम्म पुग्ने गरी।
फुटोस् टेबल।
च्यातियोस् प्रस्ताव। 
थर्थरी काँपोस् मुटु - साम्राज्यवादको मुन्सी बनिरहेको प्रस्तावकको। 

यो गोलो ढुङ्गो 
ताकेर हान्न मन थियो 
बोली फेरिरहने नेताज्यूलाई।
डरले-खलखलती पसिना बगोस्। 
निदाउन नसकुन्-ढुङ्गो हुर्रिएको गति सम्झेर ! 

आफै खित्खिताउँदै 
वर्षौंदेखि हामीमाथि अट्टाहास गरिरहेको- एउटा चटकेलाई 
उभ्याउन मन थियो-जनताको कठघरामा।
घेरा हालेर सोध्न मन थियो - केही सामान्य प्रश्नहरू। 
कालोनीलो होस् त्यसको अनुहार।
चुट्किला त के-'पानी' समेत भन्न डराओस्। 

साँच्चै भनेको, त्यसरी बानेश्वर चोकमा उभिएर
प्रहरीलाई ढुङ्गा हान्न कदापि मन थिएन। 

सार्वभौमिकता दाउमा राखेर
साम्राज्यवादको तलुवा चाट्ने
आक्कलझुक्कल मुसुक्क मुस्कुराउँदै 
हात जोडेर ङिच्च दाँत देखाउने 
सांसदज्यूलाई, मात्रै ५ दिन भोकै राख्न मन थियो। 
र सोध्न मन थियो : 'थोरै चिउरा छ, के सँग खाने हो?' 

भर्खरै प्रहरीको गोली लागेर
ढलेको आन्दोलनकारीको रगत लत्पतिएको यो ढुङ्गो
बोकेर हिँड्न मन छ झोलाभित्र
ताकि हरेक झोला देखेर
तर्सिउन्-साइरन बजाउँदै सिंहदरबारबाट निस्कने गाडीका लस्कर। 
ढुङ्गो बज्रँदा कम्पन यसरी छुटोस् कि,
- टेबुलमुनि कुनै हात नलम्किउन्। 
- बुरुक्क बुरुक्क तिनका आसेपासे नचम्कुन्। 

ढुङ्गो त यसरी हुर्‍याउन मन थियो कि,
सुइय्यँ... गरेर हावामा बत्तिँदै
बढेमानको पर्खाल नाघेर
फुटाउँदै सिसा
ढुङ्गो पुगोस् बालुवाटारको गद्दीसम्म
ढलोस् जनतामारा राज्यसत्ता।

त्यसरी बानेश्वर चोकमा उभिएर 
प्रहरीलाई ढुङ्गा हान्न कदापि मन थिएन। 
ढुङ्गो त यसरी हान्न मन थियो कि,
बत्तिँदै आएको ढुङ्गो देखेर
सातो उडोस् बुर्जुवा शासकको।
तुरुक्कै मुतुन् नवधनाढ्य युवराजहरूले।

कति फुटाउनु आफ्नै मात्र टाउको साथी,
फुटाउँदा त यसपटक बालुवाटार नै फुटाउन मन थियो।


Published on : https://nepalsamaya.com/detail/71579

सपनाको रंग

किन मेरो मात्रै हातको घडीमा

उल्टो उल्टो चलिरहन्छ जिन्दगीको समय ?


कसैले त भनोस् मलाई

कि कस्तो हुन्छ समयको रंग ?

 

उड्दैउड्दै बिद्यालय गएका चराजस्ता नानीहरु

फर्कि आउँछन् उदासउदास अनुहार लिएर

कस्तो हुन्छ होला तिनीहरुले हरेक दिन

स्कूलबाट झोलाभरिभरि बोकेर फर्कने कखराको रंग ?

कस्तो हुन्छ उमेरको रंग ?


उमेरसँगै बिलाईगएका

कल्कलाउदा बैशका रहरहरुको रंग पो कस्तो हुन्छ ?


आनो हराईरहेको छोरो फर्किआउने गोरेटोमा

आँखा बिछ्याईरहेका

बृद्ध बाको आँखामुनिको छालाकोरंग के हो ?

उसो त लालीगुँरासको पो रंग कस्तो हुन्छ होला ?


त्यै गुँरास शिरमा सिउरेकी

नवयौवनाको गालाको रंग चैकस्तो हुन्छ ?


कस्तो हुन्छ सिन्दुर उजाडिएकी

विधवाको कलेटी ओठहरुले

गाउने गीतको रंग ?


अनि हामीले हर दिन देख्ने गरेको सपनाको रंग चै?

कोही त भनिदेउ मलाई कि कस्तो छ हाम्रो हृदयको रंग ?


भर्खरै ढुन्मुनिदै भट्टीबाट निस्किएका

एक हुल नेताजीहरुको आँखाको रंग चै कस्तो छ ?


किन कसैले मलाई उत्तर दिँदैन हँ ?

कि कस्तो हुन्छ

हराएका सपनाहरुको रंग ?


धन्य, हामी सबैलाई थाहा छ,

हाम्रो देशको झण्डाको

भित्ताभरि पोतिएको रंग रातो छ

र नीलो छ

हाम्रो झण्डाको किनार ।



This poem was used in Drama "Aadha Satya", A theatrical play based on Disappeared During People's Revolution. 

You can find the Full Script over Here : 

https://ia802807.us.archive.org/28/items/reflectionweb/Aadha%20Satya%20Nepali.pdf


दन्त्यकथा रिटर्न्स

नाटक अनुभूति- एक बोली एक दाम


सानोमा दन्त्यकथाहरु सुन्ने खुब रहर हुन्थ्यो। 

गाउँ जाँदा उकालो बाटोमा धेरैपटक बुवाले कथा नभनेसम्म हिँड्न नमानेको याद आउँछ मलाई।

अंकललाई त झन् म कत्ति दुःख दिन्थेँ भने उहाँको काँधमाथि चढेर कथा भन्न लगाउँथेँ। म फुच्चेलाई आफ्नो काँधमा बोकेर कथा भन्दै हिँड्दा, अंकल पनि आफ्नो बाटो काटेको पत्तो पाउनुहुन्नथ्यो सायद।

सानोमा कहिले बुवासँग त कहिले आमासँग नेपालका धेरै जिल्लाहरु पुग्दा मैले सुनेका दन्त्यकथाहरुको साँची बनेका छन्, त्यो ठाँउको गोरेटोहरु।

गाउँमा हजुरआमाको काखमा लुट्पुटिएर दन्त्यकथा सुन्दासुन्दै निदाएको छु।

यसरी दन्त्यकथा सुन्ने लत नै बस्यो। दन्त्यकथा मात्रै नभएर कथाहरुमा पनि बिस्तारै एकोहोरिन थालेँ म।

४–५ कक्षा पढ्दा ९–१० कक्षाको नेपाली किताब खोजेर कथाहरु पढ्न थालेँ। शिशीर वसन्तको कथा सबैभन्दा बढी पढियो होला।

एकताका ६ कक्षातिर होस्टल बस्दा एकजना सरले सिरिजमा कथा सुनाउनु भएको थियो। ७ दिन लामो त्यो दन्यकथा त बिर्सिएँ। तर उहाँले स्कूल छोडेर गएको दिनदेखि स्कूल जान धेरैदिनसम्म मन नलाग्नुको कारण उहाँले भन्ने कथा नै थियो।

यत्तिले मात्रै मेरो कथाको प्यास मेटिएन। साझा पुस्तकबाट निस्किएको दन्त्यकथाहरुको सँगालो भेट्टाएपछि पटक–पटक एउटै कथा पढेको छु। एक पुस्ताले अर्को पुस्तालाई सुनाउँदै आएको दन्त्यकथाहरुको लिखितम् सबैभन्दा बढी मैले दन्त्यकथाहरुको सँगालोमै भेटेको हुँ।

राजकुमार, परी, राक्षस अनि आफूले देखे–भोगेको समाजभन्दा पर कतै कल्पनाको संसार त्यसबेला खुब बनाउदै हिँड्थेँ म।

वायुपंखी घोडा, राम्री राजकुमारीको कल्पनाले पछिसम्म पछ्याइरह्यो मलाई। बाटोमा जाँदा कतै गुफा देखियो भने मगजभरि ती कथाका गुफा नाच्न थाल्थे। कथाको राजकुमारले झ‌ैं ती गुफाहरुको रहस्य खोतल्न मन लाग्थ्यो। म फुच्चे मनमनै त्यस्ता गुफा पार गरेर टाढा पुगेको कल्पना गर्थें। टन्नै असर्फीहरु भेट्टाउँथे म कल्पनामै। सुनको महल, चाँदीको खाट अनि त्यो खाटमा सुत्ने राजकुमारी...

मेरो मन उडेर कहाँ–कहाँ पुगिदिन्थ्यो, सम्हालिएर फर्किनै गाह्रो।

मलाई अझै याद छ, म एसएलसी दिँदाताका पनि दन्त्यकथाका किताबहरु खोजेर पढ्थेँ। आजकाल पनि ती कथाहरुको किताब, किताब¥याकमा भेटिँदा पढ्न खुब मजा लाग्छ।

दन्त्यकथा पढ्ने सिलसिला यत्तिमै टुङिगएन।

अलि ठूलो भएपछि मिथहरु खोज्न थालेँ। जागिर खाँदा अफिसको नेटको सदुपयोग गर्दै मैले ग्रिक मिथोलोजी, रोमन मिथोलोजी देखि लिएर माया सभ्यतासम्म खुब पढेँ।

ती मिथका कथाहरु दन्त्यकथाहरुभन्दा फरक लाग्थेनन्।

आजकाल हाम्रै देशको मिथहरुमा खुब चाख बसेको छ। पशुपतिमा हरेक बेलुका हुने आरती हेर्न जाँदा धेरै साथीहरुलाई विरुपाक्षको मिथ सुनाएको छु मैले। साना बालकहरु भेटेँ भने उनीहरुको बोलीमा कथा सुन्न खुब रहर जाग्छ।

अहँ! दन्त्यकथाको भोक अझै मेटिएको छैन।

जब मण्डला थिएटरमा ‘एक बोली एक दाम’ नाटक हुनेबारे थाहा भयो। मन उसै–उसै फुरुङ्गिएर आयो–अब त दन्त्यकथाहरु सुन्न मात्र हैन, हेर्न पनि पाइने भएछ।

उसो त यो पहिलोपटक हैन, दन्त्यकथाहरुलाई नाटकमा प्रयोग गरिएको। शिल्पी थिएटरको नाटक ‘चिरिएका साँझहरु’, थिएटर मलको नाटक ‘भोको घर’ कतै न कतै दन्त्यकथाहरु घुसेकै थिए। तर यसपटक मण्डलामा भइरहेको ङ समूहको नाटक ‘एक बोली एक दाम’ सुरुदेखि अन्त्यसम्म नै दन्त्यकथा मात्रै छ।

त्यही कथाका पात्रहरु हामीलाई ज्यँुदो जाग्दो भएर कथा सुनाउन आइपुगेका छन्।

हर्कमान कटुवालको हाउभाउ र बोलीको लवजले नै दर्शक हँसाउन काफी भइदिन्छ।

१५ पाथी मकै किन्न हिँडेको हर्कमान बाटोमा कसैसँग भेटे नबोली हिँड्न सक्दैन। बगरको बाटो एक्लै काट्न दिक्क लागिरहेको बेला एकजना मान्छे आइपुग्छ। तर ऊ मरिकाटे बोल्ने हैन। भाइ, दाइ र हाकिमको सम्बोधनले बोलाउँदा पनि ऊ नबोलेपछि अन्ततः हर्कमान त्यो मान्छेलाई गुरू थाप्न तयार हुन्छ। तर गुरू एकचोटी बोलेको एक रुपियाँ लिने सर्तमा मात्रै बोल्न तयार हुन्छ।

३ रुपिया लिएर १५ पाथी मकै लिन हिँडेको हर्कमानको सबै पैसा गुरूलाई बोल्न लगाउँदैमा सकिन्छ।

– ज्युँदाले त खाल उखाड्न सकेनन्, मुर्दाले के गर्छ?

– ४ जना मान्छेसँग बुझ्नु।

– बस्न पायो भन्दैमा थ्याच्च नबस्नु।

हर्कमानको जिन्दगीको बगर यात्रामा भेटिएका ‘गुरू’ले भनेको यी तीन वाक्य, हर्कमानको सम्पुर्ण जिन्दगी नै परिवर्तन गर्न काफी भइदिन्छ। उसो त नाटक घुम्ने मुख्य संवाद यही तीन उपदेश हुन्। यिनै तीन मन्त्रले उसको जिन्दगी नै कायापलट गरिदिन्छ।

बाटोमा हिँड्दाहिँड्दै मुर्दालाई घाटमा फालेर हिँड्न लागेको हर्कमान लासको घाँटीमा बाँधिएको ताबिज लिन अड्किन्छ। ताबिज लिन जानुअगाडिको उसको मनस्थितिलाई ¥याप गीतमा प्रस्तुत गरिएको छ। ¥याप गाउन आएको गिद्धले ठ्याक्कै त्यसरी गाउँछ जसरी लासबारे हर्कमानको मनमा एउटा ठूलो उथलपुथल रहेको थियो।

त्यो ताबिज लिएर बजारमा बेच्न हिँडेको हर्कमान ताबिजको मूल्य एउटा पसलमा मात्रै सोधेर सन्तुष्ट हँुदैन। फलतः ऊ चारवटा पसलमा ताबिजको मूल्य सोध्छ र चौंथो पसलेसँग सबैभन्दा बढी मूल्यमा ताबिज बेचेर आफ्नो बाटो लाग्छ। उसले यसपटक गुरूलाई नमन गर्छ।

ताबिज बेचेर एउटा होटलमा बस्न जाँदा बगरमा भेटिएको गुरूको तेश्रो मन्त्रले उसलाई मर्नबाट जोगाउँछ। उसले यही कुरा राजालाई बिन्ती बिसाउन जाँदा राजाले आफ्नो हराएको छोरोबारे पनि थाहा पाउँछ र हर्कमानलाई राज्यको सल्लाहकार नियुक्त गरिदिन्छ।

यसरी एक बोली एक दाम’ सुःखद अन्त्यमा गएर सकिन्छ।

नाटकको बीचबीचमा गाइने गीतले नाटकलाई अझै रमाइलो बनाएको छ। तर हर्कमानको श्रीमतीको भूमिकामाचाहिँ महिला पात्र राख्न ठूलो कन्जुस्याईं गरेजस्तो देखिन्छ। पुरुष पात्रलाई मझेत्रो ओढ्न नलगाएको भए नाटक अझ धेरै राम्रो हुने थियो।

खैर, यी संवादहरु पढिरहँदा तपाईंलाई पक्कै यो कथा कतै सुनेको, कतै पढेको जस्तो लाग्न सक्छ। खुबै ठट्यौली पारामा यी संवादहरुलाई दृष्यमा हेर्दा तपाईंलाई पक्कै रमाइलो लाग्नेछ।


News Link : https://www.setopati.com/archive-news/63267

तीन फरक डाक्टर र एमआरआई

 एउटालाई जाँच गराएको ५७५ रुपैयाँ, अर्कोको  ८२५ रुपैयाँ र अर्कोको  १००० रुपैयाँ ! उनीहरुले बताउने समाधान फरक-फरक र एमआरआईको धन्दा !

डाक्टर १ :
पहिलो डाक्टरले मलाई एमआरआई गराउनको लागि छुटसहित रु ६००० मा एमआरआई स्क्रिनिङ  गराइदिनुभयो।  भन्नुभयो - 'नशामा केही समस्या छैन। एक्सरसाइज गर्नुहोस्। बिस्तारै ठीक हुन्छ।'

तर, दुखाइ कम भएन। दोश्रोपटक उहाँसँगै सल्लाह गरेँ। 'खास समस्या छैन, दुईवटा औषधि खानुस्, ठीक हुन्छ' भन्नुभयो। औषधि लेखिदिनुभयो। तर दुखाई २० को १९ भएन। 
डाक्टर २ :
त्यसपछि डाक्टर परिवर्तन गरौँ कि भन्ने लाग्यो, अर्को डाक्टरकोमा गएँ। उहाँलाई त नमस्ते गर्नै ८२५ रुपैयाँ लाग्यो। १५ मिनेटजति समय दिएर कुरा गर्नुभयो। टाउको दुईचार ठाउँ घुमाउनुभयो, कता-कता दुख्छ सोध्नुभयो। एमआरआई हेर्नुभयो र भन्नुभयो - 'यो एमआरआईको काम नै छैन। तपाईंको सतप्रतिशत नशा च्यापिएको छ। तीन ठाँउमा भन्दा बढी नशा च्यापिएको छ, अर्को एमआरआई गर्नुस्। बरु म तपाईंलाई छुट गराइदिन्छु।' 

उहाँले २५ प्रतिशत छुटसहित रु ९००० मा एमआरआई  गरिदिनुभयो। नयाँ एमआरआई नहेरी उपचार नै नथाल्ने पनि भनिदिनुभयो।

डाक्टर ३ :
मलाई एमआरआईको धन्दा बारे थोरबहुत त थाहा थियो तर यतिसम्म थाहा थिएन। मलाई तत्काल एमआरआई गराइहालम् जस्तो लागेन। साथीहरु र चिनजानका डाक्टरसँग कन्सल्ट गर्दै अब अर्को डाक्टर खोज्नतिर लागेँ। बानेश्वरको अर्को हस्पिटल पुगेँ। 

डाक्टर २५ मिनेट ढिलो आइपुग्नुभयो। पहिल्यै समय लिएको थिएँ। उहाँलाई नमस्ते गर्न १००० रुपैयाँ लाग्यो। डाक्टर मेरो नाम लिँदै प्रतिक्षालयमै आउनुभयो। ४५ मिनेट लगभग कुरा गर्नुभयो। चेकजाँच गर्नुभयो। मेरो समस्याबारे कम्प्युटर खोलेर त्यहाँबाट देखाउँदै/पढाउँदै बताउनुभयो। धेरै कुरा तपाईंको रोगबारे यो साइटमा भेटिन्छ भनेर साइट पनि देखाउनुभयो। पढ्न भन्नुभयो । 

पुरानो एमआरआई हेर्नुभयो। र 'सी फाइभ नशा च्यापिएको जस्तो देखिन्छ, डराउनुपर्दैन थप केही औषधि लेखिदिन्छु' भन्नुभयो। तीनवटा औषधि थपिदिनुभयो र  फिजोयोथेरापी गर्न सुझाउभयो। मलाई पायक पर्ने स्थान छेउकै अस्पतालमध्येमा यो  अलिक ठीक छ, त्यहाँ जानु भन्नुभयो। केही अप्ठ्यारो परे फोन गर्नु भनेर व्यक्तिगत नम्बर नै दिनुभयो। 

मैले फिजियोथेरापी गराउने निर्णय गरेँ। बेलुकी फिजियोथेरापीमा जाँदा पनि सबै रिपोर्ट लिएर गएँ। फिजियोथेरापीमा हुने डाक्टर भन्नुहुन्छ,  'अर्को एमआरआई गर्नुपर्ने जरुरत छैन। तपाईंले ठीक ठाँउमा राम्रो एमआरआई गर्नुभएको छ। केही दिन फिजियो गरिहेरम्, अनि अपरेसन गर्ने नगर्ने वा के गर्ने भन्ने बारे बिचार गरौँला।'

अब मेरो कुरा,

१. मेडिकल माफिया को हो बताउन सक्दिनँ। तर सबैका एक से एक धन्दा छन्।

२. एमआरआईको नाममा आफूले भनेकै ठाँउमात्र ठीक हुने, अर्को ठाउँ ठीक नहुने भन्ने खालको सोचाई माफियातन्त्रले नै जेलिएको कुरा हो। सरकारले यसबारे स्पष्ट नीति दिनुपर्छ। 

३. ट्रमामा एमआरआई गराउन समय पर्खनुपर्छ। सिभिलको एमआरआईको भर पर्न हुँदैन भनेर धेरै डाक्टरले भनेको सुनेको छु। उसो त सिभिलको एमआरआई बिग्रेकै १ हप्ता धेरै भयो। सरकारीको बिग्रिरहने, निजीको चुस्त दुरुस्त भइरहने, यो कसरी सम्भव हुन्छ? नियमन हुनुपर्छ।

४. छुटमा एमआरआई गराउन मिल्छ भने त्यही रेट मा सबैको लागि एमआरआई किन उपलब्ध हुँदैन? एमआरआई गरिने सबैतिरको दर एउटै बनाइनुपर्छ। सबैतिरको एमआरआई मेसिन समयअनुसार उच्चस्तरीय छ वा  छैन नियमन गरिनुपर्छ।

५. कति डाक्टरले त एमआरआई गराईने ठाँउमा चिनेजानेको कोही छ भने सित्तैमा पनि गरिदिन्छन्, कोसिस गर्नुस् नेको पनि सुन्छु। यसो भनिरहँदा दिमागमा आएको एउटै सोचाई - खास एमआरआई गरिदा पर्ने रकम कति हो? कति चाहिँ बिरामीलाई मार नपर्ने  दर हो? 

६. कतिपय स्थान त एमआरआईको एउटै मेसिन मात्र राखेर एमआरआईकै धन्दा गरिबसेका हुँदा रहेछन्। सोच्नुस्, एउटा एमआरआई मेसिन किनेर, एउटा फ्ल्याट वा घर भाडामा लिएर यिनिहरुले धानेको धन्दामा कतिसम्म घोटाला छ होला? अझ जसले प्रेस्काइब गरिदिएको छ, त्यो डाक्टरलाई पनि कम/बढी त हातमा हाल्नैपर्छ होला। अनि ती काम गर्नेहरु लाई दिईने तलब, घरभाडा ... अनि हुने नाफा ... त्यो पनि जम्मा एउटा मेसिनबाट हुने आम्दानी।

र अन्तिममा,
७. म यसपटकको भोट बुँदागत रुपमा यो-यो तरिकाले शिक्षा/स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछु, शिक्षा/स्वास्थ्य निशुल्क गराउछु र शिक्षा/स्वास्थ्यक्षेत्रको निजिकरणमाथी धावा बोल्छु र यसमा रहेको माफियातन्त्र हटाउँछु भन्नेलाई। घोषणापत्र त जरुर पढ्छु नै।

Link : https://swasthyakhabar.com/story/47778

काठमाण्डाैका विभिन्न ठाउँबाट 'इनफ इज इनफ' का अभियन्ता पक्राउ

 काठमाण्डाै – काठमाण्डाैका विभिन्न ठाउँबाट इनफ इज इनफका अभियान्ताहरु पक्राउ परेका छन् । 

दरबारमार्ग, नक्साल, महाराजगञ्ज लगायत ठाउँबाट ४५ जनाभन्दा धेरै अभियान्ताहरु पक्राउ परेकाे अभियन्ता रविक उपाध्यायले उज्यालोलाई जानकारी दिनुभयो । पक्राउ पर्नेमा रन्जु दर्शना, आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेर्तीलगायत छन् । 

सरकार विरोधी प्रदर्शनका लागि बालुवाटार जाने क्रममा अभियन्तालाई बाटोबाटै पक्राउ गरिएको उपाध्यायको भनाइ छ । उनीहरु १२ बजेको पूर्वनिर्धारित शान्तिपूर्ण प्रदर्शनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै थिए ।

कोरोना रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको भन्दै उनीहरुले लगातार सरकारको विरोध गर्दै आएका छन् । पीसीआर परीक्षण बढाउनुपर्ने, क्वरेण्टीनकाे व्यवस्थापन राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वरेण्टीनमा बस्नका लागि उचित प्रबन्ध मिलाउनुपर्नेलगायत मागसहित उनीहरु १४ दिनदेखि सत्याग्रहमा छन् ।

पक्राउ परेका अभियन्ताहरुलाई महाराजगञ्जमा राखिएको छ । 


News Link : 

1. https://ujyaaloonline.com/story/40992

2. https://baahrakhari.com/detail/276216

3. https://lekhajokhanews.com/news/1468/

4. https://www.nayapage.com/archives/251494

5. https://www.pnpkhabar.com/2020/07/134326/

6. https://www.enepal.com.au/news/13679

7. https://eraibar.com/?p=7270


टीभीका प्राइम टाइममा देखाइने यी टक शाेहरूले हामीलाई के सिकाउँछन् ?

 प्राचीन रोममा शासकहरू ठूलाठूला कलोसियमहरू निर्माण गर्ने गर्दथे । ती कलोसियम अर्थात् स्टेडियमहरूमा, शासकहरूले आमजनतालाई बोलाउँथे । त्यहाँ मानिसहरूबीच लडाइँ, मानिस र जनावरबीच लडाइँ अनि जनावर र जनावरहरूबीच पनि लडाइँको आयोजना गर्दथे । कलोसियममा प्रवेश शुल्क लाग्दैनथ्यो तर पनि खास वर्गका मानिसहरूका लगि भने कलोसियमभित्र पनि निश्चित स्थानहरू भने छुट्याइएको हुन्थ्यो ।



रोमका जनता बिहानदेखि रातिसम्म काम गर्थे र उनीहरूका लागि कुनै पनि बिदाको समय छुट्याइएको थिएन । लगातार श्रममा घोटिँदा पनि जीवनस्तर सुधार नहुँदा मानिसहरूमा निराशा उत्पन्न हुन्छ र त्यो निराशाले क्रान्तिको उद्घोष गर्नेछ भन्ने कुरा शाषकहरूलाई राम्रोसँग ज्ञान थियो । त्यसबेला एउटा भनाइ प्रचलित थियो, 'उनीहरूलाई थोरै रोटी र धेरै सर्कसहरूदेउ ।' रगतको खेल देखाएर मनोरञ्जन दिइने भनिएका ती कलोसियमहरू, शाषकहरूले मानिसहरूलाई उनीहरूको आमचासोको विषयभन्दा पर राख्ने सबैभन्दा उत्तम विकल्प थियो ।

कलोसियममा लडाइँ गर्ने मानिसहरूलाई ग्लाडिएटर भनिन्थ्यो, जो आफ्नो जीवनमरणका लागि संघर्ष गर्ने गर्दथे । ग्लाडिएटरहरूलाई कलोसियममा लडाइँ गर्नकै लागि तयार गरिन्थ्यो र उनीहरूको जीवन लडाइँमै बित्ने गर्दथ्यो । ती ग्लाडिएटरहरू दासहरू हुने गर्दथे । ४ सय वर्षबीचको दौरानमा यस्ता कलोसियमहरूमा ४ लाखभन्दा बेसी ग्लाडिएटर अर्थात्् मानव जीवनहरू समाप्त भएका थिए ।

सन् ३२५ मा यस्ता कलोसियमहरूमा ग्लाडिएटर लडाउने खेल सधैँँका लागि बन्द गराइएको भए तापनि, आजको आधुनिक युगसम्म आइपुग्दा ती कलोसियमहरू हाम्रो देशका टेलिभिजनहरूमा प्राइम टाइम बहसको नयाँ स्वरूप लिएर आएका छन् । टेलिभिजन च्यानलहरूमा हरेक दिन बेलुका ७ देखि १० बजेसम्मको समय आमजनताको खास मुद्दा भड्काउन यस्ता कलोसियमहरू सञ्चालित हुने गरेका छन् ।

हरेक टेलिभिजन च्यानलहरू फरकफरक ग्लाडिएटरहरूलाई उभ्याएर तमासा देखाउने गर्दछन् भने कतिपय टेलिभिजनहरूमा भने कार्यक्रम सञ्चालक आफैँ पनि तमासाका लागि ग्लाडिएटरको रूपमा उपस्थित हुने गर्दछन्, जहाँ खास मुद्दाबारे कुनै बहस हुँदैन, जवाफदेहिताको खोजी हुँदैन र आमजनताको ध्यान भड्काउन सक्दो प्रयास गरिन्छ र तमासाहरू मात्र देखाइन्छ ।

राज्यको चौथो अंग भनिएको पत्रकारिता र टेलिभिजन च्यानलमा चल्ने गरेका यी बहसहरूका कार्यक्रमहरू समसामयिक विषयमा हुने भनिए तापनि उनीहरूले समसामयिक विषय तिनैलाई देख्छन् जहाँ बढीभन्दा बढी ग्लाडिएटरको भूमिका खोज्न सकियोस् । उनीहरू तथ्यांकमा भन्दा बढी मनगढन्ते सवाल जवाफमा बढी रुचि राख्छन् ।

कार्यक्रम सञ्चालकहरूका लागि यो सजिलो, कम झन्झटिलो र कम खर्चिलो काम पनि हो । कोही एक ग्लाडिएटरलाई बोलायो र १ घन्टाको समय बिताइदियो । तर, मानिसहरूका आमजीवन र त्यसलाई प्रभावित गर्ने आमचासोका विषयहरूमा कुरा गर्न त त्यहीअनुसारको तयारी पनि चाहीन्छ । खोजी गर्नुपर्छ । मेहनत गर्नुपर्छ । तथ्यहरूमा बहस गर्नका लागि कार्यक्रम सञ्चालक पनि त्यसबारेमा जानकार हुनुपर्दछ । असलमा भन्ने हो भने प्राइम टाइम बहसका कार्यक्रम सञ्चालकहरू सबैभन्दा कम लगानीमा आममानिसहरूलाई सजिलै मूर्ख बनाइरहेका छन् ।

समावेशिताको कुनै पनि छनक नदेखिने यी १२ वटा बहसका कार्यक्रम हेरिरहँदा कार्यक्रम सञ्चालक १५ जनामध्ये सबै पुरुष देखिन्छन् । जम्मा एक जना आदिवासी जनजाति कार्यक्रम सञ्चालकको रूपमा देखिन्छन् भने दलित, महिला, मधेसी, सीमान्तकृत समुदाय, आदिबाट कसैको पनि उपस्थिति देखिँदैन । बहसका कुनै पनि कार्यक्रमहरू दलित, मधेस, जनजाति वा विपन्न गरिब जनताका मुद्दाका बारेमा भएको पाइँदैन । न त्यहाँ विद्यार्थी वर्गको, बेरोजगार युवाहरूको, महिलाहरूको, शिक्षाको, स्वास्थ्यको, वातावरणको, किसानहरूको, सीमान्तकृत समुदाय आदि कसैको आवाज नै सुन्न पाइन्छ । समसामयिक विषयमाथि कुरा गर्ने भनिरहँदा वातावरण तथा पर्यावरण, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, बेरोजगारी, भ्रष्टाचार, गरिबी आदि वा कुनै पनि प्रकारको हिंसाबारे उनीहरूको कार्यक्रममा विषय बनेको पाइँदैन ।

यसरी हेर्दा प्राइम टाइम अर्थात् मानिसहरूले टेलिभिजन हेर्ने प्रमुख समयमा यदि सधैँँ तमासा मात्र हुन्छन् र यी बहसका कार्यक्रमहरू मानिसहरूको आमचासोको झिनो आवाज पनि बन्न सक्दैनन् भने यी कार्यक्रमहरू कसरी आमजनताको कार्यक्रम हुन सक्छन् ? वा यी बहसका कार्यक्रमहरू जहाँ कटाक्ष, आरोप प्रत्यारोप र राजनीतिक नेताहरूको झगडाको दर्शक हामी बन्नुपर्ने हुन्छ । त्यो कार्यक्रम प्राचीन रोमको कलोसियमभन्दा भिन्न कसरी हुन सक्छ ? प्रश्न त स्वभावतः उठ्छ नै, आखिर यी कलोसियमहरू कोद्वारा सञ्चालित छन् ?

यो लेख तयार गर्नका लागि गत मार्च २०२१ सम्म सञ्चालित कार्यक्रमहरूको पछिल्ला ३६ वटा एपिसोडहरूको तथ्यांक संकलन गरिएको छ । यो संख्या ३६ भन्दाबढी पनि हुन सक्थ्यो तर केही कार्यक्रमहरू केही महीनाअगाडि मात्र सञ्चालित भएकाले उनीहरूलाई समेत मध्यनजर गर्दै तथ्यांक संकलनको प्रयास गरिएको छ । यहाँ संकलन गरिएका बहसका कार्यक्रमहरू टेलिभिजनका दर्शकहरूमाझ चिरपरिचित कार्यक्रमहरू हुन् । सहजताका लागि सम्बन्धित टेलिभिजनको युट्युब च्यानलमा अपलोड गरिएका कार्यक्रमहरूबाटै तथ्यांकको रूपमा टेबल बनाएर प्रस्तुत गरिएको छ ।

कार्यक्रम शीर्षकको हकमा भने युट्युबमा राखिएकै शीर्षकहरूलाई कार्यक्रमको शीर्षक भनेर राखिएको छ भने कान्तिपुर टेलिभिजनमा प्रसारण हुने रूपेश श्रेष्ठको कार्यक्रम फायर साइड र एपीवान् टेलिभिजनमा प्रसारण हुने भूषण दाहालको ब्राभो डेल्टा कार्यक्रमको शीर्षक भने युट्युबमा नभेटिएका कारण कार्यक्रम सञ्चालकहरूले कार्यक्रम चलाउनुअगाडि विषय प्रवेश गर्दा भनिएको कुरालाई नै शीर्षकको रूपमा राखिएको छ ।

कार्यक्रमहरूको डाटा यस प्रकार छ:  

तालिका नं. १

क्र.सं.

टेलिभिजन/ कार्यक्रम/प्रस्तोता

मिति

आमन्त्रित अतिथि

बहसको विषय

एपीवान/तमशोमा ज्योतिर्गमय/टीकाराम यात्री 

२४ अगस्ट २०२०

कुलमान घिसिङ, पूर्वकार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

अँध्यारो नेपालदेखि उज्यालो नेपालसम्म, देशलाई लोडसेडिङ मुक्त बनाउने कुलमानको आफ्नै कहानी

 

३१ अगस्ट २०२०

निखिल उप्रेती, नायक

अभिनेतासँग आध्यात्मिक संवाद, कसरी भयो एक्सन हिरोको अपत्यारिलो रूपान्तरण

 

७ सेप्टेम्बर २०२०

घनश्याम भुसाल, नेकपा नेता

कहाँ पुग्यो कृषि क्रान्ति, ठेकेदारलाई कारबाही अपवाद हैन नजिर हो

 

१४ सेप्टेम्बर २०२०

कृष्णमुरारि गौतम, चट्याङमास्टर

बुढ्यौलीबारे बोल्दाबोल्दै आँसु अनि हाँसो, जीवन जवानी र बुढ्यौलीबारे विषद संवाद

 

२१ सेप्टेम्बर २०२०

वैज्ञानिक महावीर पुन, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष

म्याग्दीदेखि म्यागासेसेसम्म, महावीर पुनको संघर्षदेखि सफलतासम्मका कुरा

 

२८ सेप्टेम्बर २०२०

नेपाल पर्वतारोहण प्रशिक्षणका अध्यक्ष, आशा अर्फानेजका अध्यक्ष, लाक्पा फुटी शेर्पा

हिमालको गाथा संसारलाई सुनाएको अभियन्या, हिमालकी छोरीः विदेशीको भरियादेखि पर्यटकको प्रशिक्षकसम्म

 

५ अक्टोबर २०२०

गोकुल बाँस्कोटा, नेकपा नेता

बालुवाटारदेखि बालकोटसम्म, टेप प्रकरणको वास्तविकता, गोकुल बाँस्कोटालाई प्रश्नैप्रश्न

 

१२ अक्टोबर २०२०

बन्दना राणा, युनिसेफ उच्चस्तरीय आयोगका सदस्यमा नियुक्त, लैङ्गिक समानता र मानवअधिकार र महिला हिंसाका विषयमा सक्रिय भूमिका

नेपाल टेलिभिजनको प्रस्तोतादेखि राष्ट्रसंघसम्म

 

 

 

 

 

 

१९ अक्टोबर २०२०

डा मिनेन्द्र रिजाल, नेता, नेपाली कांग्रेस

देश र कांग्रेसको भविष्यबारे, अब देउवा र पौडेलले विश्राम लिनुपर्छ

१०

 

२६ अक्टोबर २०२०

करिष्मा मानन्धर, अभिनेत्री

चुलबुले अभिनेत्रीदेखि आध्यात्मिक रुझानसम्म, जीवन र जगतबारे करिष्माको भोगाइको निष्कर्ष

११

 

३० अक्टोबर २०२०

प्रा. डा. अभि सुवेदी

कालजयी शृंखला पुन एकपटक, भ्रमण जीवनको विस्तार हो

१२

 

२ नोभेम्बर २०२०

डा सञ्जीव उप्रेती, प्राध्यापक

प्राज्ञ, प्रविधि र परिवर्तनका कुरा, समाज, राजनीति र प्रविधि निर्माणदेखि बिनिर्माणसम्म

१३

 

७ नोभेम्बर २०२०

केपी शर्मा ओली, प्रधानमन्त्री

नेकपा सरकार र ओलीको अबको बाटो, प्रमलाई प्रश्न पार्टी फुट्छ कि फुट्दैन, पद छोड्ने कि नछोड्ने

१४

 

९ नोभेम्बर २०२०

डा रूप ज्योति, विपश्यनाका क्षत्रीय आचार्य

विपश्यना अर्थात् आफैँलाई प्रेम, रूप ज्योतिसँग मौन, ध्यान र आत्मदर्शनका कुरा

१५

 

१६ नोभेम्बर २०२०

योगी विकासानन्द, मनोक्रान्ति अभियानका प्रणेता

पृथ्वीनारायण शाहको नाममा क्षमायाचना, सडकमा बेवारिसे छाडिएका नवजात शिशु कसरी बने योगी विकासानन्द

१६

 

१३ नोभेम्बर २०२०

अमर न्यौपाने, लेखक

कालजयी शृंखला पुन: एकपटक, प्रत्येक मान्छेसँग संसारलाई सुनाउन लायक कथा हुन्छ

१७

 

२३ नोभेम्बर २०२०

सुरेन्द्र पाण्डे, नेकपा नेता

नेकपा फुटको पत्र कि जुटको जुइनो, नेकपाको शक्ति संघर्ष र समाधानबारे सुरेन्द्र पाण्डेको संश्लेषण

१८

 

३० नोभेम्बर २०२०

डा सन्दुक रुइत

सबैको आँखाका नानी, सन्दुक रुइतको दृष्टिमा नेपालको राजनीतिदेखि कूटनीतिसम्म

१९

 

७ डिसेम्बर २०२०

मनोज गजुरेल, कलाकार

जीवन, जगतबारे गजुरियल दृष्टि, कोरोना जितेपछि दोस्रो विवाह गर्न लागेका मनोज गजुरेलसँग अन्तरंग

२०

 

१० डिसेम्बर २०२०

खिमलाल गौतम, नापी विभागबाट उपसचिव

सगरमाथा मापनको नालीबेली, सवोच्च शिखरको उचाइ नाप्दाका अविस्मरणीय परिघटना

२१

 

१४ डिसेम्बर २०२०

चैतन्य कृष्ण, प्रवचक, दार्शनिक, अध्यात्मिक शासक

सनातन धर्मको सार, पूर्वीय सभ्यताको विराट विरासत बुझ्न र बुझाउन बाँकी छ

२२

 

२१ डिसेम्बर २०२०

डा भीमार्जुन आचार्य, संविधानविद्

संसद विघटनपछिको पटाक्षेप, ओली हटाएपछि मात्र चुनाव गरिनेछ

२३

 

२७ डिसेम्बर २०२०

रामचन्द्र पौडेल, नेपाली कांग्रेस वरिष्ठ नेता

संसद विघटनले व्यवस्था धरापमा पर्न सक्छ, कांग्रेस अब संसद पुनर्स्थापना गर्न सडकमा जाने कि चुनाव प्रचार गर्न गाउँमा

२४

 

२८ डिसेम्बर २०२०

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

संसद् विघटनको नालीबेली, हातमा रहेको बहुमत गुमाएर के पाउन चुनावमा ?

२५

 

४ जनवरी २०२१

डा. खगेन्द्र प्रसाईं, दर्शनशास्त्री, राजनीतिक विश्लेषक

व्यवस्थामा पात्र प्रधान कि प्रणाली, संसद विघटनलाई तात्कालिक परिघटना मात्र बुझ्नु गलत हुन्छ

२६

 

११ जनवरी २०२१

शम्भु थापा, वरिष्ठ अधिवक्ता

संसद होईन संविधान विघटन गरिएको हो, प्रमका हरेका अभिव्यक्तिमा शम्भु थापाको आपत्ति, खुला बहसको चुनौती

२७

 

२५ जनवरी २०२१

आहुति, राजनीतिज्ञ, टिप्पणीकार

अवस्थाको विकल्प कि व्यवस्थाको, ओली निमित्त कारण मात्रै हुन्, संसद् विघटनको अन्तर्य अर्कै छ

२८

 

१ फेब्रुअरी २०२१

अरुणकुमार सुवेदी, तेस्रोपटक, राजनीतिक विश्लेषक, उद्यमी

संसद् विघटनपछिका सम्भावना, व्यवस्था विघटनका लागि ओलीले गर्न सक्ने र नसक्ने कामहरू

२९

 

८ फेब्रुअरी २०२१

सुशील गौतम, मौलिक जरोकिलो पार्टीका संस्थापक, धर्म र धार्मिकता, पूर्वीय दर्शन

वेद र विज्ञानसँगैविकासका कुरा, आजको मूल प्रश्न राष्ट्रको विकास मौलिकता जोगाएर कि मासेर भन्ने हो

३०

 

१५ फेब्रुअरी २०२१

दावा ग्याल्मो, संगीत साधक, साहित्यिक संवाद

दार्जिलिङको नेपाल साइनो, योन्जन उपाधी पाएकी गायिका दावा ग्याल्मोको कहानी

३१

 

२२ फेब्रुअरी २०२१

वर्षमान पुन, दाहाल नेपाल पक्षका नेता

कुलमान हटाइनुको खास कारण, ओलीको रणनीति संसद् मात्र हैन, व्यवस्था नै विघटन गर्ने हो

३२

 

१ मार्च २०२१

सन्तोष शाह, बीबीसी मास्टर सेफसम्मको यात्रा

नेपाली स्वादका सम्बाहक, मास्टर सेफबाट नेपाली खानाको अन्तर्राष्ट्रिय ब्रान्डिङ भयो

३३

 

८ मार्च २०२१

मनीषा कोइराला, नायिका, किताब र नेपाली भूमि राजनीति

चमकधमक त भ्रम मात्रै हो, म मरेर जाऊँला तर देशको सीमा त सधैँँ रहन्छ नि

३४

 

१५ मार्च २०२१

इन्जिनियर जीवा लामिछाने, उद्यमी, साहित्यकार

सरसर्ती संसार घुम्दा, इच्छाशक्ति भएको नेतृत्व नआएसम्म देश बन्दैन

३५

 

२२ मार्च २०२१

डा जेपी अग्रवाल (विशेष शृंखला) दोहोर्‍याइएको

पार्ट ३, जब बिज्ञान टुंगिन्छ अनि अध्यात्म सुरु हुन्छ, यसरी बनाउन सकिन्छ दाहीने मस्तिष्क सक्रिय

३६

 

२९ मार्च २०२१

घनश्याम भुसाल, एमाले नेता

सग्लो रहला त एमाले, अबको एमाले र घनश्याम भुसालको करियर

एपीवान टेलिभिजनमा सञ्चालित कार्यक्रम तमशोमा ज्योतिर्गमयको अर्थ हुन्छ अन्धकारबाट उज्यालोतर्फ । सञ्चालक टीकाराम यात्रीले ३६ वटा कार्यक्रममध्य सातवटा कार्यक्रमचाहिँ हीन्दु धर्म र पूर्वीय दर्शनमाथि सञ्चालन गरेका रहेछन् । उनका समग्र कार्यक्रमहरू अर्थात् युट्युबमा यो लेख तयार पार्दाको समयसम्मको कार्यक्रमहरू हेर्ने हो भने दुई वर्षमा कुल १६० वटा कार्यक्रममध्ये २५ वटाभन्दा बढी कार्यक्रम हिन्दु धर्म, धार्मिकता र पूर्वीय दर्शनमाथि भएको पाइन्छ । अध्यात्म र पूर्वीय दर्शनबारे कुरा गर्नका लागि डा जेपी अग्रवाललाई मात्रै उनले आफ्नो कार्यक्रममा तीनचोटिसम्म बोलाएका छन् । हिन्दु धर्म नै सबैभन्दा असल धर्म हो भनेर प्रमाणित गर्न लागिपरेका यी सञ्चालकले नेपालको बहुधर्म र बहुसंस्कृतिलाई खासै महत्व दिएकाे वा सम्मान गरेको देखिँदैन ।

उल्लिखित ३६ वटा कार्यक्रमहरूमध्यमा उनका अतिथिहरू हेर्ने हो भने जम्मा पाँच महिला, २ मधेसी, ६ जनजाति र एक जना दलितको उपस्थिति देखिन्छ । प्रधानमन्त्रीलाई यो बीचमा उनले एकपटक आफ्नो कार्यक्रममा अतिथि बनाएका रहेछन् । लोडसेडिङ र कुलमान घिसिङलाई लिएर एउटा कार्यक्रम तयार गरेका उनले पर्यटनसँग सम्बन्धित एक, कृषिसम्बन्धी एक र कलासाहित्यसम्बन्धी तीनवटा कार्यक्रम बनाएका रहेछन् ।

कोरोना कहरको समय चलिरहँदा एउटा पनि कार्यक्रम कोरोनासम्बन्धी नबनाएका टीकाराम यात्रीकै कुरा गर्ने हो भने उनले कोरोना भाइरसबारे झुट फैलाउनका लागि राजनीतिक प्रोपोगान्डा गरिरहेका जागृत रायमाझीसम्मलाई आफ्नो कार्यक्रममा वक्ताका रूपमा आमन्त्रण गरेको पाइन्छ, भलै त्यो फरक कार्यक्रम थियो ।

०००

एपीवान् टेलिभिजनमै सञ्चालन हुने बहसको अर्को कार्यक्रम हो– ब्राभो डेल्टा शाे । कार्यक्रमका सञ्चालक भूषण दाहाल, टेलिभिजन र बहसको क्षेत्रमा लामो समयदेखि चिरपरिचित नाम हो । कोरोनाको कहर चलिरहँदा प्रधानमन्त्रीलाई नै अतिथि बनाएर थालिएकाे यो कार्यक्रमले आफ्ना प्राय: कार्यक्रमहरूमा कोरोनाबारे सानो भिडियो त प्रस्तुत गर्छ तर कोरोना महामारी र त्यसलाई रोक्ने तरिकाभन्दा पनि अन्य कार्यक्रमहरूजस्तै राजनीतिक मुद्दा र त्यसैको सेरोफेरोमा मात्र कुरा गर्दछ । यद्यपि कोरोना कहरको दौरान चलिरहेका अन्य कार्यक्रमहरूको तुलना गर्ने हो भने कोरोना महामारीबारे भूषण दाहालले अरुभन्दा धेरै नै कार्यक्रम सञ्चालन गरेको पाइन्छ ।  

तालिका नं. २

क्र.सं.

टेलिभिजन / कार्यक्रम /प्रस्तोता

मिति

आमन्त्रित अतिथि

बहसको विषय

एपीवान/ब्राभो डेल्टा/भूषण दाहाल

१२ अगस्ट २०२०

केपी शर्मा ओली, प्रधानमन्त्री

कोरोनाको महामारीबाट देशलाई बचाउने र विदेशीले कब्जा गरेको भूमि फिर्ता गराउने अभियानबाट च्यूत भएर, सत्ताको छिनाझपटीमा फसेको नेकपाले देशलाई कुन भड्खालोमा पुर्‍याउने हो ?

 

१९ अगस्ट २०२०

प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा अध्यक्ष नेकपा

माओवादी सशस्त्र द्वन्द्वले देखाएको सपना, त्यसको बैठान र आजको नेपालको तस्वीर, र वर्तमान राजनीतिको उतारचढाव

 

२६ अगस्ट २०२०

ईश्वर पोखरेल, उप प्रधान तथा रक्षामन्त्री

कोरोना संक्रमण रोकथाम नियन्त्रणका लागि के हुँदै छ ?

 

२ सेप्टेम्बर २०२०

गगन थापा, नेपाली कांग्रेसका नेता

नेपाली कांग्रेस अहिले कहाँ रुमल्लियो ? अब कांग्रेसको भविष्य के हुन्छ ?

 

९ सेप्टेम्बर २०२०

राजीव उपाध्याय, लेखक राजनीतिक अर्थशास्त्री

आजको समग्र अर्थतन्त्र र नेपालले भोगिरहेको समस्याबारे

 

१६ सेप्टेम्बर २०२०

केशरबहादुर विष्ट, वरिष्ठ राजनीतिज्ञ

जनताको जीवनमा उज्यालो ल्याउन हामी कसरी र कहाँ चुकिरहेका छौ ?

 

२३ सेप्टेम्बर २०२०

महा प्रसाद अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर

आजको दिनमा उद्योग व्यापारलाई जोगाउन केन्द्रीय बैंकले के गरिरहेको छ र के गर्न सक्छ ?

 

३० सेप्टेम्बर २०२०

डा. भगवान् कोइराला, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष

कोरोना कहरले बनाएको ठप्प जनजीवन र कोरोनाबारेका अनेकौँ धारणा र त्यसले बनाएको दुविधा

 

७ अक्टोबर २०२०

विजय लामा, क्याप्टेन तथा कलाकार

भाइरसको लडाइँमा विजय भएका क्याप्टेन तथा कलाकार विजय लामा

१०

 

७ अक्टोबर २०२०

शैलेश थापा क्षत्री, नेपाल प्रहरीका महानिरीक्षक

के हाम्रो प्रहरी आफ्नो उत्कृष्ट व्यावसायिक क्षमता सँगै सदाचारी बन्न सक्ला ?

११

 

२२ अक्टोबर २०२०

वरिष्ठ पत्रकार युवराज घिमिरे, नेपाल–भारत सम्बन्धका जानकार

सीमा विवादपछि संवादहीनताको अवस्थामा रहेको नेपाल–भारत सम्बन्धका बिहङ्गम पक्षबारे

१२

 

४ नोभेम्बर २०२०

रमेश नाथ पाण्डे, पूर्व परराष्ट्र मन्त्री एवं विदेश मामिला जानकार

नेपाल भारत सम्बन्धका विविध आयाम

१३

 

१२ नोभेम्बर २०२०

वर्षमान पुन, नेकपा नेता, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री

नेकपाभित्रको विवाद कुन बिन्दुमा पुगेर विश्राम लिनेछ

१४

 

१८ नोभेम्बर २०२०

बलराम केसी, सर्वोच्च अदालतका पूर्वन्यायाधीश

आरोप प्रत्यारोपको अविचलित दौडमा दौडिरहेका नेकपाका नेताहरूबीच फुट भए जननिर्वाचित हैसियतमा प्रधानमन्त्री केपी ओलीले चाल्न सक्ने संवैधानिक कदम के के हुन सक्छ ?

१५

 

२५ नोभेम्बर २०२०

डा. शेखर कोइराला, नेपाली कांग्रेसका नेता

जनताको साथमा रहनुपर्ने प्रतिपक्ष, सत्ताको साथमा रहने मात्र हैन, सत्ताकै सारथि बन्ने स्तरमा पुग्नुचाहिँ कत्तिको युक्तिसंगत होला ? 

१६

 

२ डिसेम्बर २०२०

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

नेकपाभित्रको भित्रको आन्तरिक विवाद र छिमेकीसँगको सम्बन्ध

१७

 

९ डिसेम्बर २०२०

डा. सुरेश तिवारी, स्वास्थ्य मन्त्रालयका अवैतनिक सल्लाहकार,

भ्याक्सिनको पछिल्लो अवस्था र नेपालको आयात गर्ने प्रक्रिया

१८

 

१६ डिसेम्बर २०२०

भानुभक्त ढकाल, स्वास्थ्यमन्त्री

भ्याक्सिन ल्याउने प्रक्रियाका लागि सरकार के गरिरहेको छ ?

१९

 

२३ डिसेम्बर २०२०

डा रामवरण यादव, पूर्व राष्ट्रपति

नेपाली जनतामाथि राजनीतिक दलहरूले गरेको गम्भीर धोखाधडी

२०

 

३० डिसेम्बर २०२०

नारायण मान बिजुक्छे, वरिष्ठ कम्युनिस्ट नेता

सधैँ फुटिरहने नेपालको कम्युनिस्ट आन्दोलन र अबको देशको भविष्य

२१

 

६ जनवरी २०२१

कामी रिता शेर्पा, २४ पटक सगरमाथा आरोहण गरी विश्वकीर्तिमान बनाएका

कामी रिता शेर्पाको जीवन, हिमालहरू र पर्वतारोहणको महत्त्व

२२

 

१३ जनवरी २०२१

बामदेव गौतम, नेकपा वरिष्ठ नेता,

के आधार र सूत्रले नेकपा एक हुने अपेक्षा गरिरहेका छन् वामदेव ? र पछिल्लो राजनीतिक अवस्थाबारे

२३

 

२० जनवरी २०२१

डा दिग्विजय राजा महत, नेपाली वैज्ञानिक

क्रिस्पर प्रविधि जसले सबैभन्दा छिटोछरितो भाइरस पत्ता लगाइदिन्छ, आगामी दिनमा महामारीविरुद्धको लडाइँ लड्न मद्दत गर्नेछ, यो प्रविधि निर्माणमा प्रत्यक्ष सहभागी भएका नेपाली वैज्ञानिक

२४

 

२७ जनवरी २०२१

तारानाथ रानाभाट, पूर्वसभामुख

पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण संसद् विघटन, दलहरूकै मागबमोजिम आएका संसदहरू किन उनीहरूकै नेताहरूको सिकार बनिरहेका छन् ? 

२५

 

०३ फेब्रुअरी २०२१

ह्रृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या मन्त्री

कोभिडविरुद्धको भ्याक्सिन कुन प्रक्रियाबाट कहिले देशभित्र आइपुग्छ र हामीले कुन कुन चरणमा प्रयोग गर्न पाउँछौ ? 

२६

 

१० फेब्रुअरी २०२१

विमलेन्द्र निधि, नेपाली कांग्रेसका उपसभापति

पछिल्लो राजनीतिक अवस्थामा कांग्रेसको भूमिका र अलमलिएको कांग्रेस

२७

 

१७ फेब्रुअरी २०२१

बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री एवं जसपाका नेता

पछिल्लो राजनीतिक र संवैधानिक संकटका बारेमा

२८

 

२४ फेब्रुअरी २०२१

शशांक कोइराला, नेपाली कांग्रेसका महामन्त्री

सर्वोच्चको आदेशपछि उत्पन्न नेपालको पछिल्लो राजनीतिक अवस्थिति अब कुन दिशाउन्मुख रहनेछ ? नेपाली कांग्रेसको नयाँ राजनीतिक यथार्थमा भूमिका के हुनेछ ?  

२९

 

३ मार्च २०२१

राजेन्द्र महतो, जसपाका नेता

नेकपा विभाजनको डिलमा पुगिरहँदा, सत्ताको रस्साकस्सीमा होमिएको जसपाको भूमिका

३०

 

१० मार्च २०२१

अरुणकुमार सुवेदी, राजनीतिक विश्लेषक

पछिल्लो राजनीतिक घटनाक्रमबारे मिहिन भूमिका

३१

 

१७ मार्च २०२१

जनार्दन शर्मा, माओवादी केन्द्रका नेता

एमाले माओवादी एकतादेखि विभाजनसम्मको इतिवृत्तान्त

३२

 

२४ मार्च २०२१

सौरभ, लेखक, राजनीतिक विश्लेषक

नेपालको राजनीतिक परिदृश्यबारे विश्लेषण

३३

 

३१ मार्च २०२१

प्रदीप पौडेल, नेपाली कांग्रेसका नेता

युवापुस्ताको दुहाइ दिने तर पुरानो पुस्ताको सहयोगी बनिरहने नेपाली युवा नेतृत्वको वास्तविकताले नेपालको राजनीतिमा अझै लामो समयसम्म उही पुरानो पुस्ताका नेताबाट शासित हुनुपर्ने निश्चितता देखिन्छ । यस्तो कहिलेसम्म ?  

भूषण दाहालद्वारा सञ्चालित कार्यक्रम ब्राभो डेल्टा शाे को पनि उस्तै स्थिति देख्न सकिन्छ । जम्मा ३६ वटा कार्यक्रममा तीन जना जनजाति र चार जना मधेसबाट प्रतिनिधित्व गरेको देखिन्छ भने महिला र दलितको उपस्थिति शून्य देखिन्छ ।

अन्य टेलिभिजन बहसका कार्यक्रमहरूको तुलनामा कोरोना कहरबारे केही सन्तोषजनक हिसाबले कार्यक्रम सञ्चालन गरेका भूषण दाहालले सातवटा कार्यक्रम कोरोनासँग सम्बन्धित भएर गरेका छन् भने भारतसँग नेपालको सम्बन्धबारे दुई, नेपालको अर्थव्यवस्थाबारे एक, पयर्टनबारे एक र नेपालको उद्योग व्यवसायबारे एउटा कार्यक्रम तयार पारेको पाइन्छ । यद्यपि नेपाल–भारत सम्बन्ध र वैदेशिक नीतिबारे परराष्टमन्त्रीलाई निमन्त्रणा गरिएको कार्यक्रम भने अधिकांश समय, नेकपा विवादबारे नै कुरा गरेर सकाएको पाइन्छ । नेपाल कृषिप्रधान मुलुक हो भनिरहँदा अर्थव्यवस्थासम्बन्धी कुनै पनि कार्यक्रममा किसानका बारेमा कुरा गरेको पाइँदैन ।

०००

हिमालय टेलिभिजनमा आउने यक्ष प्रश्न कार्यक्रम भने सातामै दुई पटक युट्युबमा अपलोड गरेको पाइयो । युट्युबमा यस कार्यक्रमको इपिसोड १ भेटिएन । त्यसपछाडि मार्च २०२१ सम्ममा यो कार्यक्रमका ३३ वटा भागहरू भेटिन्छन् । राजेन्द्र बानियाँले चलाउने यक्ष प्रश्नको डाटा हेरौँ:

तालिका नं. ३

क्र.सं.

टेलिभिजन/ कार्यक्रम/ प्रस्तोता

मिति

आमन्त्रित अतिथि

बहसको विषय

हिमालय टीभी/ यक्ष प्रश्न/राजेन्द्र बानियाँ

१७ डिसेम्बर २०२०

ईश्वर पोखरेल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री

पार्टीले भन्नेबित्तिकै अध्यादेश फिर्ता हुँदैन

 

२१ डिसेम्बर २०२०

रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस

केपी ओली तानाशाह बने, हामी प्रतिवाद गर्छौं

 

२१ डिसेम्बर २०२०

बलराम केसी, पूर्वन्यायाधीश

संसद् विघटनको मुद्दामा अदालतबाट कस्तो आउला फैसला

 

२४ डिसेम्बर २०२०

सौरभ, लेखक, राजनीतिक विश्लेषक

म राष्ट्रिय गान पनि गाउँदिनँ, संविधान पनि मान्दिनँ, सक्छौ भने देशनिकाला गर

 

२९ डिसेम्बर २०२०

नारायणकाजी श्रेष्ठ, नेता नेकपा

राणा शासन, पञ्चायत र राजा फालिए... अब पालो

 

३० डिसेम्बर २०२०

गगन थापा, नेता नेपाली कांग्रेस

राष्ट्रपति ओली गिरोहकी सदस्य हुन, घर जाने तयारी गरे हुन्छ

 

३ जनवरी २०२१

विष्णु रिमाल, प्रमका मुख्य सल्लाहकार

संसद् विघटन योजनावद्ध रूपमै भएको हो

 

६ जनवरी २०२१

प्रदीप गिरी, नेता, नेपाली कांग्रेस

ओली र हिटलरको राष्ट्रवाद उस्तै

 

१० जनवरी २०२१

डा बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री, वरिष्ठ नेता, जसपा

मलाई प्रम बनाउनुस्, सबै भ्रष्टाचारीलाई कारबाही गर्छु

१०

 

१३ जनवरी २०२१

शुशीला कार्की, पूर्व प्रधानन्यायाधीश

म राजनीति जान्दा पनि जान्दिनँ, गर्दा पनि गर्दिनँ, भोटचाहिँ मनमोहनलाई हाल्या हो

११

 

१७ जनवरी २०२१

बामदेव गौतम, नेता नेकपा

ओली र प्रचण्ड पार्टी र देश दुवै चलाउन असक्षम छन्

१२

 

२० जनवरी २०२१

कृष्णप्रसाद सिटौला, नेता नेपाली कांग्रेस

जनताको आँसुमा हाँस्ने रत्नाकर हुन् ?

१३

 

२४ जनवरी २०२१

कुलमान घिसिङ, पूर्व कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

एमसीसीबारे उत्तर दिन कुलमान घिसिङको आनाकानी

१४

 

२७ जनवरी २०२१

झलनाथ खनाल, वरिष्ठ नेता नेकपा, पूर्वप्रम

निर्वाचन आयोगको फैसलापछि के होला नेकपाको भविष्य ? के खिचडी पाक्दैछ ओली र प्रचण्ड नेतृत्वको नेकपामा

१५

 

३१ जनवरी २०२१

डा चन्द्र भण्डारी, नेता नेपाली कांग्रेस

नेताले कमिसनका लागि देश बेच्लान् भन्ने चिन्ता छ

१६

 

३ फेब्रुअरी २०२१

शंकर पोखरेल, मुख्यमन्त्री, लुम्बिनी प्रदेश

चुनाव तोकेकै मितिमा हुन्छ, प्रचण्डहरू नील

१७

 

७ फेब्रुअरी २०२१

टोपबहादुर रायमाझी, ऊर्जामन्त्री

प्रचण्ड लालगद्धार हुन्, माओवादी पनि उनैले सके

१८

 

१० फेब्रुअरी २०२१

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

ओली सरकारले धेरै राम्रा काम गरेको छ, विपक्षी र नागरिक समाजले भ्रम फैलाए

१९

 

१४ फेब्रुअरी २०२१

राजेन्द्र महतो, नेता जसपा

नेता अनि कुर्सीका कारण अहिलेको लडाइँ, परिणति

२०

 

१७ फेब्रुअरी २०२१

श्वेता खड्का, नायिका

आँसु झार्दै नायिका खड्काको स्पष्टीकरण, एक रुपियाँ पनि तलमाथि गरेको भए कारबाही होस्

२१

 

२१ फेब्रुअरी २०२१

सर्वेन्द्र खनाल, पूर्वमहानिरीक्षक, नेपाल प्रहरी

म्याच फिक्सिङ भएकै हो, मैले जीवनमा गल्ती गरेको छैन

२२

 

२४ फेब्रुअरी २०२१

डा भीमार्जुन आचार्य, संविधानविद्

प्रधानमन्त्री पद त गयो गयो, सांसद पद पनि नरहन सक्छ

२३

 

२ फेब्रुअरी २०२१

प्रम केपी शर्मा ओली

विदेशीलाई कम्फर्टेबल सरकार बनाउने

२४

 

३ मार्च २०२१

नारायणमान बिजुक्छे, नेता, नेमकिपा

हरेक दलमा ५ प्रतिशत विदेशी दलाल छन्

२५

 

७ मार्च २०२१

डा शेखर कोइराला, कांग्रेस केन्द्रीय सदस्य

नेकपा विवाद भए पनि आउँदो चुनावमा कांग्रेसले जित्छ भन्ने कुनै ग्यारेन्टी छैन

२६

 

१० मार्च २०२१

योगेश भट्टराई, सचिव, नेकपा एमाले

चार जना नेताले विश्राम लिने हो भने नेकपा फेरि एकीकरण हुन्छ

२७

 

१४ मार्च २०२१

लेखराज भट्ट, उद्योग मन्त्री

सुदूरपश्चिममा नेकपा एमालेको इन्चार्ज म हुँ

२८

 

१७ मार्च २०२१

पृथ्वीसुब्बा गुरुङ, मुख्यमन्त्री, गण्डकी प्रदेश

पेरिसडाँडाबाट रुवाबासी गर्दै फर्केकाको नियतमा खोट छ

२९

 

२१ मार्च २०२१

प्रा डा युवराज संग्रौला

अदालतलाई किन आरोप लाग्छ ? भ्रष्टाचारको केन्द्र वकिल कि बिचौलिया

३०

 

२४ मार्च २०२१

राजकिशोर यादव, जसपा नेता

जसपालाई नेतृत्व दिनुस्, ५ वर्षमा देश कहाँ पुग्छ हेर्नुस्

३१

 

२ मार्च २०२१

विश्वप्रकाश शर्मा, प्रवक्ता नेपाली कांग्रेस

बाउले अरुण लखेट्ने, सन्तानले लोडसेडिङ मूर्दावाद भन्ने

३२

 

३१ मार्च २०२१

डा भीम रावल, नेता नेकपा एमाले

ओलीलाई राष्ट्रघाती र नालायक भन्न किन नमिल्ने ?

यक्ष प्रश्नका ३३ वटा कार्यक्रमहरूको डाटा हेर्ने हो भने चार जना जनजाति, दुई जना मधेसी र दुई जना महिलाको उपस्थिति देखिन्छ । प्रधानमन्त्रीलाई कार्यक्रमको अतिथि बनाउने होडबाजीमा यक्ष प्रश्नले पनि बाजी मारेको देखिन्छ । एमसीसीबारे एउटा र चलचित्र क्षेत्रसम्बन्धी थप एउटा बहस चलाएको राजेन्द्र बानियाँको कार्यक्रम यक्ष प्रश्न कोरोना कहरमै सञ्चालनमा आएको भए पनि कोरोनासँग सम्बन्धित कुनै पनि कार्यक्रम तयार पारेको देखिँदैन ।  

०००

नेपाल टेलिभिजनमा सिधा प्रश्न भन्ने बहसको कार्यक्रममा गोकुल बाँस्कोटासँगको विवादपछि लामो समय हराएका राजु थापा हालसालै एभिन्युज खबरमा सिधा प्रश्न नामक कार्यक्रम लिएर आएका रहेछन् । मार्च २०२१ को अन्तिमसम्मको उनको कार्यक्रमको तथ्यांक यस्तो देखिन्छ:

तालिका नं. ४

क्र.सं.

टेलिभिजन/ कार्यक्रम/ प्रस्तोता

मिति

आमन्त्रित अतिथि

बहसको विषय

एभिन्युज खबर/ सिधा प्रश्न/ राजु थापा

२६ जनवरी २०२१

गगन थापा, नेता नेपाली कांग्रेस

दुवै हातमा लड्डु छ भने कांग्रेसले संविधानको रक्षा गर्न सक्दैन

 

२ फेबु्रअरी २०२१

झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा एमाले

सक्कली केपी ओली पशुपतिनाथमा पूजा गरिरहेको केपी ओली हो ?

 

९ फेब्रुअरी २०२१

पशुपतिशमशेर जबरा, राप्रपा अध्यक्ष

ओलीको प्रतिगामी कदमविरुद्ध आन्दोलन गर्छौं, हिन्दु राष्ट्र बनाउँछौँ

 

१७ फेब्रअरी २०२१

योगेश भट्टराई, नेकपा नेता, माधव समूह

ओलीले भ्रष्टाचार विदेशी चलखेल बढाए

 

२ मार्च २०२१

नारायणमान बिजुक्छे, नेमकिपा अध्यक्ष

बिजुक्छे किन ओलीको पक्षमा र प्रचण्डको विरोधमा लागे

 

९ मार्च २०२१

गेजा शर्मा वाग्ले, राजनीतिक विश्लेषक

अप्राकृतिक समीकरण सफल भए ओली नै प्रधानमन्त्री,

 

१७ मार्च २०२१

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

केपी ओलीको विकल्प छैन, एमाले फुट्ने तयारीमा

 

२३ मार्च २०२१

वर्षमान पुन, नेता माओवादी केन्द्र, पूर्वमन्त्री 

ढुक्क हुनुस्, केपी ओलीलाई केही दिनमै फ्याँक्छौँ

वायुप्रदूषणले बिजोग छ देश

३० मार्च २०२१

पुरन्जन आचार्य, विश्लेषक,

तीन दलको सहमतिमा वैशाखमै यसरी हट्न सक्छन् ओली

मार्च २०२१ को अन्त्यसम्ममा जम्मा नौवटा कार्यक्रम सञ्चालन गरेका राजु थापाको कार्यक्रममा जम्मा दुई जना आदिवासी जनजाति अतिथिको रूपमा आएको देखिन्छ । कोरोना कहरकै समयमा सञ्चालनमा आएको यस कार्यक्रमले पनि कोरोना र यसले पारेका प्रभावका साथै समाधानको उपायमाथि एउटा पनि कार्यक्रम बनाएको देखिँदैन भने परराष्ट्रमन्त्रीलाई बोलाएको कार्यक्रममा पनि परराष्ट्र नीतिसम्बन्धी बहस नभई नेकपा एमालेकै किचलोबारे कुरा भएको देखिन्छ ।

०००

एभिन्युज खबरमै सञ्चालित बहसको अर्को कार्यक्रम हो संवाद । रोहित दाहालद्वारा सञ्चालित संवादको डाटा हेरौँ:

तालिका नं. ५

क्र.सं.

टेलिभिजन/ कार्यक्रम/ प्रस्तोता

मिति

आमन्त्रित अतिथि

बहसको विषय

एभिन्युज खबर/संवाद/रोहित दाहाल

१७ डिसेम्बर २०२०

हर्क रावल , संवैधानिक कानुनका जानकार एवं अधिवक्ता

चार जनालाई विश्वासमा लिन नसक्ने प्रमले देश कसरी चलाउलान् ?

 

२१ डिसेम्बर २०२०

गोकुल बाँस्कोटा, नेकपा नेता

केपी ओली नेकपाबाटै चुनाव लड्नुहुन्छ

 

२२ डिसेम्बर २०२०

रमण श्रेष्ठ, पूर्व महान्याधिवक्ता एवं वरिष्ठ अधिवक्ता

प्रतिनिधिसभा विघटन भएकै छैन

 

२३ डिसेम्बर २०२०

गणेशप्रसाद तिमिल्सिना, अध्यक्ष, राष्ट्रियसभा

मेरो राजनीतिक जीवन नै सिध्याउन खोजियो

 

२४ डिसेम्बर २०२०

रमेश बडाल, अधिवक्ता

छाडा सांसदलाई तह लगाउन निर्वाचन घोषणाको निर्णय सही

 

१२ जनवरी २०२१

लालबाबु यादव, राष्ट्रपतिको सल्लाहकार

प्रधानमन्त्रीसँग डराउने, राष्ट्रपतिलाई गाली गरेर हुन्छ ?

 

१२ जनवरी २०२०

डा. उद्धव प्याकुरेल, परराष्ट्र मामिला जानकार

जी न्यूजमा दिएको अन्तर्वार्ताबाट प्रधानमन्त्री ओलीको राष्ट्रवाद नाङ्गियो

 

१४ जनवरी २०२०

राजेन्द्र गौतम, ओली समूह, नेता

रवीन्द्र अधिकारी, दाहाल–नेपाल समूह नेता

नेकपाका दुवै समूहका केन्द्रीय समिति अवैधानिक भएका हुन् ?

 

१६ जनवरी २०२०

नीलकण्ठ उप्रेती, निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त

नेकपा नाम र सूर्य चिह्न कसको ?

१०

 

१८ जनवरी २०२०

गोविन्द बन्दी, अधिवक्ता

हाम्रा न्यायाधीशहरू सक्षम हुनुहुन्छ, प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ

११

 

१८ जनवरी २०२०

डा नारायण खड्का, नेपाली कांग्रेस नेता

कांग्रेसको अबको बाटो कता ? संसद ब्युँताउन आन्दोलन गर्ने कि चुनावको तयारीमा लाग्ने ?

१२

 

१९ जनवरी २०२०

कृषि कट्टेल, नेकपा अध्यक्ष

ओली समूह र प्रचण्ड–नेपाल समूह दुवै नक्कली कम्युनिस्ट हुन्

१३

 

२० जनवरी २०२०

खिमलाल भट्टराई, राष्ट्रियसभामा नेकपातर्फबाट मुख्य सचेतक, नेकपा नेता, ओलीपक्ष

संसद् विघटनको निर्णय अदालतले सदर गर्छ

१४

 

२३ जनवरी २०२०

पुरुषोत्तम पौडेल, नेकपा नेता, दाहाल नेपाल समूह, पूर्वमन्त्री

प्रधानमन्त्री ओलीको दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता उत्पन्न भयो

१५

 

२६ जनवरी २०२०

प्रा. डा. पुष्प कँडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेकपा स्थायी कमिटी सदस्य,

के गर्दै छ राष्ट्रिय योजना आयोग ?

१६

 

२८ जनवरी २०२०

कर्णबहादुर थापा, नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष, पूर्वमन्त्री, ओलीपक्ष

नेकपा विभाजन हुनुमा माधव दोषी

१७

 

९ फेब्रुअरी २०२१

हर्क रावल, अधिवक्ता

रेवतीरमण भण्डारी, संविधानसभा सदस्य, ओली समूह नेता

प्रधानमन्त्री ओलीले संविधान नजानेर होइन, नमानेर संसद् विघटन गरेका हुन्

१८

 

८ फेब्रुअरी २०२१

अष्टलक्ष्मी शाक्य, नेकपा स्थायी कमिटी सदस्य, दाहाल नेपाल समूह

कहिले बन्लिन् अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री

१९

 

११ फेब्रुअरी २०२१

ठाकुर गैरे, नेकपा नेता, दाहाल नेपाल समूह

झाँक्री प्रकरणः प्रधानमन्त्रीको ओलीको तानाशाही प्रवृत्तिको उपज हो

२०

 

१३ फेब्रुअरी २०२१

उमेश यादव, पूर्वमन्त्री, नेकपा दाहाल नेपाल समूह नेता रमेश पौडेल, नेकपा नेता ओलीसमूह

नेकपा नेता उमेश यादव र रमेश पौडेलबीच कार्यक्रममै भयो चर्काचर्की

२१

 

१७ फेब्रुअरी २०२१

वचन सिंह, ओली समूह, युवासंघ, नवनिर्वाचित अध्यक्ष

अजम्बर राई काङबाङ, दाहाल नेपाल समूह

 

ओलीको असंवैधानिक कदम अदालतले खारेज गर्छ

२२

 

१८ फेब्रुअरी २०२१

रामवीर मानन्धर, ओलीसमूह नेता, शहरीविकास राज्यमन्त्री  

गीत गाएरै विश्व रेकर्ड राखेका शहरी विकास राज्यमन्त्री भन्छन्– ओलीबिना देशमा समृद्धि छैन

२३

 

२२ फेब्रुअरी २०२१

शेरबहादुर तामाङ, नेता ओलीपक्ष 

यस्तो छ– शेरबहादुर तामाङले दाहाल–नेपाल समूह छाड्नुको कारण

२४

 

२५ फेब्रुअरी २०२१

केशव स्थापित, ओलीपक्ष, बागमती प्रदेशसभा सदस्य

प्रचण्डको मित केशव स्थापित किन गए ओली समूहमा ? ओलीले नेतृत्व गरेको पार्टीको चुनाव चिह्न गाँजा हुनुपर्छ

२५

 

२७ जनवरी २०२१

गोकर्ण विष्ट, पूर्वमन्त्री, नेकपा स्थायी कमिटी सदस्य

शंकरलाई गोकर्णको जवाफ, म सडकमै बस्न रुचाउने मान्छे हुँ, शुभकामना छ

२६

 

२ मार्च २०२१

गोकुल बाँस्कोटा, पूर्व मन्त्री, नेकपा नेता, ओलीपक्ष

नेकपामा प्रचण्डबाहेकको एकता अझै सम्भव छ

२७

 

४ मार्च २०२१

मनिष सुमन, जसपा पार्टी नेता, प्रदेशसभा सदस्य

केपी ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई जसपाले समर्थन गर्छ

२८

 

९ मार्च २०२१

भीम आचार्य, नेकपा एमाले सचिव

सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको, बाम एकताको प्रयास जारी रहन्छ

२९

 

१३ मार्च २०२१

विशाल भट्टराई, ओलीपक्ष, नेकपा एमालेका मुख्य सचेतक

ओलीले प्रधानमन्त्री कसैलाई नदिने बरु प्रतिपक्षमा बस्ने

३०

 

१५ मार्च २०२१

हर्क रावल, विश्लेषक, अधिवक्ता

फाल्गुन २३ गतेको सर्वोच्चको फैसला न्यायिक अराजकता उन्मुख

३१

 

१५ मार्च २०२१

राजेन्द्र राई, नेकपा एमाले नेता, माधव पक्ष

आँउदो महाधिवेशनपछि पनि ओलीलाई अध्यक्ष मान्न सकिन्छ

३२

 

१७ मार्च २०२१

एलपी साउद, नेपाली कांग्रेसका नेता

ओलीसँग मिलेर कांग्रेस सरकारमा जाँदैन

३३

 

२० मार्च २०२१

खगराज अधिकारी, पूर्वस्वास्थ्यमन्त्री, नेकपा नेता, ओलीपक्ष

एकीकरण गल्ती भएको भन्दै ओलीले माफी मागे

३४

 

२२ मार्च २०२१

प्रदीप यादव, जसपा नेता, सांसद

जसपाको भित्री तयारी अर्कै छ

३५

 

२४ मार्च २०२१

डा उद्धव प्याकुरेल, विश्लेषक

त्रिशंकु संसदमा प्रमुख प्रतिपक्ष भन्ने हुँदैन

३६

 

२६ मार्च २०२१

दीपक बोहोरा, राप्रपा नेता

गणतन्त्र आएपछि राजालाई भेटेको छैन

संवाद कार्यक्रमको डाटा हेर्दा यो कार्यक्रम हप्ताको दुई पटक युट्युबमा अपलोड हुने गरेको पाइयो । कार्यक्रममा सात जना जनजाति, चार जना मधेसी र एक जना महिलालाई अतिथिको रूपमा बोलाएको पाइन्छ । दलितको सहभागिता शून्य रहेको यस संवाद कार्यक्रमका मार्च २०२१ सम्मका कार्यक्रम हेर्ने हो भने नेपाल–भारत सम्बन्धबारे एउटा र योजना आयोगलाई लिएर एउटा कार्यक्रम बनाएको पाइन्छ भने कोरोनासम्बन्धी कुनै पनि कार्यक्रम पाइँदैन । पूर्वस्वास्थ्यमन्त्रीसँग कुरा गरिएको कार्यक्रममा पनि नेकपाकै विवादको विषयमा कार्यक्रममको समय सकाएको देखिन्छ ।

०००

सगरमाथा टेलिभिजनमा सञ्चालित कार्यक्रम प्रश्न समयमा तीन जना फरकफरक प्रस्तोताहरू रहेका छन् । भूपाल लुइटेल, प्रकाश गिरी र दीपक अर्यालद्वारा सञ्चालित प्रश्न समय पनि हप्ताको दुईचोटि युट्युबमा अपलोड हुने गरेको पाइयो । प्रश्न समयको डाटा हेरौँ:

तालिका नं. ६

क्र.सं.

टेलिभिजन/कार्यक्रम/प्रस्तोता

मिति

आमन्त्रित अतिथि

बहसको विषय

सगरमाथा/प्रश्न समय/भूपाल लुइटेल, प्रकाश गिरी, दीपक अर्याल

५ डिसेम्बर २०२०

सुरेन्द्र बस्नेत, अनेरास्ववियु नेता रश्मी राज आचार्य, अनेरास्ववियु नेता (पुरुष)

नेकपाको विग्रहमा विद्यार्थी नेताकै साथ, गुटगत भेला फुटाउन कि जुटाउन

 

९ डिसेम्बर २०२०

हिमालधन राई, नेकपा वरिष्ठ राजनीतिज्ञ सुशीलकुमार श्रेष्ठ, राप्रपा नेता, पूर्वमन्त्री

कम्युनिस्टले नै गणतन्त्र ढाल्छन्ः श्रेष्ठ गणतन्त्र ढले जनगणतन्त्र आउँछ : राई

 

१२ डिसेम्बर २०२०

सुधन किराँती, नेकपा नेता, भोजपुर निर्वाचित सांसद  बालकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता

राजावादी र गणतन्त्रवादीबीच चर्काचर्की, पूर्वराजालाई नागार्जुनबाट हटाउनेदेखि व्यवस्थै फाल्नेसम्मका

 

१९ डिसेम्बर २०२०

सोमप्रसाद पाण्डे, नेकपा नेता, पूर्वउद्योगमन्त्री, संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्य प्रमोद शाह, सर्लाही प्रतिनिधिसभाका लागि जसपाबाट निर्वाचित उमेश शाह, उखु किसान संघर्ष समिति सर्लाही अध्यक्ष

पूर्वउद्योगमन्त्रीसँग उखु किसान जाइलागेपछि स्टुडियोमै तनाव

 

२३ डिसेम्बर २०२०

विरोध खतिवडा, नेकपा प्रचण्ड माधव समूह  बद्री पाण्डे, नेपाली कांग्रेस नेता

 

ढुक्क हुनुस्, संसद ब्युँतन्छ, प्रधानमन्त्री हुत्याइदिन्छौँ, राष्ट्रपतिलाई महाअभियोग

 

२६ डिसेम्बर २०२०

लोककृष्ण भट्टराई, पुष्पलाल अध्ययन समाज अध्यक्ष, वामपन्थी विचारक प्रा. डा. बद्री विशाल पोखरेल, वामपन्थी विचारधारानजिक लेखक बुद्धछिरिङ मोक्तान, राजनीतिक विश्लेषक

संसद् विघटन ओलीको भुल भए पनि प्रचण्ड माधवलाई लिपपोत नगर्ने, चुनाव पनि नरोक्ने

 

३० डिसेम्बर २०२०

गुरु बराल, नेकपा नेता, ओली समूह प्रकाश पन्त, नेपाली कांग्रेस  हस्त केसी, नेकपा क्रान्तिकारी माओवादी नेता प्रचण्ड जेल जान सक्छन् : बराल

कम्युनिस्ट नेताबीच मुखामुख अब बिप्लवसँग मिलेर जनविद्रोह: केसी

 

२ जनवरी २०२१

विष्णु भट्टराई, वरिष्ठ अधिवक्ता, संविधानविद्

 

शेरबहादुर तामाङ, पूर्व कानुनमन्त्री, नेकपा दाहाल नेपाल समूह नेता हरि गौतम, लेखक, विश्लेषक

आन्दोलनका नाममा चुनावकै तयारीमा दाहाल नेपाल समूह, ओली प्रचण्ड कसको पल्ला भारी

 

 

 

 

४ जनवरी २०२१

डा सुनीलबाबु श्रेष्ठ, नास्टका भीसी डा प्रतिभा पाण्डे, युवा वैज्ञानिक, उद्यमी गणेश शाह, पूर्वमन्त्री  डा किशोर आत्रेय, जनक ढुंगाना, मणि दाहाल

नेपालमा विज्ञान प्रविधिमा फड्को मार्न नीतिगत सुधारको खाँचो

१०

 

६ जनवरी २०२१

कुन्ती शाही, राप्रपा नेता, पूर्वसांसद  रेखा शर्मा, नेकपा प्रचण्ड–माधव समूह डा डिला संग्रौला, नेपाली कांग्रेस

ओली श्रीपेच नलगाएका महाराज हुन्, लोकतन्त्र खाइसके, संसद विघटनले राजा आउने वातावरण बन्छ

११

 

७ जनवरी २०२१

सगुन सुन्दर लावती, राप्रपा नेता युवराज आचार्य, युवा विश्लेषक प्रेमबल खनाल, नेकपा दाहाल–नेपाल पक्ष

 

रुपेन्द्र भण्डारी, दर्शकदीर्घा

 

 

 

 

 

गणतन्त्रवादीको किचलोले राजावादी सक्रिय

 

 

 

१२

 

९ जनवरी २०२१

रमेश पौडेल, नेकपा ओलीसमूह बाबुराम अर्याल, साइबर कानुनसम्बन्धी जानकार, अधिवक्ता अजम्बर राई, नेकपा दाहाल–नेपाल समूह 

साइबर सेना आवश्यकता कि अराजकता: ओली पक्षीय नेता र अधिवक्ताको भनाभन

१३

 

११ जनवरी २०२१

राधाकृष्ण मैनाली, वाम राजनीतिज्ञ नरेन्द्रराज प्रसाईं, साहित्यकार अनन्त डुम्रे, पूर्वन्यायाधीश मुकुन्द पौडेल, शोभा शाक्य दर्शकदीर्घा

केपी ओलीसँगै सेन्ट्रल जेलमा सँगै बस्दा सेवा गरेको फल लाठीद्वारा मालिस आज पाए–आर के मैनाली

१४

 

१३ जनवरी २०२१

बोर्नबहादुर कार्की, वरिष्ठ अधिवक्ता डा माधवी भट्ट, अधिकारकर्मी, विगतमा सत्य निरुपण मेलमिलाप आयोग, हाल नेपाली कांग्रेससम्बद्ध  प्रकाशचन्द्र परियार, विवेकशील साझा पार्टी सचिवालय सदस्य

भयानक खतरनाक डिजाइनमा संसद् ढल्यो, ओली खलनायक भए, अब गणतन्त्र ढाल्छन्

१५

 

१६ जनवरी २०२१

ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता बृशेषचन्द्र लाल, संघीय समाजवादी पाटीका नेता  जगत भूषाल, जलविज्ञान विद्, सीमा प्रमाण संकलन कार्यदल सदस्य

बैठक बसे पनि नेपाली भूमि फिर्ता गर्न भारत अनिच्छुक, नेपालले अब के गर्ला

१६

 

१८ जनवरी २०२१

कृष्ण राई, नेकपा केन्द्रीय सदस्य पुष्पा भुसाल, नेपाली कांग्रेस केन्द्रीय सदस्य अनिल शर्मा, नेकपा युवानेता

प्रधानमन्त्रीको कदम गैरसंवैधानिक, नेकपा दाहाल–नेपाल पक्ष

१७

 

२० जनवरी २०२१

रश्मीराज आचार्य, नेकपा नेता, ओलीसमूह रन्जित तामाङ, नेकपा नेता, माधव प्रचण्ड पक्ष  मनोजमनि आचार्य, नेपाली कांग्रेस नेता

ओलीकै युवानेता भन्छन्– उनी जंगबहादुर हुन्, ओलीले सत्यानाश गरे, अब लोकतन्त्र खान्छन्

१८

 

२३ जनवरी २०२१

प्रेम कैदी– वरिष्ठ पत्रकार, अर्जुन पराजुली– कवि, सुदेश सत्याल– कवि

शब्दले सुम्लाउँदै नेतालाई सर्जकको चेतावनी – बाख्राले मासु खान्न, भोकतन्त्र अत्ति भयो

१९

 

२५ जनवरी २०२१

डा सूर्य ढुंगेल, संविधानविद् लक्ष्मणलाल कर्ण, संसदीय सुनुवाइ समितिका सभापति, जसपा नेता चन्द्रकान्त ज्ञवाली, संविधानविद्

संविधानमा दरार एकथरी विद्वान भन्छन् प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ, अर्को गरी छैन

 

 

 

 

 

२०

 

२७ जनवरी २०२१

गणेशमान पुन, पूर्वमन्त्री, नेकपा प्रचण्ड–माधव समूह नेता दीपक कुइकेल, नेपाली कांग्रेसका नेता  डा शिवजी यादव, जसपा नेता

भारतको दबाबमा पशुपति गएका ओलीले अब गेरु वस्त्र लगाउँछन्, कम्युनिस्ट पार्टीमै ज्ञानेन्द्र जन्मिए

२१

 

३ फेब्रुअरी २०२१

डा सूर्य पाठक, नेकपा नेता ओलीसमूह शेरबहादुर कुँवर, नेकपा नेता प्रचण्ड माधव समूह भीमसेनदास प्रधान, पूर्वरक्षामन्त्री, नेपाली कांग्रेस

ओलीलाई तानाशाही भनेपछि स्टुडियोमै बाझाबाझ, संसद् पुनर्स्थापना नभए गृहयुद्ध हुने चेतावनी

२२

 

१० फेब्रुअरी २०२१

प्रकाश रसाइली स्नेही, नेपाली कांग्रेस नेता  बृशेषचन्द लाल, जसपा नेता  गजेन्द्र महत, नेकपा प्रचण्ड माधव समूह

अब संकटकाल लगाएर राष्ट्रपतिले शासन गर्छिन, ओलीको गुरु देउवा हुने, बामदेव मान्छे होइनन्

२३

 

१३ फेब्रुअरी २०२१

माधव ढुंगेल, नेकपा नेता, ओलीपक्ष युवराज दुलाल, नेकपा नेता, दाहाल नेपाल समूह विष्णु दाहाल, राजनीतिक विश्लेषक

ओली र प्रचण्ड नेपालका नेतासँग विश्लेषकको विचारोत्तेजक बहस

२४

 

१७ फेब्रुअरी २०२१

श्याम घिमिरे, नेपाली कांग्रेस नेता, केन्द्रीय सदस्य डा सुरेन्द्र झा, जसपा नेता  नारदमुनि राणा थारू, नेकपा नेता ओलीसमूह

ओलीलाई प्रतिगामी भनेपछि स्टुडियोमै हंगामा, ओली निरंकुश भए गद्दाफी हुने चेतावनी

२५

 

२० फेब्रुअरी २०२१

जीवन परियार, नेपाली कांग्रेस नेता  प्रा डा. गोपीलाल न्यौपाने, राजनीतिक विश्लेषक मोहन बानियाँ, नेकपा नेता, ओलीसमूह

प्रतिगमन र अग्रगमन भन्दै स्टुडियोमा नोकझोक

२६

 

२४ फेब्रुअरी २०२१

बोर्नबहादुर कार्की, वरिष्ठ अधिवक्ता  सुनिल पोखरेल, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता

ओलीका वकिल भन्छन्– संविधान च्यात्न बहस गरे, संसद् पुनर्स्थापनापछि झन् जटिलता

२७

 

२७ फेब्रुअरी २०२१

राजेन्द्र पाण्डे, नेकपा नेता, नेकपा दाहाल नेपाल समूह मनिष सुमन, जसपा नेता रेवतीरमण भण्डारी, नेकपा नेता, ओलीसमूह

अझै दुई वर्ष ओलीकै सरकार, प्रचण्ड, माधव प्रक्रियामा चुक्दा सरकार गठन अन्योलमा

२८

 

३ मार्च २०२१

पदम राई, विप्लव छोडेर बाहिरिएका नेता सुशील श्रेष्ठ, राप्रपा का नेता सोमप्रसाद  पाण्डे, अघिल्लो तत्कालीन वार्ताटोलीका संयोजक

बादल बिप्लव वार्ता, बालुवाटार आउनुअघि यस्तोसम्म भयो, बिप्लव ओलीको महासचिव बन्न सक्छन्

२९

 

६ मार्च २०२१

शिवकुमार मण्डल, नेकपा दाहाल नेपाल समूह नेता, प्रतिनिधिसभा सदस्य तिलक महत, नेकपा नेता, ओलीसमूह, प्रतिनिधिसभा सदस्य गोपाल बहादुर शाह, राजनीतिक विश्लेषक

संसदलाई बन्धक बनाउनेदेखि सभामुखलाई महाअभियोगसम्मको तयारी

३०

 

१० मार्च २०२१

शेरबहादुर तामाङ, नेकपा एमाले नेता  राजकुमार लेखी, जसपा नेता अत्तर कमल आजाद, नेपाली कांग्रस

ओली दुई वर्ष नै प्रधानमन्त्री हुने यस्तो बन्यो रोडम्याप

३१

 

१३ मार्च २०२१

गणेशमान पुन, माओवादी केन्द्र नेता, पूर्वमन्त्री गुरुप्रसाद भट्टराई, नेकपा एमाले नेता  नरेन्द्रजंग पिटर, राजनीतिक विश्लेषक

एमाले फुट्नेदेखि बहुकोणीय द्वन्द्वमा मुलुक फस्नेसम्मका दाबी

३२

 

१७ मार्च २०२१

बद्री पाण्डे, नेपाली कांग्रेस खेल लोहनी, नेकपा एमाले नेता बृषेशचन्द्र लाल, जसपा नेता 

अब अर्ली इलेक्सन, अरु कुनै विकल्प छैन, ओलीलाई जसपा किन भयो कम्फर्टेबल ?

३३

 

२० मार्च २०२१

देवप्रकाश त्रिपाठी, अग्रज पत्रकार ऋषिकेश पोखरेल, नेकपा एमाले ओलीसमूह श्याम श्रेष्ठ, नेकपा माओवादी केन्द्र

नेपालको राजनीति उथलपुथल बनाउने विदेशी कि केपी प्रचण्ड

३४

 

२४ मार्च २०२१

उमा रेग्मी, नेपाली कांग्रेस, प्रतिनिधिसभा सदस्य चन्दा चौधरी, जसपा नेता, प्रतिनिधिसभा सदस्य मीना बुढा, नेकपा एमाले नेता

माधवले आत्मसमर्पण गर्छन्, संसद् नचले मध्यावधि, सत्ताको साँचो जसपाको हातमा

३५

 

२८ मार्च २०२१

इन्दुविक्रम जोशी, वातावरण विभागका उपमहानिर्देशक सागरकुमार राजभण्डारी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक गणेश शाह, पूर्ववातावरणमन्त्री

जनस्वास्थ्य संकटकालको तयारीमा सरकार, राज्यले हेलचेक्र्याइँ नगरे बर्सेनि ३० हजार मानिस बाँच्ने

३६

 

३१ मार्च २०२१

डा सूर्य पाठक, नेकपा एमाले नेता श्याम श्रेष्ठ, नेकपा माओवादी केन्द्र नेता पिताम्बर भण्डारी, राजनीतिक विश्लेषक, द्वन्द्व व्यवस्थापनका अध्यापक

अब नसोचेको समय आउँछ, माओवादीले समर्थन फिर्ता लिए चुनाव घोषणा हुन्छ

प्राय: कार्यक्रममा तीन जना अतिथि बोलाइएको यस कार्यक्रममा ३६ वटा कार्यक्रमभरिमा जम्मा १०४ जना अतिथिहरूलाई निम्त्याइएको रहेछ । जसमध्ये १७ जना जनजाति, १३ जना मधेसी, आठ जना महिला, तीन दलित र दुई जना थारू समुदायकालाई अतिथि बनाइएको छ । यिनै ३६ वटा कार्यक्रमभित्रै बालकृष्ण न्यौपाने, बृषेशचन्द्र लाल, बोर्नबहादुर कार्की, रश्मीराज आचार्य, डा. सूर्य पाठक, बद्री पाण्डे, सोमप्रसाद पाण्डे, शेरबहादुर तामाङ, गणेश शाह र श्याम श्रेष्ठ दोहोरिएको पनि पाइयो । 
संसद् विघटनको चर्को मुद्दा चलिरहँदा आफ्नो बाँकी वक्यौता रकमका लागि आन्दोलनमा आएका उखु किसान र उनीहरूको मागलाई लिएर एउटा कार्यक्रम प्रश्न समयले बनाएको छ भने विज्ञान प्रविधि, भारतसँगको सम्बन्ध र कला साहित्यसँग सम्बन्धित एक/एकवटा कार्यक्रम प्रश्न समयले बनाएको पाइन्छ । नेकपाका नेता महेश बस्नेतले साइबर सेना गठन गर्ने भनेर भाषण गरेपश्चात् एकदमै चर्चामा आएको साइबर सेना र साइबर कानुनको विषयलाई लिएर पनि प्रश्न समयले आफ्नो कार्यक्रमको विषय बनाएको छ भने कोरोना कहरसँग सम्बन्धित जम्मा एउटा कार्यक्रम बनाएको पाइन्छ । 

०००

आमनेपाली जनताले टेलिभिजन जगत्‌मै सम्भवत: सबैभन्दा बढी सुनेको नाम हो ऋषि धमला । प्राइम टाइम एचडी नामक टीभी च्यानलमा आउने धमलाको कार्यक्रम 'जनता जान्न चाहन्छन्' र ऋषि धमलाको बोल्ने तरिकाबाट धेरै नै ट्रोलहरू बन्ने गरेका छन् । उनको पछिल्लो कार्यक्रमको डाटा हेर्ने हो भने उनले एकै दिनमा दुई वा दुईभन्दा बढी बहसका कार्यक्रमहरू आफ्नो च्यानलको युट्युबमा अपलोड गरेको पाइयो । यसो हुँदा धमलाद्वारा सञ्चालित जनता जान्न चाहन्छन् कार्यक्रम भने मार्च महिनाभित्र भएका पछिल्ला ३६ वटा बहसका कार्यक्रमहरूको मात्र डाटा बनाइएको छ ।

तालिका नं. ७

क्र.सं.

टेलिभिजन/कार्यक्रम/प्रस्तोता

मिति

आमन्त्रित अतिथि

बहसको विषय

प्राइम टाइम एचडी/जनता जान्न चाहन्छन्/ऋषि धमला

१२ मार्च २०२१

राजकिशोर यादव, जसपाका शीर्ष नेता

ओलीलाई विश्वासको मत दिने जसपाको यस्तो भयो सहमति, माधव नेपालले के गर्लान् ?

 

१२ मार्च २०२१

रमेश लेखक, नेता नेपाली कांग्रेस

कांग्रेस नेतृत्वमा सरकार बन्ने जसपाले सहमति गरेको खुलासा, प्रधानमन्त्री देउवा

 

१३ मार्च २०२१

झलनाथ खनाल, नेकपा एमाले

झलनाथ खनालको खुलासाः ओलीलाई विश्वासको मत दिन्छौ, केन्द्रीय समिति बैठकमा पनि जान्छौँ

 

१३ मार्च २०२१

उपेन्द्र यादव, जसपा अध्यक्ष

उपेन्द्र यादवको खुलासाः ओली सरकार ढाल्छौँ, महन्थ ठाकुर प्रधानमन्त्री बन्दा म धेरै खुसी हुन्छु

 

१४ मार्च २०२१

प्रधानमन्त्री, केपी शर्मा ओली

केपी शर्मा ओलीको आक्रामक अन्तर्वार्ता, माधव–प्रचण्ड सम्बन्धदेखि फेरी संसद विघटनसम्मको खुलासा

 

१५ मार्च २०२१

नेकपा एमालेका उपाध्यक्ष, भीम रावल

डा भीम रावलको खुलासाः ओली र माधवबीच भयो यस्तो सहमति, प्रचण्डलाई सरकारमा ल्याउने

 

१५ मार्च २०२१

स्वास्थ्य तथा जनसंख्या मन्त्री, ह्रृदयेश त्रिपाठी

मन्त्री ह्रृदयेश त्रिपाठीको सनसनीपूर्ण खुलासा: दलहरूले ओलीको विकल्प दिन सक्दैनन्, फेरि चुनावको घोषण

 

१६ मार्च २०२१

प्रधानमन्त्रीका प्रेस सल्लाहकार, सूर्य थापा

एमालेमा ककस्को जाँदै छ सांसद पद, , कोको पर्दै छन् कारबाहीमा, माधवको प्रचण्डसँग सेटिङ भएको खुलासा

 

१६ मार्च २०२१

लाल बाबु यादव, राष्ट्रपतिका राजनीतिक सल्लाहकार

प्रधानमन्त्रीलाई राष्ट्रपतिको साथ, फेरि संसद् विघटनको यस्तो छ तयारी, शीतलनिवासमा चर्काचर्की

१०

 

१६ मार्च २०२१

राप्रपाका अध्यक्ष, प्रकाशचन्द्र लोहनी

राष्ट्रपतिसामु नै यसरी गरे असंवैधानिक कदमको विरोध, ३ मिनेट सन्नाटा अनि ओलीको चुनावी गोली

११

 

१६ मार्च २०२१

ठाकुर गैरे, नेकपा एमाले नेता

खनाल माधव समूहको निष्कर्ष, ओलीलाई दुवै पदबाट नहटाउने , प्रचण्डसँग सहकार्य गराउने

१२

 

१७ मार्च २०२१

नेपाल खनाल पक्ष भेलामा गएर त्यहाँ विभिन्न नेताहरूसँग छलफल

माधव नेपाल समूहले ओलीमाथि लगायो यस्तो गम्भीर आरोप, फुटबाट बच्ला त ? कोको पर्ने भए कारबाहीमा ?

१३

 

१७ मार्च २०२१

राजेन्द्र राई, नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य, माधव पक्ष मोहन बानियाँ, नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य

अब माधव झलनाथ समूहका सांसदको पद खारेज हुने, नेकपा एमाले फुट्ने घोषणा,  ओलीले कसैलाई नछोड्ने

१४

 

१८ मार्च २०२१

महेश बस्नेत, नेकपा एमाले नेता

महेश बस्नेतको सनसनीपूर्ण खुलासा:  झलनाथ र माधवलाई अनुशासनको कारबाही हुन्छ

१५

 

१८ मार्च २०२१

विष्णु रिजाल, नेकपा एमाले नेता

माधव समूहका नेता विष्णु रिजालले किन गरे यसरी केपी ओलीको प्रशंसा ? प्रचण्डलाई चेतावनी

१६

 

१९ मार्च २०२१

युवराज ज्ञवाली, नेकपा एमाले उपाध्यक्ष

खनाल नेपाल समूहको निष्कर्ष: सांसद पद गए पनि ओलीले बोलाएको बैठकमा सहभागी नहुने

१७

 

१९ मार्च २०२१

नेकपा एमाले प्रमुख सचेतक, विशाल भट्टराई

ओली चुप लागेर नबस्ने, बैठकमा नआउनेलाई अनुशासनको कारबाही सांसद पद खारेजसम्मको तयारी

१८

 

२० मार्च २०२१

माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा एमाले

माधव नेपालको सनसनीपूर्ण खुलासा:  ओलीसँग झुक्दिनँ, कारबाही भोग्न तयार छु

१९

 

२१ मार्च २०२१

गोकुल बाँस्कोटा, नेकपा एमाले नेता

गोकुल बाँस्कोटाको खुलासा: झलनाथ र माधवले एमाले छोडेर प्रचण्डतिर गए हुन्छ

२०

 

२२ मार्च २०२१

वर्षमान पुन, नेकपा माओवादी केन्द्रका नेता

वर्षमान पुनको खुलासाः ओलीलाई दिएको समर्थन फिर्ता हुने, देउवालाई प्रधानमन्त्री बनाउने

२१

 

२३ मार्च २०२१

कृष्णप्रसाद सिटौला, नेपाली कांग्रेसका नेता

कृष्णप्रसाद सिटौलाको खुलासाः देउवा प्रधानमन्त्रीका लागि तयार नभए विकल्प खोज्छौँ, ओली सरकार फाल्छौँ

२२

 

२३ मार्च २०२१

दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता

यसरी खारेज हुँदै छ माधव, झलनाथ, बादल र टोपबहादुरको सांसद पद

२३

 

२४ मार्च २०२१

लक्ष्मणलाल कर्ण, जसपा नेता

ओली र महन्थबीच यस्तो भयो सहमति, सरकारमा जाने र विश्वासको मत दिने

२४

 

२४ मार्च २०२१

दुर्गा प्रसाईं, बीएण्डसी मेडिकल कलेज संस्थापक

ओली र प्रचण्डलाई फेरि एक बनाउन दुर्गा प्रसाईंले ल्याए यस्तो सूत्र, बालुवाटारमा वार्ताको तयारी

२५

 

२५ मार्च २०२१

राजेन्द्र महतो, जसपा नेता

राजेन्द्र महतोको खुलासाः केपी ओलीसँग कुरा मिले सरकारमा सहभागी हुन्छौँ, रेशम चौधरी रिहा हुने

२६

 

२६ मार्च २०२१

सोमप्रसाद पाण्डे, नेकपा नेता, पूर्वमन्त्री

माधव नेपाललाई पार्टीबाट निकाल्ने यस्तो छ तयारी, पद जोगाउन कोको जाँदै छन् ओली समूहमा

२७

 

२७ मार्च २०२१

पद्मा अर्याल, कृषि तथा पशुपन्छी मन्त्री

मन्त्री पद्मा अर्यालको खुलासाः अब नेपाल कृषिमा आत्मनिर्भर, ओली देशको हिरो

२८

 

२८ मार्च २०२१

मणिचन्द्र थापा, खानेपानी तथा सरसफाईमन्त्री

सरकारको मन्त्रीले नै लगाए समामुखमाथि गम्भीर आरोपः प्रचण्डको प्रवक्ता सदनलार्इ बन्धक बनाए

२९

 

२८ मार्च २०२१

डा भीम रावल, नेकपा एमाले नेता

डा. भीम रावलले गरे कार्यक्रममै पार्टीको विधान देखाउँदै अध्यक्ष केपी ओलीलाई बर्खास्त गर्ने घोषणा

३०

 

२९ मार्च २०२१

मुमाराम खनाल, राजनीतिक विश्लेषक

मुमाराम खनालको खुलासा: ओलीको विकल्प छैन, प्रचण्ड चुके, निर्वाचन नै निकास

३१

 

२९ मार्च २०२१

कल्याणकुमार गुरुङ, नेपाली कांग्रेसका नेता,

कांग्रेसको निष्कर्ष: अविश्वासको प्रस्ताव नल्याउने, ओली सरकारले नै निरन्तरता पाउने

३२

 

२९ मार्च २०२१

जगन्नाथ खतिवडा, नेकपा एमाले नेता

ओलीलाई धुलो चटाउँछौँ, देशभरि प्रतिकार गर्छौं र माधव नेपाललाई बचाउँछौँ

३३

 

३० मार्च २०२१

विपुल पोखरेल, पत्रकार महासंघ अध्यक्षका प्रत्यासी, निर्मला शर्मा, पत्रकार महासंघ अध्यक्षका प्रत्यासी

राम प्रसाद दाहाल,पत्रकार महासंघ अध्यक्षका प्रत्यासी

गजेन्द्र बुढाथोकी, पत्रकार महासंघ अध्यक्षका प्रत्यासी

पत्रकारहरूले नै गरे आ–आफ्नै पोल खोलाखोल, कुन पार्टीको उमेद्वार को बन्ला अध्यक्ष ?

३४

 

३० मार्च २०२१

मुक्ति प्रधान, नेकपा माओवादी केन्द्रका नेता, पूर्वमहान्यायाधिवक्ता

देउवा र प्रचण्डका बीचमा यस्तो भयो सहमति, ओलीलाई ढाल्ने, को बन्दै छ प्रधानमन्त्री ?

३५

 

३१ मार्च २०२१

रुकमणि चौधरी, थरुहट संयुक्त संघर्ष समिति वार्ताटोलीकी संयोजक

ओली र महन्थबीच कुरा मिल्यो, रेशम चौधरी रिहाइको तयारी, थारूहट मधेसको विरोधमा

३६

 

३१ मार्च २०२१

नरेश शाही, युवासंघ नेपाल अध्यक्ष नृपेन्द्र महत, राष्ट्रिय युवासंघ नेपालका उपाध्यक्ष

ओली र माधव समूहका युवा संघबीच कार्यक्रममै पोल खोलाखोल, कारबाहीको घोषणा

पछिल्ला ३६ वटा कार्यक्रमहरूमध्यमा १७ मार्च २०२१ को एक कार्यक्रममा भने ऋषि धमलाले ग्राउन्ड रिपोर्टिङ गरेका रहेछन् । नेपाल खनाल पक्षको कार्यक्रममा गएर त्यहाँ आएका नेताहरूलाई नै अतिथि बनाइएको कार्यक्रमको अतिथिहरूलाई यस गणनामा समावेश गरिएको छैन । बाँकी ३५ वटा कार्यक्रममा ४० जना अतिथिसँग कुरा गरेका धमलाको कार्यक्रममा छ जना मधेसी, चार जनजाति, तीन महिला र एक जना थारूलाई कार्यक्रममा समावेश गरेको पाइयो ।

१२ मार्च २०२१ देखि ३१ मार्च २०२१ सम्मका ३६ वटा कार्यक्रममा उनले पनि प्रधानमन्त्रीलाई अतिथिको रूपमा निम्त्याएको देखिन्छ । युट्युबमा उनले राखेका कार्यक्रमका शीर्षकहरू हेर्ने हो भने टीआरपी बटुल्नकै लागि मात्र शीर्षक राखिएको स्पष्टै बुझ्न सकिन्छ । दिनमै कहिलेकाँही चारवटासम्म कार्यक्रम युट्युबमा अपलोड गर्न सक्ने धमलाले, पत्रकारहरूको चुनावको विषयमा एउटा कार्यक्रम चलाएका रहेछन् । कृषि तथा पशुपन्छी मन्त्रीलाई बोलाइएको कार्यक्रम पनि राजनीतिक घटनाक्रमकै कुरा गरेर सकाएको पाइन्छ । 

०००

न्यूज २४ टेलिभिजनमा मा महेन्द्र भट्टराईले कार्यक्रमको नाम नै बहस राखेर चलाएका रहेछन् । उनको कार्यक्रम पनि हप्ताको दुईचोटि प्रसारण हुने रहेछ । जनवरी २०२१ देखि मार्च २०२१ को अन्तिमसम्म भएका ३६ कार्यक्रमको डाटा हेरौँ:

तालिका नं. ८

 

क्र.सं.

टेलिभिजन/कार्यक्रम/प्रस्तोता

मिति

आमन्त्रित अतिथि

बहसको विषय

न्यूज २४/बहस/महेन्द्र भट्टराई

३ जनवरी २०२१

ईश्वर पोखरेल, उपप्रधानमन्त्री

प्रधानमन्त्री निर्वाचनामा जानू अपराध हो र ?

 

 

५ जनवरी २०२१

केशव बडाल, नेता ओली समूह कृष्णभक्त पोखरेल, नेता प्रचण्ड नेपाल समूह

संसद् विघटन किन गरियो ?

 

७ जनवरी २०२१

रामकुमारी झाँक्री, प्रचण्ड नेपाल समूह सुवास ठकुरी, नेता ओली समूह

प्रधानमन्त्रीको संसद् विघटन कति सही कति गलत, नेकपा फुटको डिलमा  

युट्युबः ओली तानाशाह हुन्, गणतन्त्रमाथि खतरा छ

 

१० जनवरी २०२१

बालकृष्ण न्यौपाने, संसद विघटन जायज कदम भन्दै पैरवी गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, प्रमको कदम गलत भन्दै सवोच्चमा रिट दायर गरेका वरिष्ठ अधिवक्ता

संसद् विघटन सही या गलत, सर्वोच्चमा बहस जारी युट्युबः संविधान नै हिजडा संविधान हो, विघटन ठीक संविधानको हत्या भयो

 

१२ जनवरी २०२१

राजेन्द्र गौतम, नेता ओली पक्ष विरोध खतिवडा, नेता प्रचण्ड नेपाल पक्ष

कस्तो बाध्यता हो जसले राजनीतिलाई रणमैदानमा परिणत गर्ने काम गर्‍यो ? युट्युब: प्रधानमन्त्रीले मतदातामाथि कुठाराघात गरे विघटन प्रधानमन्त्रीको बाध्यता हो, ओलीबाट देश र व्यवस्था दुवै चल्दैन

 

१४ जनवरी २०२१

लेखनाथ न्यौपाने, प्रचण्ड माधव पक्ष माधव ढुंगेल, ओली पक्ष

के साँच्चै आजको आवश्यकता चुनाव नै हो त ? युट्युबः झापाबाट जिते भन्दैमा ओली कसरी महत्त्वपूर्ण ? ढोका थुनेर चुटेपछि यस्तै हो

 

१७ जनवरी २०२१

तारानाथ रानाभाट, २०५६ सालका संसदका निर्वाचित सभामुख

जनताद्वारा छानिएकै प्रतिनिधिहरूको निशानामा बारम्बार संसद् किन परिरहेको छ ?

केपी ओलीले होइन, पर्दापछाडिको शक्तिले संसद् विघटन गर्‍यो

 

१९ जनवरी २०२१

डा रमेश ढुंगेल, विश्लेषक, इतिहास र संस्कृतिका अध्येता

नेपालमा विकसित भएका नयाँ राजनीतिक घटनाक्रम र राजनीतिक घटनाक्रमबारे बहस नयाँ नक्सा समेटिएका सबै पुस्तक जलाउनुपर्छ

 

२१ जनवरी २०२१

हितेन्द्र देव शाक्य, विद्युत् प्राधिकरणका कायममुकायम प्रबन्ध निर्देशक, प्रेमलाल महर्जन, उपभोक्ता अधिकारकर्मी,

के समस्या आइपर्‍यो जसले बिनाघोषणा अघोषित लोडसेडिङ फेस गर्नुपर्‍यो, युट्युब झ्याप्पझ्याप्प बत्ती किन जान्छ ? विद्युतका नयाँ हाकिम भन्छन्– कुलमान हुँदा पनि यस्तै थियो

 

२४ जनवरी २०२१

रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता, सरकारका पूर्वन्याधिवक्ता विष्णु भट्टराई, वरिष्ठ अधिवक्ता (यो संविधान मुलुकको हितमा छैन भनेर पैरवी गर्ने अधिवक्ता)

संसद् विघटनको राष्ट्रिय चासो नै बहसको विषय

१०

 

२६ जनवरी २०२१

मोहना अन्सारी, नागरिक आन्दोलन अगुवा, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोपाल खनाल, पत्रकार, गोरखापत्रका सल्लाहकार सम्पादक

पशुपतिमा प्रधानमन्त्री पुगे, कतै यो राजनीतिक दाउपेच त होइन ? नागरिक आन्दोलनमाथि लाठी किन ?

११

 

२८ जनवरी २०२१

ओमप्रकाश अर्याल, अधिवक्ता बाबुराम दाहाल, प्रधानमन्त्रीका कानुनी सल्लाहकार

प्रधानमन्त्रीले राज्यद्रोह गरेका छन्, कारबाही हुनुपर्छ

१२

 

३१ जनवरी २०२१

सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री नेकपा नेता (माधव–प्रचण्ड पक्ष)

नेकपाको आन्तरिक विवाद, पार्टी फुटको संघारमा  युट्युबः हाम्रो होइन, केपी ओलीको नाभी विदेशीसँग जोडिएको छ

१३

 

२ फेब्रुअरी २०२१

महेश बस्नेत, नेकपा नेता, ओलीपक्ष डा उद्धव प्याकुरेल, विश्लेषक

घोषणा गरिएको निर्वाचन हुन्छ हुँदैन ? युट्युबः प्रदेश खारेजको बहस निर्वाचन एजेन्डा हुन सक्छ

१४

 

४ फेब्रुअरी २०२१

रन्जित तामाङ, प्रचण्ड माधव पक्ष बचन सिंह, ओलीपक्ष

सत्ताको खिचातानीमा आमजनता किन ? युट्युबः हडतालको कारक ओली हुन्, प्रचण्डको पदलोलुपताले संकट निम्तियो

१५

 

७ फेब्रुअरी २०२१

योगेश भट्टराई, नेकपा नेता

नेकपाभित्रको आन्तरिक द्वन्द र अबको राजनीतिक एजेन्डा युट्युबः केपी ओलीमा कम्युनिस्टमा हुने चरित्र छैन,

१६

 

९ फेब्रुअरी २०२१

रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस

संसद् पुनर्स्थापना नभए, अदालतमाथि म प्रश्न गर्छु

१७

 

११ फेब्रुअरी २०२१

निरज आचार्य, प्रचण्ड माधव पक्षका नेता गोकुल घर्ती, ओलीपक्ष

बोलेको भरमा थुन्ने हो भने, ओलीको झ्यालखानाले पुग्दैन, राष्ट्रपतिको चरित्रहत्या सहन सकिन्न

१८

 

१४ फेब्रुअरी २०२१

नारायणकाजी श्रेष्ठ, नेता नेकपा

संविधान कानुनअनुसार नभए निर्वाचन आयोग मात्र होइन, जनताले सबै निकाय घेर्छन्

१९

 

१६ फेब्रुअरी २०२१

सुरेन्द्र भण्डारी, विश्लेषक, अधिवक्ता, अभियन्ता सुमन प्याकुरेल, ओलीपक्ष नेता

सबैले पद र सत्ताको लागि मरिहत्ते गरे, जनताको जीवन जहाँको त्यहीँ छ

२०

 

१८ फेब्रुअरी २०२१

डा रामशरण महत, नेता नेपाली कांग्रेस, पूर्वअर्थमन्त्री

पार्टीभित्रै एमसीसीको विरोध भएपछि ओलीले संसद् विघटन गरे,

२१

 

२१ फेब्रुअरी २०२१

नरेश शाही, प्रचण्ड माधव निकट राष्ट्रिय युवासंघ नेपालका महासचिव किरण पौडेल, ओली निकट राष्ट्रिय युवासंघ नेपालका सहअध्यक्ष

ओलीले भक्तजन बनाउँदै छन्, विरोधीलाई ठेगान लगाउन साइबर सेना बनाउँछौँ

२२

 

२५ फेब्रुअरी २०२१

विशाल भट्टराई, नेकपाका नेता एवं सांसद , ओलीनिकट

प्रचण्ड र माधव नेपाल प्रधानमन्त्रीको भीख माग्दै छन्,

२३

 

२८ फेब्रुअरी २०२१

शेरबहादुर तामाङ, नेकपा नेता, ओलीपक्ष प्रकाश रसाइली स्नेही, नेपाली कांग्रेसका नेता

ओलीलाई हटाएर देखाए भैगयो नि

२४

 

२ मार्च २०२१

लालबाबु पण्डित, नेकपा नेता एवं पूर्वमन्त्री, दुवै समूहमा नलागेका तटस्थ नेता

नेकपाभन्दा अर्को पार्टीलाई प्रधानमन्त्री बनाउन खोज्नेहरू तुच्छ स्वभाव भएका हुन्

२५

 

४ मार्च २०२१

रामप्रसाद सापकोटा दीपशिखा, प्रचण्ड माधव पक्ष माधव ढुंगेल, ओली पक्ष

अविश्वास पास भए प्रधानमन्त्री प्रतिपक्षमा बस्नुहुन्छ

२६

 

७ मार्च २०२१

उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिवक्ता, न्यायपरिषद्‌का पूर्वसदस्य

एमाले ब्युँतियो, सूर्य चिह्न ओलीको भयो

२७

 

९ मार्च २०२१

झलनाथ खनाल, नेता, एमाले

एमाले केपी ओलीको मात्रै होइन, अब हाम्रो भूमिका यस्तो हुन्छ

२८

 

११ मार्च २०२१

वर्षमान पुन, नेता नेकपा एमाओवादी

यस्तो बन्दै छ ओलीबाहेकको सत्ता गठबन्धन

२९

 

१४ मार्च २०२१

महेश बस्नेत, नेकपा नेता एवं सांसद

केपी ओलीलाई बिनासर्त नेता माने एमाले एकीकृत रहन्छ

३०

 

१७ मार्च २०२१

विष्णु पौडेल, अर्थमन्त्री

केपी ओलीको विकल्प चुनाव मात्रै हो

३१

 

१८ मार्च २०२१

महेन्द्र राय यादव, पूर्वमन्त्री, जसपाका वरिष्ठ नेता,

कांग्रेस माओवादी र जसपाबीच गठबन्धन बन्छ

३२

 

२१ मार्च २०२१

मोहन बस्नेत, नेता नेपाली कांग्रेस, पूर्वसन्चारमन्त्री

अन्योलताको निकास दिन कांग्रेस अघि बढ्छ

३३

 

२३ मार्च २०२१

सुरेन्द्र भण्डारी,डा. वरिष्ठ अधिवक्ता, विश्लेषक,

पार्टीहरू प्राइभेट कम्पनी हुन्, देशलाई ३१ वर्षसम्म लुटे

३४

 

२५ मार्च २०२१

लेखराज भट्ट, उद्योगवाणिज्य तथा आपूर्तिमन्त्री

माओवादी आन्दोलन प्रचण्डले कुहिएको फर्सी बनाएका हुन्

३५

 

२८ मार्च २०२१

भीम रावल, नेता नेकपा एमाले, माधव पक्ष

एमाले ओलीको प्राइभेट कम्पनी होइन, उनले छोड भन्दा छोड्नलाई

३६

 

३० मार्च २०२१

राजेन्द्र महतो, जसपाका वरिष्ठ नेता

महतोले बहसमै दिए चुनौती, पत्रकारसँग चर्काचर्की

महेन्द्र भट्टराईको कार्यक्रम न्यूज २४ को पछिल्ला ३६ वटा कार्यक्रमहरू हेर्ने हो भने प्राय:जसो कार्यक्रमहरूमा दुई जना अतिथिलाई वक्ताको रूपमा बोलाइएको छ । त्यसो हुँदा जम्मा ५३ जनाको उपस्थिति रहेको कार्यक्रममा सात जनजाति, चार मधेसी, दुई महिला र एक दलितको उपस्थिति देखिन्छ । 

लोडसेडिङ अन्त्य भइसकेपश्चात् पनि बीचमा झ्याप्पझ्याप्प बत्ती जाने अघोषित लोडसेडिङलाई लिएर एउटा बहसको कार्यक्रम राखिएको छ भने एमसीसी र जारी राजनीतिबारे एउटा बहस भएको पाइन्छ । २८ फेब्रुअरी २०२१ को कार्यक्रममा भने प्रकाश रसाइली स्नेहीलाई लिएर कार्यक्रमको सुरुवात गरेका उनको कार्यक्रमको त्यस दिनका अर्का अतिथि शेरबहादुर तामाङ रहेछन् जो कार्यक्रम सञ्चालन भएको निकै समयपछि मात्र आएका छन् । कार्यक्रम सञ्चालनको आठौँ मिनेटमा विश्राम लिएर रोहितले विश्रामपछि भने कार्यक्रममा शेरबहादुर तामाङसँग पनि कुरा गरेका छन् ।

महेन्द्र भट्टराईद्वारा सञ्चालित यस कार्यक्रमका पनि युट्युबमा बहसका शीर्षकहरू टीआरपीकै लागि मात्र राखिएको देख्न सकिन्छ । यहाँसम्म कि १० जनवरी २०२१ को कार्यक्रमको युट्युब शीर्षक हेर्ने हो भने टीआरपीका लागि पत्रकारिताको सामान्य आचारसंहितासमेत पालना नगरिएको देख्न सकिन्छ । संसद् विघटन ठीक या बेठीक भन्ने कुराका लागि विघटन ठीक भन्दै पैरवी गर्न आएका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले कार्यक्रमको १६ मिनेट ५६ सेकेन्डमा, संविधानलाई फरक लिङ्गीय पहिचान भएका व्यक्तिहरूमाथि कटाक्ष गर्ने शब्द प्रयोग गरेका छन् । सो शब्द प्रयोग गरेबापत कार्यक्रम सञ्चालक भट्टराईले अधिवक्ता न्यौपानेलाई माफी माग्न लगाएको समेत पाइँदैन भने उनीसँगै बहस गरिरहेका अर्का अधिवक्ता दिनेश त्रिपाठीले नै सो शब्दमा कुनै आपत्ति जनाएको पाइन्छ । बहस कार्यक्रमले त्यही शब्द राखेर नै युट्युबमा कार्यक्रमको शीर्षक राखेको छ । फरक लिङ्गीय पहिचान भएका व्यक्तिहरूको भावनामा चोट लाग्ने शब्द प्रयोग गरिनु र त्यसैलाई टीआरपीका खातिर कार्यक्रमकै शीर्षक राखिनुले पनि यी कार्यक्रमहरू कसका लागि हुन् भन्ने कुरामा स्पष्ट हुन सकिन्छ । महेन्द्र भट्टराईले पनि यी ३६ वटा कार्यक्रमहरूमध्ये कुनैमा पनि कोरोना कहरसँग सम्बन्धित बहस चलाएको पाइँदैन । 

०००

योहो टेलिभिजनमा जीवराम भण्डारीले चलाउने कार्यक्रम सत्य संवाद पनि मानिसहरूबीच लोकप्रिय छ । सत्यताको खोजी गर्ने सत्य संवादको डाटा हेरौँ:

तालिका नं. ९

क्र.सं.

टेलिभिजन/ कार्यक्रम/ प्रस्तोता

मिति

आमन्त्रित अतिथि

बहसको विषय

योहो टीभी/सत्य संवाद/जीवराम भण्डारी

५ अगस्ट २०२०

विष्णु रिमाल, प्रमका मुख्य सल्लाहकार

हाम्रै साथीहरूले ओलीलाई अर्को पटक पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न बाध्य पार्दै छन्

 

१२ अगस्ट २०२०

अष्टलक्ष्मी शाक्य, नेकपा नेता

माधव–प्रचण्डको अबको रणनीति के ? चैतमा पनि महाधिवेशन सम्भव छैन, ओलीले एक पद छाड्नैपर्छ

 

१९ अगस्ट २०२०

दमननाथ ढुंगाना, पूर्व सभामुख, वरिष्ठ अधिवक्ता, नेता नेपाली कांग्रेस

ओलीलाई देश चलाउन आफ्नै पार्टी घाँडो भयो, न्यायालय त झन् खत्तम भयो

 

२६ अगस्ट २०२०

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

भारतसँग लिपुलेक, कालापानी सीमाबारे वार्ता कहिले ? नेपालले कस्तो प्रमाण जुटाउँदै छ

 

२ सेप्टेम्बर २०२०

उपेन्द्र यादव, जसपा अध्यक्ष

कम्युनिस्ट राज्यमा स्वास्थ्यको व्यापार भयो, नेकपा सरकार पूर्ण असफल भयो

 

९ सेप्टेम्बर २०२०

दिलीपजंग रायमाझी, निवृत्त जनरल, नेपाली सेना

कालापानी मिचिएको सवालमा नेपाली सेनाले भारतीय सेनासँग के पहल गर्‍यो ?

 

१६ सेप्टेम्बर २०२०

भरत दाहाल, राजनीतिक विश्लेषक, लेखक

नेपालीको जिन नै विदेशीको नियन्त्रणमा पुर्‍याउने

 

२३ सेप्टेम्बर २०२०

प्रदीप गिरी, नेता नेपाली कांग्रेस

राजतन्त्र, लोकतन्त्र र गणतन्त्रले जनतालाई दिक्क बनायो

 

३० सेप्टेम्बर २०२०

झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा

केपी ओलीलाई झलनाथ खनालको प्रश्न, देशलाई कता लैजान खोज्दै हुनुहुन्छ

१०

 

७ अक्टोबर २०२०

सागरशमशेर जबरा, चन्द्रशमशेर, सिंहदरबार उहाँको पूर्वजले बनाएका थिए, बबर शमशेर जबराको नाती (बबरमहल बनाउने)

बीपीको कांग्रेससँग आजको कांग्रेसको तुलना हुँदैन, नेताको जीवनस्तर र जनता देख्दा आँसु आउँछ

११

 

१४ अक्टोबर २०२०

मोहन वैद्य किरण, नेकपा क्रान्किारी माओवादी, महासचिव

ओलीलाई तर्साउन मात्रै प्रचण्डले विप्लव र मेरो नाम जोडिरहेका छन्, प्रचण्ड र बाबुराम उस्तै हुन्

१२

 

२१ अक्टोबर २०२०

हरि रोक्का, राजनीतिक अर्थशास्त्री

ओली असफल भए, नेकपाले विकल्प नखोजे, फाल्गुन चैतमा आँधीहुरी आउन सक्छ

१३

 

२८ अक्टोबर २०२०

रुकमांगत कटुवाल, नेपाली सेनाका पूर्वप्रधानसेनापति

रअको भ्रमणपछि नरवणे ओली नाडी छाम्न नेपाल आउँदै छन्, देशमा जुनसुकै बेला जे पनि हुन सक्छ

१४

 

०४ नोभेम्बर २०२०

सीपी मैनाली, महासचिव, नेकपा माले

ओली रअकै मान्छे हुन्, अब लिपुलेक र कालापानीको जमिन भारतसँग आधा–आधा गर्छन्

१५

 

११ अक्टोबर २०२०

नारायणमान बिजुक्छे रोहित, नेमकिपा अध्यक्ष

भारतले भनेको नमाने, प्रचण्ड बाबुरामको ज्यान जान्छ, ओली प्रचण्डलाई विदेशले जुधाउँदै

१६

 

१८ नोभेम्बर २०२०

मनीषा कोइराला, अभिनेत्री

कम्युनिस्ट, कांग्रेस र राजावादीभन्दा देश र जनता ठूलो हो

१७

 

२५ नोभेम्बर २०२०

विवेक शाह, प्रमुख सैनिक सचिव, राजदरबार

समस्या नेपालमा छ, समाधान काठमाडौंमा हैन, दिल्लीमा छ

१८

 

२ डिसेम्बर २०२०

राधाकृष्ण मैनाली, वरिष्ठ वामपन्थी नेता 

ओलीले सत्ता नछोडे सडक झन् तात्छ, ओलीलाई कारबाही गर्ने माधव प्रचण्डको हिम्मत छैन

१९

 

९ डिसेम्बर २०२०

शंकर पोखरेल, मुख्यमन्त्री लुम्बिनी प्रदेश

ओलीलाई फौजदारी अभियोग लगाउने प्रचण्ड को हो ? पार्टीमा ठूला नेता धेरै हुँदा संकट आयो

२०

 

१५ डिसेम्बर २०२०

माधव कुमार नेपाल, वरिष्ठ नेता नेकपा

पार्टी मृत अवस्थामा पुग्न लाग्यो, ओली सक्ने मेरो योजना होइन

२१

 

१६ डिसेम्बर २०२०

बाबुराम भट्टराई, नेता जसपा

नेकपा र ओलीको विकल्प नखोजे गणतन्त्र धरापमा पर्छ, ओलीको चुनौती राजावादी हैन, ओली नै हुन्

२२

 

२३ डिसेम्बर २०२०

केपी शर्मा ओली, प्रधानमन्त्री

पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रम केपी शर्मा ओलीसँग अन्तर्वार्ता

२३

 

३० डिसेम्बर २०२०

राम कार्की, नेकपा नेता

ओली र प्रचण्डले गुँड नै भत्काए, जनता सडकमा आए, नेता मात्र होइन व्यवस्था नै बढारिन्छ

२४

 

६ जनवरी २०२१

भीम रावल, नेता नेकपा

नेकपा ओली कम्पनी होइन, अदालत र निर्वाचन आयोगको फैसलापछि ओलीको बोली बन्द हुन्छ

२५

 

१३ जनवरी २०२१

विश्वप्रकाश शर्मा, प्रवक्ता नेपाली कांग्रेस

ओली र प्रचण्डको भ्रमवाद चिर्दै संविधान रक्षा गर्न अब कांग्रेस एक्सनमा जान्छ

२६

 

२० जनवरी २०२१

भोजराज पोखरेल, पूर्वप्रमुख निर्वाचन आयुक्त

सत्ता कब्जा गर्न खोजेर ओली प्रचण्डले मुलुकमाथि पाप गरे, यही निर्वाचन प्रणालीले व्यवस्था टिक्दैन

२७

 

२७ जनवरी २०२१

कल्याण श्रेष्ठ, पूर्व प्रधानन्यायाधीश

सत्ताका लागि व्यवस्थामाथि प्रहार भयो, संविधान नजोगाए देशले नसोचेको परिणाम भोग्नुपर्छ

२८

 

३ फेब्रुअरी २०२१

रामबहादुर थापा बादल, गृहमन्त्री

गणतन्त्रविरोधीहरूबाट देशलाई खतरा छ, ओलीको नयाँ कम्युनिस्ट बाटोमा विप्लव र बाबुरामलाई स्वागत

२९

 

७ फेबु्रअरी २०२१

पुष्पकमल दाहाल प्रचण्ड, नेकपा अध्यक्ष

ताजा राजनीतिक घटनाक्रमबारे नेकपा अध्यक्ष प्रचण्ड

३०

 

११ फेब्रुअरी २०२१

मोहनविक्रम सिंह, नेकपा मसालका महामन्त्री

चाँडै ओलीमाथि प्रचण्ड माधवले जित्छन्, हिन्दु धर्म र राजसंस्था फर्काउन खोजे समाप्त हुन्छन्

३१

 

२४ फेब्रअरी २०२१

प्रा. डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ता

ओलीले संकटकाल लगाए देशमा मुठभेट, प्रचण्ड देउवा पनि जनताले रोजेको प्रधानमन्त्री होइन

३२

 

३ मार्च २०२१

शंकर पोखरेल, लुम्बिनी प्रदेश मुख्यमन्त्री, नेकपा नेता, ओलीपक्ष

कम्युनिस्ट सांसदले देउवालाई भोट हाल्नुपरे नेकपा मिल्छ, सभामुखले चाँहदैमा ओलीको हार हुन्न

३३

 

१० मार्च २०२१

गगन थापा, नेता नेपाली कांग्रेस

ओलीको स्तर नै भएन, कांग्रेसकै नेतृत्वमा सरकार बनाएर अर्ली निर्वाचनमा जाँऔँ

३४

 

१७ मार्च २०२१

ईश्वर पोखरेल, उपप्रधानमन्त्री

ओली जस्तोसुकै परिस्थिति पनि सामना गर्न तयार छन्, अन्तत: ओलीकै नेतृत्वमा देश चुनावमा जाँदै छ

३५

 

२४ मार्च २०२१

नेत्रविक्रम चन्द बिप्लव, महासचिव नेकपा

सार्वजनिक भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे विप्लवको पहिलो अन्तर्वार्ता

३६

 

३१ मार्च २०२१

प्रा कृष्ण खनाल, समाजशास्त्री

नालायक ओली हटाउन नसके प्रचण्ड–देउवा पनि नालायक नै हुन्छन्, मोदीकै भरमा ओली सत्तामा

मार्च २०२१ को अन्तिमसम्मको कार्यक्रम हेर्ने हो भने सत्य संवादका ३६ वटा कार्यक्रममा चार जनजाति, एक मधेसी र दुई जना महिलालाई कार्यक्रममा अतिथिको रूपमा बोलाएको देख्न सकिन्छ । कार्यक्रममा दलितको उपस्थिति देखिँदैन भने पाँचवटा कार्यक्रम नेपाल–भारत सम्बन्धमाथि चलाएको देख्न सकिन्छ ।

प्रधानमन्त्री ओलीसँग संवाद गर्न रुचाउने हरेकजसो टेलिभिजन च्यानलहरूका बीचमा जीवराम भण्डारी पछि परेका छैनन् । उनले पनि आफ्नो कार्यक्रममा ओलीलाई अतिथि बनाएको देख्न सकिन्छ । नेत्रविक्रम चन्द विप्लवले आफ्नो राजनीतिक धार परिवर्तन गरेपछि, एक मात्र कार्यक्रम जीवराम भण्डारीसँगै गरेको देखिन्छ । अन्य कार्यक्रमहरूजस्तै उनले पनि ३६ वटा कार्यक्रममा कुनै पनि कार्यक्रम कोरोनासँग सम्बन्धित भएर गरेको पाइँदैन । 

०००

इमेज टेलिभिजनको कार्यक्रम हट सिट पनि अरु कार्यक्रमहरूभन्दा फरक देखिँदैन । डाटा हेरौँ:

तालिका नं. १०

क्र.सं.

टेलिभिजन/ कार्यक्रम/ प्रस्तोता

मिति

आमन्त्रित अतिथि

बहसको विषय

इमेज/ हट सिट/ जगदीश खरेल

१६ जुलाई २०२०

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

नेकपा विवाद यसरी टुंगिँदै छ

 

२४ जुलाई २०२०

सूर्यनाथ उपाध्याय, पूर्वप्रशासक

केपी ओलीले ५ वर्ष पूरै सरकारको नेतृत्व गर्नुहुनेछ

 

३० जुलाई २०२०

सुनीलबहादुर थापा, पूर्वमन्त्री

भविष्यमा कांग्रेस सभापति/प्रधानमन्त्री सूर्यबहादुर थापा (बुबा) राप्रपा छोड्दा यस कारण भावुक बने

 

६ अगस्ट २०२०

राधेस पन्त, पूर्वप्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड

वर्तमान सीईओ सुशील भट्टको पक्षमा पूर्वसीईओ राधेश पन्त

 

१४ अगस्ट २०२०

खगराज अधिकारी, पूर्वस्वास्थ्यमन्त्री, नेकपा नेता

नेकपाको राजनीतिक अन्योल तथा कोरोना नियन्त्रणमा सरकारले चालेको कदम

 

२० अगस्ट २०२०

गोकुल बाँस्कोटा, नेता नेकपा

महाअधिवेशनअघि अहिले नै प्रचण्डलाई अध्यक्षको तमसुक गर्न सकिँदैन

 

३ सेप्टेम्बर २०२०

डा प्रकाशशरण महत, नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा. गंगालाल तुलाधर, विपद् व्यवस्थापनविज्ञ, नेकपा नेता, पूर्वमन्त्री

कोरोनाबाट जीवन र अर्थतन्त्र दुवै बचाउनुपर्छ

 

१० सेप्टेम्बर २०२०

रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस

देउवामाथि पौडेलको आक्रोश, भाले मौरी बन्न नखोज्नुस्, भाग्यले सधैँँ सत्ता र शक्तिमा पुगिँदैन

 

१७ सेप्टेम्बर २०२०

विष्णु पौडेल, महासचिव, नेकपा

नेकपामा कार्यकारी अभ्यास, प्रधानमन्त्री ओली पेरिसडाँडा बैठकमा जालान्

१०

 

२४ सेप्टेम्बर २०२०

पशुपतिशमशेर राणा, अध्यक्ष, राप्रपा

ज्ञानेन्द्र पारस वा ह्रृदयेन्द्रमध्य एक यसरी बन्नेछन् राजा

११

 

१ अक्टोबर २०२०

प्रकाशशरण महत, सहमहामन्त्री, नेपाली कांग्रेस

म पनि सभापतिका लागि योग्य छु

१२

 

९ अक्टोबर २०२०

माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा

नेकपाको आगामी महाअधिवेशन, अन्तिम पटक म अध्यक्षमा उठ्ने सम्भावना छ

१३

 

१५ अक्टोबर २०२०

डा चन्द्र भण्डारी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

चन्द्र भण्डारीको दावीः कांग्रेसमा अबको सभापति म वा अरु कोही तर देउवा पौडेल होइन

१४

 

२२ अक्टोबर २०२०

डा शरद वन्त, जनस्वास्थ्यविद्

कोरोना महामारीको बीचमा चाडपर्व र अपनाउनुपर्ने सावधानीबारे

१५

 

२९ अक्टोबर २०२०

डा. राजन भट्टराई, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार

भारतीय रअ प्रमुखलाई केपी ओलीले मात्र होइन, अरु धेरै नेताले भेटेका छन्

१६

 

०५ नोभेम्बर २०२०

नारायणकाजी श्रेष्ठ, प्रवक्ता, नेकपा

विभाजनको बाटोमा नेकपा

१७

 

१२ नोभेम्बर २०२०

ईश्वर पोखरेल, उपप्रधानमन्त्री

नेकपा विवाद अब प्रचण्डले पनि जवाफ दिनुपर्छ

१८

 

१९ नोभेम्बर २०२०

गगन थापा, पूर्व स्वास्थ्यमन्त्री, नेता नेपाली कांग्रेस

ओली र प्रचण्ड दुवैसँग हिसाबकिताब मागिन्छ

१९

 

२६ नोभेम्बर २०२०

प्रा. डा. खड्ग केसी, परराष्ट्रविद्

विदेश नीतिमा हाम्रा नेताहरू इमानदार भएनन्

२०

 

३ डिसेम्बर २०२०

डा. भीम रावल, नेकपा नेता

राजतन्त्रको समर्थनमा भैरहेको प्रदशनले गम्भीर संकेत गर्छ

२१

 

१० डिसेम्बर २०२०

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

नयाँ परराष्ट्रनीतिमा सबैको अपनत्व होला त ?

२२

 

१७ डिसेम्बर २०२०

कमल थापा, अध्यक्ष, राप्रपा

राजाको सक्रियतको खोजी... मैले भने– अब राजा सक्रिय हुनुपर्‍यो

२३

 

२४ डिसेम्बर २०२०

रामवरण यादव, प्रथम राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीको क्रियाकलापले मलाई गहिरो चोट लागेको छ

२४

 

३१ डिसेम्बर २०२०

शेरधन राई, नेकपा नेता, मुख्यमन्त्री प्रदेश १

शेरधनलाई सकस, अब मुख्यमन्त्री के होला ?

२५

 

७ जनवरी २०२१

शुशीला कार्की, पूर्व प्रधानन्यायाधीश

विश्वास गर्नुस्, संसद् पुनर्स्थापना हुन्छ.. प्रधानन्यायाधीशले चाहे १५ दिनभित्र फैसला सम्भव छ

२६

 

१४ जनवरी २०२१

विमलेन्द्र निधि, उपसभापति, नेपाली कांग्रेस

संकटमा संसद्, कांग्रेसको निशाना कता ? सरकार वा संसद्

२७

 

२१ जनवरी २०२१

प्रा. डा. युवराज संग्रौला, संविधानविद्

संविधानमाथि प्रहार भयो, मुलुक गम्भीर संकटमा

२८

 

२८ जनवरी २०२१

बामदेव गौतम, उपाध्यक्ष, नेकपा

ओलीले भनेको प्रचण्डले मान्नुपर्थ्यो, पार्टी एकता जोगिन्थ्यो

२९

 

४ फेब्रुअरी २०२१

प्रचण्ड, पूर्वप्रम एवं अध्यक्ष, नेकपा

धेरै धोका पाएँ, केपी ओली र मेरो अब कहिल्यै मिलन हुँदैन

३०

 

११ फेब्रुअरी २०२१

भोजराज पोखरेल, पूर्वप्रमुख निर्वाचन आयुक्त

वैशाखमा निर्वाचन सम्भव छैन, मुलुक अँध्यारो सुरुङभित्र पस्यो

३१

 

१८ फेब्रुअरी २०२१

कुलमान घिसिङ, पूर्वकार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

अब राजनीतिमा प्रवेश गर्नेबारे कुलमान घिसिङ भन्छन् – परिस्थिति हेरेर निर्णय गर्छु

३२

 

२५ फेब्रुअरी २०२१

ईश्वर पोखरेल, नेकपा एमाले नेता

दोहोर्‍याएर रेकर्ड गर्नुस्, अबको प्रधानमन्त्री फेरि पनि केपी ओली

३३

 

४ मार्च २०२१

सीपी गजुरेल

बिप्लवको अबको राजनीतिक यात्रा झन् कठिन छ, धेरै प्रश्नहरूको उत्तर दिनुपर्नेछ

३४

 

११ मार्च २०२१

विष्णु पौडेल, अर्थमन्त्री, नेकपा नेता

अबको राजनीतिक विकल्प, तत्काल चुनाव ... वा अझै दुई वर्ष ओलीको कार्यकाल

३५

 

१८ मार्च २०२१

योगेश भट्टराई, नेकपा नेता

मैले केपी ओली रोएको देखेको छु, उहाँको मन कोमल छ

३६

 

२५ मार्च २०२१

सुवास नेम्बाङ, पूर्वसभामुख, नेकपा नेता

पहिले सरकारको टुंगो लाग्छ, त्यसपछि मात्रै संसद् सहज हुन्छ

जगदीश खरेलद्वारा सञ्चालित हट सिटका मार्च २०२१ सम्मका ३६ वटा कार्यक्रमका ३७ अतिथिमध्ये पाँच जनजाति, दुई मधेसी र एक महिलाको उपस्थिति देखिन्छ भने दलित र अन्य समुदायको उपस्थिति शून्य देखिन्छ । अर्थसँग सम्बन्धित एउटा कार्यक्रम चलाएको हट सिटले नेपाल–भारत सम्बन्ध र परराष्ट्र नीतिसँग सम्बन्धित तीनवटा कार्यक्रम, लोडसेडिङसँग सम्बन्धित एउटा र कोरोनासँग सम्बन्धित दुईवटा कार्यक्रम बनाएको देखिन्छ ।

पूर्वस्वास्थ्यमन्त्रीहरूलाई बोलाएको कार्यक्रममा समेत, नेकपाकै किचलोका बारेमा बहस भएको छ । माथि उल्लिखित अरु कार्यक्रमहरूको हकमा पनि नेकपाको किचलोबारे नै कुरा गरेर समय कटाइएको देख्न सकिन्छ । 

०००

आमनेपाली जनताले एकदमै रुचाएको कार्यक्रम फायर साइड, भूषण दाहालले छोडेपछि अहिले कान्तिपुरमा रुपेश श्रेष्ठले चलाइरहेका छन् । मार्च २०२१ सम्मको उनको कार्यक्रमको डाटा हेरौँ:

तालिका नं. ११

क्र.सं.

टेलिभिजन/ कार्यक्रम/ प्रस्तोता

मिति

आमन्त्रित अतिथि

बहसको विषय

कान्तिपुर/ फायर साइड/ रूपेश

२० जुलाई २०२०

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

छिमेकी मुलुकहरूसँगको कूटनीतिक सम्बन्धमा नेपाल कति सफल कति असफल ?

 

२७ जुलाई २०२०

अग्नि प्रसाद सापकोटा, संघीय संसदका समामुख

देश एकातर्फ, महामारी अर्कोतर्फ, सत्तारुढ दलको सत्तासंघर्षमा पिल्सिएका बेला, जनप्रतिनिधिको सर्वोच्च संसद् किन भयो भूमिकाविहीन ?

 

३ अगस्ट २०२०

बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री, नयाँ शक्ति पार्टी

नेपालीहरूले सुन्ने मात्र गरेको, तर पाउन नसकेको विकास र समृद्धिको चाहना, अथक प्रयासपछिको संविधान र भट्टराईको नयाँ शक्ति पार्टी

 

१० अगस्ट २०२०

शशांक कोइराला, महामन्त्री नेपाली कांग्रेस

जनताले प्रतिपक्षको भूमिका निर्वाह गर्ने दायित्व सुम्पिएको नेपाली कांग्रेस कहाँ अलमलिएको छ

 

१७ अगस्ट २०२०

प्रोफेसर कृष्ण खनाल, राजनीतिक विश्लेषक

राजनीतिक स्थिरता के एउटा सरकारको निरन्तरता मात्रै हो, वा सुशासन, जनताप्रतिको उत्तरदायित्व र जवाफदेहिता पनि राजनीतिक स्थिरताको मानक हो ?

 

२४ अगस्ट २०२०

ईश्वर पोखरेल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री

सरकारले हरसम्भव प्रयत्न गरेको दावी गरिरहँदा पनि कोरोना महामारी नियन्त्रणमा कहाँ भयो कमजोरी ?

 

३१ अगस्ट २०२०

योगेश भट्टराई, पर्यटनमन्त्री

लगातारको लकडाउन र निषेधाज्ञाका बीच महामारीसँग नेपालले कति जित हासिल गर्‍यो, कति हार, परिस्थिति काबुबाहिर जाने संकेत देखिइरहेका बेला आगामी रणनीति के ? निजीक्षेत्रले धानेको पर्यटनलाई सरकारले जोगाउँछ कसरी ?

 

७ सेप्टेम्बर २०२०

महेस आचार्य, पूर्वअर्थमन्त्री, नेता नेपाली कांग्रेस

सुविधाजनक बहुमतसहितको सरकार हुँदा पनि मुलुकको अर्थतन्त्र अपेक्षाकृत किन उकालो लाग्न सकेन ?

 

१४ सेप्टेम्बर २०२०

माधवकुमार नेपाल, नेकपा नेता, पूर्वप्रधानमन्त्री

सम्पूर्ण विश्वसँगै महामारीमा देश फसिरहेको बेला, यो संकटबाट मोचन गर्न दिलोज्यान लगाएर लाग्नुपर्ने सत्तारुढ दल नेकपा आफैँ लामो समयको बिमारीबाट कति तंग्रियो कति तंग्रिन बाँकी

१०

 

२१ सेप्टेम्बर २०२०

अनुपराज शर्मा, अध्यक्ष, मानवअधिकार आयोग

संविधानमा लेखिएका अक्षरहरू आफैँ जीवन्त हुन्छन् वा शासनसत्ताको बाटो सम्हाल्नेहरूले त्यसमा जीवन भर्नुपर्छ

११

 

२८ सेप्टेम्बर २०२०

उपेन्द्र यादव, सभापति जनता समाजवादी पार्टी

संकटका बेला पनि सरकारको ध्यान जनतामा भन्दा पनि सत्ता राजनीतिमा किन बढी ?

१२

 

५ अक्टोबर २०२०

कृष्ण पहाडी, मानवअधिकारवादी

लोकतन्त्रमा नागरिक आवाजहरूलाई बारम्बार दबाउने काम किन र कसले गरिरहेको छ ?

१३

 

१२ अक्टोबर २०२०

शंकर पोखरेल, मुख्यमन्त्री, लुम्बिनी प्रदेश

प्रदेशको राजधानी राजनीति

१४

 

१९ अक्टोबर २०२०

रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस

नेपालको सबैभन्दा पुरानो नेपाली कांग्रेसको १४ औ महाधिवेशन र त्यसको सत्ताप्राप्तिका लागि भएको दौडधुप

१५

 

२६ अक्टोबर २०२०

गौरी मल्ल, नायिका

चलचित्रको पर्दामा नायक वा नायिकाको भूमिका गर्नेहरू वास्तविक जीवनमा पनि नायक बन्न सक्छन् ?

१६

 

०२ नोभेम्बर २०२०

भीम रावल, नेकपा नेता

राजनीतिक स्थिरता र विकासको नारा लिएर सत्तामा आएको नेकपाका लागि दुईतिहाइनजिकको जनमत के अब थेग्न कठिन बन्दै गएको हो ?

१७

 

०९ नोभेम्बर २०२०

पृथ्वीसुब्बा गुरुङ, मुख्यमन्त्री, गण्डकी प्रदेश

राजनीतिक स्थिरताको नारा दिएर सत्तारोहण गरेकै दलभित्रको राजनीति किन यत्ति अस्थिर ?

१८

 

२३ नोभेम्बर २०२०

विष्णु पौडेल, अर्थमन्त्री

महामारीपछि थप अस्तव्यस्त भएको नेपाली अर्थतन्त्रको सुधार कसरी सम्भव छ ?

१९

 

३० नोभेम्बर २०२०

जनार्दन शर्मा, नेकपा नेता

सत्तासीन दलभित्रको उदेकलाग्दो विवादको शृंखला अझै कति चल्ने हो ?

२०

 

७ डिसेम्बर २०२०

डा मिनेन्द्र रिजाल, नेता, नेपाली कांग्रेस

सत्तापक्ष होस् वा प्रतिपक्ष, तिनको नेतृत्वको सत्ताका लागि मात्र अपनाइरहेको हतकण्डाले राजनीतिक स्थिरता दिइरहेको छ वा थप अस्थिर राजनीतिको मार्ग अपनाइरहेको छ ?

२१

 

१४ डिसेम्बर २०२०

विमलेन्द्र निधि, उपसभापति नेपाली कांग्रेस

घट्दो मौसमी तापक्रमका बीच बढ्दो राजनीतिक गर्मागर्मीको संकेत के हो ?

२२

 

२१ डिसेम्बर २०२०

घनश्याम भुसाल, नेता नेकपा

सरकार, सरकार चलाइरहेको दल, र संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य के हुन्छ ?

२३

 

२८ डिसेम्बर २०२०

प्रचण्ड, नेकपा अध्यक्ष

के जनताको संघर्षको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणत्रन्तात्मक व्यवस्था फेरि संकटमा परेको हो ?

२४

 

४ जनवरी २०२१

कृष्ण सिटौला, नेता, नेपाली कांग्रेस

सत्तारुढ दलभित्रको विवादले आज प्रतिनिधिसभा मृत अवस्थामा छ, सरकारको भविष्य अन्योलमा छ, संविधानसभाबाट संविधान जारी भएसँगै स्थिरतातर्फ गएको भनिएको राजनीति के फेरि अस्थिरताको पुरानै दलदलमा फसेको हो ?

२५

 

११ जनवरी २०२१

महेश बस्नेत, नेता, ओलीपक्ष

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि बनेको अपार जनसमर्थन प्राप्त पहिलो सरकारले कार्यकाल नै पूरा नगरी किन गर्नुपर्‍यो प्रतिनिधिसभा विघटन

२६

 

१८ जनवरी २०२१

प्रदीप ज्ञवाली, पर्यटनमन्त्री

आन्तरिक राजनीति खलबलिएको र शक्ति राष्ट्रहरूको चासो चुलिएको बेला, परराष्ट्रमन्त्रीको भारत भ्रमण निरन्तरताकै शृंखला हो या नयाँ आयामको सुरुवात

२७

 

२५ जनवरी २०२१

भोजराज पोखरेल, पूर्वप्रमुख निर्वाचन आयुक्त

नेपालमा किन पटकपटक किन शाषकबाटै संविधानमा खतरा भइरहेको छ ?

२८

 

१ फेब्रुअरी २०२१

कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता

उन्नत व्यवस्थासँगै राजनीतिक स्थिरता र समृद्ध मुलुकको नागरिकको खाली मृगतृष्णा मात्रै किन बनिरहेको छ ?

२९

 

८ फेबु्रअरी २०२१

दिनेश प्रसाईं, समाजशास्त्री

सात दशकदेखि नेपाली राजनीतिको हलो किन एकैठाँउ अड्किएको छ ?

३०

 

१५ फेब्रुअरी २०२१

तुलानारायण शाह, विश्लेषक

देशमा व्यवस्था नै संघीय लोकतान्त्रिक गणतन्त्र हुँदासमेत लोकतन्त्रका लागि भएका संघर्षहरूले परिणाममा लोकतन्त्र किन स्थापित गर्न सकेन

३१

 

२२ फेब्रअरी २०२१

सन्दीप लामिछाने, क्रिकेट खेलाडी

समसामयिक बहसबाट बाहिर निस्केर, सफलताको यात्रा

३२

 

१ मार्च २०२१

माधवकुमार नेपाल, अध्यक्ष, दाहाल–नेपाल समूह

प्रनिनिधिसभापछिको नेपाली राजनीति अब कता जाँदै छ ?

३३

 

८ मार्च २०२१

पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता

के नेपाली राजनीति, राजनीतिक र कानुनी उल्झनमा फस्दै गएको हो ?

३४

 

१५ मार्च २०२१

राजेन्द्र महतो, वरिष्ठ नेता, जनता समाजवादी

नयाँ सत्ता समीकरणको तीव्र बनेको दौडधुपले साँच्चै नेकपा एमाले नेतृत्वको सरकार बदल्छ

३५

 

२२ मार्च २०२१

आहुति, राजनीतिक विश्लेषक

सत्ता र सदनदेखि सडक र संघर्षमा यतिबेला कम्युनिस्टहरू नै हावी छन्, तर नागरिकका पक्षमा नतिजा हासिल किन हुन सकिरहेको छैन ?

३६

 

२९ मार्च २०२१

सुरेन्द्र पाण्डे, नेता, नेकपा एमाले

देशकै ठूलो कम्युनिस्ट पार्टी नेकपा एमालेको नेतृत्वले के अब एमालेलाई एकतावद्ध राख्न सफल होला ?

रुपेश श्रेष्ठ मात्रै एक जना त्यस्ता व्यक्ति हुन्, जसले यी सम्पूर्ण टेलिभिजन च्यानलका प्राइम टाइम बहसका कार्यक्रमहरूमा आदिवासी जनजातिको प्रतिनिधित्व गर्छन् । उनका यी ३६ वटा कार्यक्रमको तथ्यांक हेर्ने हो भने उनले तीन जनजाति, दुई मधेसी, एक महिला र एक दलितलाई आफ्नो कार्यक्रममा अतिथिको रूपमा बोलाएका छन् । अरु सबैभन्दा फरक फिल्मीक्षेत्रबारे रुपेशले एउटा कार्यक्रम बनाएका छन् भने नेपालमा पछिल्लो समय एकदमै चर्चित भइरहेको खेल क्रिकेट र चर्चामा रहेका खेलाडी सन्दीप लामिछानेलाई लिएर एउटा कार्यक्रम बनाएको पाइन्छ ।

कोरोनाबारे दुईवटा कार्यक्रम तयार गरेका रुपेश श्रेष्ठले त्यसमध्येको एउटा कार्यक्रममा नेपालको पर्यटन र अर्को कार्यक्रममा कोरोनाकै कारणले थला परेको देशको अर्थतन्त्रबारे पनि कुरा गरेको पाइन्छ । परराष्ट्रमन्त्रीसँगको कार्यक्रममा उनले पनि अधिकांश समय नेकपाकै किचलोका बारेमा कुरा गरेका छन् ।

०००

कान्तिपुर टेलिभिजनमै प्रसारण हुने बहसको अर्को कार्यक्रम हो सरोकार, जसका प्रस्तोता हुन् निमेश बन्जाडे । मार्च २०२१ सम्मको उनका पछिल्ला ३६ वटा कार्यक्रम हेर्ने हो भने उनले ८४ जना अतिथिलाई निम्त्याएका रहेछन् । डाटा हेरौँ:

तालिका नं. १२

क्र.सं.

टेलिभिजन /कार्यक्रम/ प्रस्तोता

मिति

आमन्त्रित अतिथि

बहसको विषय

कान्तिपुर/ सरोकार/ निमेश बन्जाडे

२३ जुन २०२०

देवेन्द्र पौडेल, नेकपा सांसद राजकिशोर यादव, राजपा सांसद

आवासीय परिचयपत्रले पनि सकिएन नागरिकता विवाद

 

३० जुन २०२०

लेखनाथ न्यौपाने, नेकपा नेता, प्रदीप पौडेल, नेपाली कांग्रेस, श्याम श्रेष्ठ, राजनीतिक विश्लेषक

सरकारमा पुग्ने दलमा किन सधैँँ विवाद

 

०७ जुलाई २०२०

लोकराज बराल, भारतका लागि पूर्व नेपाली राजदूत, टंक कार्की, चीनका लागि पूर्वनेपाली राजदूत

नेपालको राजनीतिमा चीनको माइक्रो म्यानेजमेन्ट

 

१४ जुलाई २०२०

युवराज घिमिरे, लामो समय भारतमै बसेर पत्रकारिता गरेका पत्रकार, तारानाथ दाहाल, नेपाल पत्रकार महासंघका पूर्वसभापति, सुधांशु दाहाल, केयूमा प्राध्यापनरत, सञ्चारविज्ञ

भारतीय मिडिया युद्ध उन्मादबाट प्रभावित छन्

 

२१ जुलाई २०२०

दीपक शर्मा, शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता, कर्ण शाही, एन प्याब्सनका प्रमुख सल्लाहकार केशव पुरी, अभिभावक संघ नेपालका अध्यक्ष

संशयमा शैक्षिकसत्र, पीडामा अभिभावक, रनभुल्ल सरकार

 

२८ जुलाई २०२०

रामकुमारी झाँक्री, नेकपा नेता लालबाबु यादव, राष्ट्रपतिका सल्लाहकार अधिवक्ता हर्क रावल, संवैधानिक कानुनका जानकार

विवाद मिलाउन राष्ट्रपतिकोमा जाने ओली – प्रचण्ड असक्षम हुन्

 

११ अगस्ट २०२०

खगराज अधिकारी, नेकपा नेता पूर्वस्वास्थ्यमन्त्री गगन थापा, नेपाली कांग्रेसका नेता पूर्वस्वास्थ्यमन्त्री

आइसोलेसन, आईसीयू कि राममन्दिर

 

१८ अगस्ट २०२०

विद्यासुन्दर शाक्य, काठमाडौंका मेयर, विजय सरावगी वीरगंजका मेयर, भीम पराजुली, विराटनगरका मेयर

मेयरहरू भन्छन्– यस्तै हो भने कोरोना नियन्त्रण गर्न सकिँदैन

 

२५ अगस्ट २०२०

डा जागेश्वर गौतम, स्वास्थ्य मन्त्रालयका प्रवक्ता

प्रा. डा. जगदीशप्रसाद अग्रवाल, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डिन रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद्

संक्रमित घरमा, सरकार आइसोलेसनमा

१०

 

०१ सेप्टेम्बर २०२०

डा प्रमेशसुन्दर श्रेष्ठ, त्रिवि शिक्षक अस्पतालका सहप्रध्यापक, आईसीयू विशेषज्ञ

नर्स पूर्णा थापा, वीर अस्पतालमा कोभिड का बिरामी उपचारमा संलग्न

डाक्टर नर्स भन्छन् – माया नगरे पनि घृणा नगर्नुहोस्

११

 

०८ सेप्टेम्बर २०२०

बलराम बाँस्कोटा, नेकपा नेता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता

दुई अध्यक्षले नै वामदेवको महत्त्वाकांक्षा बढाइदिएका हुन्

१२

 

१५ सेप्टेम्बर २०२०

चित्रबहादुर केसी, राष्ट्रिय जनमोर्चा अध्यक्ष वेदप्रसाद शिवाकोटी, अख्तियार पूर्वआयुक्त ओमप्रकाश अर्याल, अधिवक्ता

कार्यकारीको छायामा अख्तियार, बन्यो स्वार्थपूर्तिको हतियार

१३

 

२२ सेप्टेम्बर २०२०

रामनारायण बिडारी, राष्ट्रियसभा सदस्य रमेश लेखक, नेपाली कांग्रेसका नेता

आमूल परिवर्तनका कुरा, जनताका सपना सधैँँ अधुरा

१४

 

२९ सेप्टेम्बर २०२०

दीपकप्रकाश भट्ट, प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य

पुण्यप्रसाद ओली, नापी विभागका पूर्वमहानिर्देशक, रविराज थापा, सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक

भारतसँग पिल्लर उखेल्ने पल्टन नै छ

१५

 

०६ अक्टोबर २०२०

किशोर थापा, नेपाल सरकार पूर्वसचिव शहरी विकासका जानकार श्यामकृष्ण भुर्तेल, संघीयताका जानकार

जंगलमा प्रदेश राजधानी बनाउने हैसियत हामीसँग छैन

१६

 

१३ अक्टोबर २०२०

डा वासुदेव पाण्डे, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक, सुवासप्रसाद आचार्य, त्रिवि शिक्षण अस्पतालका सघन उपचार विशेषज्ञ

लकडाउन नगरे स्थिति भयावह हुन्छ

१७

 

२० अक्टोबर २०२०

प्रा. डा. दिव्यासिंह शाह, मिर्गौला रोग तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन रोजी कट्टेल, पूर्वसञ्चारकर्मी एवं हाल विदेशी नियोगमा कार्यरत मानसिंह साउद, धनगढीबाट उद्यमी

संक्रमितसँग संक्रमितका कुरा, होम आइसोलेसनबाट कोरोना अनुभूति

१८

 

१० नोभेम्बर २०२०

राजन भट्टराई, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार, निश्चलनाथ पाण्डे, परराष्ट्र मामिला जानकार

भारतले फेरि पनि सुरक्षा आँखाबाट मात्र नेपाललाई हेर्‍यो

१९

 

२४ नोभेम्बर २०२०

शेरबहादुर तामाङ, नेकपा नेता, (माधव प्रचण्ड पक्ष) महेश बस्नेत, नेकपा नेता, (ओली पक्ष)

नेकपा विवाद : को बढी जिम्मेवार

२०

 

१ डिसेम्बर २०२०

सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार हेमराज भण्डारी, नेकपाका केन्द्रीय सदस्य

नेकपा झगडाको चुरो कुरो

२१

 

०८ डिसेम्बर २०२०

दीपकुमार उपाध्याय, भारतका लागि नेपालका पूर्वराजदूत, रूपक सापकोटा, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक

परराष्ट्र मन्त्रालय साह्रै कमजोर भयो, यसरी देश चल्दैन

२२

 

१५ डिसेम्बर २०२०

राकेश मिश्र, उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक शशिकान्त अग्रवाल, नेपाल चिनी उत्पादक संघका अध्यक्ष

उखु किसान भन्छन् : पैसा नलिई फर्कन्नौँ

२३

 

२२ डिसेम्बर २०२०

लीलामणि पोखरेल, नेकपा स्थायी समिति सदस्य केशव बडाल, नेकपा स्थायी समिति सदस्य

प्रतिनिधिसभा विघटनदेखि नेकपा विभाजनसम्म

 

 

 

 

 

२४

 

२९ डिसेम्बर २०२१

हरि रोक्का, राजनीतिक विश्लेषक, चन्द्रदेव भट्ट, राजनीतिक विश्लेषक

अस्थिर राजनीतिः आन्तरिक र बाह्य कारण कति ?

२५

 

०५ जनवरी २०२१

लेखनाथ न्यौपाने, नेकपा नेता, (दाहाल नेपाल पक्ष) राजेन्द्र गौतम, नेकपा नेता, (ओलीपक्ष)

चुनाव किन ? फेरि संसद् विघटन गर्न ?

 

 

 

 

 

२६

 

१२ जनवरी २०२१

बलराम केसी, सर्वोच्च अदालतका पूर्वन्यायाधीश खिमलाल भट्टराई, नेकपा ओली समूह

विचाराधीन मुद्दामा कसले कति बोल्न पाइन्छ ?

२७

 

१९ जनवरी २०२१

जितेन्द्र देव, नेपाली कांग्रेस बाबुराम दाहाल, प्रधानमन्त्रीका कानुनी सल्लाहकार, युग पाठक, विश्लेषक

प्रतिगमनको खेल फाइनलमा प्रवेश गर्‍यो

२८

 

२६ जनवरी २०२१

राजेन्द्र पाण्डे, नेकपा दाहाल–नेपाल समूह, विशाल भट्टराई, नेकपा ओली समूह

ओलीले टिकट दिनुहुन्छ, प्रचण्ड–नेपाल चुनावमा जानुहुन्छ

२९

 

२ फेबु्रअरी २०२१

दीपक गजुरेल, त्रिविका राजनीति शास्त्रका प्रध्यापक, पिताम्बर भण्डारी, सहप्राध्यापक, राजनीतिक विश्लेषक

अहिले साना देखिएका शक्ति पनि सिंह बन्ने खतरा छ

३०

 

९ फेब्रुअरी २०२१

मल्ल के सुन्दर, नागरिक समाजका अगुवा, दोभान राई, कम्प्युटर विज्ञानमा विद्यावारिधि गरी अहिले नेपालको राजनीतिमा कलम चलाउँदै आएका सुलभ खरेल, संवैधानिक इजलासमा बहस गर्ने, कान्छा बहसकर्ता

अबको आन्दोलन प्रधानमन्त्री फेर्न र संसद् पुनर्स्थापनाका लागि मात्र हुनेछैन

३१

 

१६ फेबु्रअरी २०२१

पद्मा अर्याल, कृषि तथा पशुपंक्षी विकासमन्त्री, अधिकारकर्मी, सरस्वती सुब्बा, शशी बस्नेत, अधिवक्ता

छोरीहरू कहिलेसम्म असुरक्षित ?

३२

 

२ मार्च २०२१

रामकुमारी झाँक्री, नेकपा दाहाल–नेपाल समूह नेता, कृष्णबहादुर राई, नेकपा ओलीसमूह नेता,

प्रधानमन्त्रीलाई झाँक्रीको सुझाव: संसदमा मुख छोपेर आउनुस्

३३

 

९ मार्च २०२१

खगराज अधिकारी, नेकपा एमालेका नेता, हेमराज भण्डारी, नेकपा माओवादी केन्द्रका नेता

एमालेमा बदला लिन आउन खोज्नेका दिन गए

३४

 

१६ मार्च २०२१

मीन विश्वकर्मा, नेपाली कांग्रेसका नेता वृषेशचन्द्र लाल, जसपाका नेता

संवैधानिक बाटोबाटै मध्यावधि निर्वाचनमा जानुपर्छ

३५

 

२३ मार्च २०२१

सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता मुमाराम खनाल, राजनीतिक विश्लेषक,

ओली र देउवाबीच चुनावमै जाने सहमति छ

३६

 

३० मार्च २०२१

असिममानसिंह बस्नेत, पठाओ नेपालका क्षेत्रीय निर्देशक, सानु पूर्वा, साने मगर, नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका संरक्षक सल्लाहकार

राइड शेयरिङ र ट्याक्सीबीच किन सधैँँ विवाद ?

३६ कार्यक्रमका ८४ अतिथिमध्ये उनको कार्यक्रममा जम्मा आठ मधेसी, नौ जनजाति, नौ महिला र एक दलितको उपस्थिति देखिन्छ । महिलाहरू मात्रै उपस्थित रहेको एक कार्यक्रम भने उनले महिलाकै मुद्दालाई लिएर बनाएका छन् । बहसका अन्य कार्यक्रमहरूको तुलनामा सरोकार कार्यक्रमले भने अलिक बढी विषयमा छलफल गर्न खोजेको देखिन्छ । ३६ वटा कार्यक्रममध्ये कोरोनाबारे मात्र छवटा कार्यक्रम बनाएको सरोकारले परराष्ट्रको मामिलामा पाँचवटा कार्यक्रम बनाए पनि अधिकांश समय नेकपा र यसको विवादवरपर नै सकिएको देखिन्छ ।

समसामयिक घटनाक्रमलाई समेट्ने क्रममा आन्दोलनमा रहेका उखु किसानहरूसँग सम्बन्धित एउटा कार्यक्रम, शहरी विकासबारे एक कार्यक्रम र पछिल्लो समय पठाओ र ट्याक्सीचालकबीच भएको विवादलाई लिएर समेत एउटा कार्यक्रम बनाएको देखिन्छ । साथै, शिक्षाको विषयलाई लिएर पनि एउटा कार्यक्रम तयार गरेको पाइन्छ ।

०००

माथिका बहसका कार्यक्रमहरूलाई एउटै टेबलमा राखेर हेर्ने हो भने तथ्यांक यस्तो देखिन्छ:

तालिका नं. १३

क्र.सं.

जम्मा अतिथि

महिला

जनजाति

मधेसी

दलित

थारू

 विशिष्ट शारीरिक क्षमता भएका

५४३

३४

७१

४८

यो तथ्यांकले नै पनि यी टेलिभिजन बहसका कार्यक्रमहरूले लैङ्गिक, क्षेत्रीय, जातीय आधारलाई कति महत्त्व दिन्छन् भन्ने कुरा प्रस्ट हुन्छ । सीमान्तकृत, अल्पसंख्यक र फरक लिङ्ग पहिचान भएका समुदायबाट कुनै पनि व्यक्तिलाई आमन्त्रण नगरिनु भनेको यो तथ्यांक जम्मा गरुञ्जेलको समय अर्थात् लगभग छ महिनाको समयमा जे–जति घटनाक्रमहरू भए, ती घटनाले उनीहरूलाई असर गर्दैन वा यो उनीहरूको चासोको विषयमा पर्दैन भनेर टेलिभिजन बहसका संचालकहरूले अघोषित रूपमा भन्न खोजेको झैँ बुझिन्छ ।

एउटा पनि सग्लो कार्यक्रम महिला, दलित, जनजाति, थारू वा मधेसको मुद्दामा केन्द्रित भएर बनेको पाइँदैन । समसामयिक विषय भनेर हाम्रो लागि खाली राजनीतिक विषयवस्तु र किचलोको तमाशा मात्र प्रस्तुत गर्नुले टेलिभिजनका बहसको कार्यक्रममाथि प्रश्न त उठ्छ नै, सँगै उनीहरूले रुपान्तरण गर्न खोजेको नेपाली समाजको सग्लो अनुहार पनि प्रस्ट हुन्छ ।

संसद विघटन हुँदैनथ्यो र मधेसकेन्द्रित दलहरूको भूमिकाबारे खोजी हुँदैनथ्यो भने मधेसलाई प्रतिनिधित्व गर्ने संख्या त्यत्ति पनि पुग्दैनथ्यो । थारू र दलितको नगन्य उपस्थिति देखिन्छ । आहुति जो सधैँभरि दलितका मुद्दाहरू लिएर लडिरहे, उनी उपस्थित कार्यक्रममा समेत दलितका समस्याहरूबारे प्रश्न सोधिँदैन र ती विषयलाई ओझेलमा पारिन्छ ।

कार्यक्रमहरू फरक टेलिभिजनमा भए तापनि एउटैजस्तो अनुहार पटकपटक टेलिभिजन सेटमा दोहिरिइरहन्छ । यी कार्यक्रममा कुनकुन अनुहार कति पटक दोहोरिए तथ्यांकमै हेरौँ:

तालिका नं. १४

क्र.सं

दुईचोटि दोहोरिएको

तीन पटक 

चार पटक

पाँच पटक

छ पटक

सात पटक

नौ पटक

मिनेन्द्र रिजाल, आहुति, मनीषा कोइराला, युवराज घिमिरे, रामवरण यादव, तारानाथ रानाभाट, ह्रृदयेश त्रिपाठी, बिमलेन्द्र निधि, शंशाक कोइराला, जनार्दन शर्मा, सौरभ, प्रदीप पौडेल, बिष्णु रिमाल, प्रदीप गिरी, सुशीला कार्की, भीमार्जुन आचार्य, शेखर कोइराला, लेखराज भट्ट, पृथ्वी सुब्बा गुरुङ, विश्व प्रकाश शर्मा, पशुपतिशमशेर जबरा, रमण श्रेष्ठ, लालबाबु यादव, खिमलाल भट्टराई, रेवतीरमण भण्डारी, अष्टलक्ष्मी शाक्य, ठाकुर गैरे, रमेश पौडेल, बचन सिंह, मनिष सुमन, विरोध खतिवडा, बद्री पाण्डे, गणेश शाह, रमेश पौडेल, अजम्बर राई, बोर्न बहादुर कार्की, रश्मीराज आचार्य, रन्जित तामाङ, लक्ष्मणलाल कर्ण, गणेशमान पुन, सूर्य पाठक, प्रकाश रसाइली स्नेही, प्रकाश पन्त, मोहन बानियाँ, बालकृष्ण न्यौपाने, पिताम्बर भण्डारी, पद्मा अर्याल, मुमाराम खनाल, नरेश शाही, दिनेश त्रिपाठी, सूर्य थापा, लेखनाथ न्यौपाने, सुरेन्द्र भण्डारी

कुलमान घिसिङ, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, बलराम केसी, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, राजकिशोर यादव, उद्धव प्याकुरेल, राजेन्द्र गौतम, सोमप्रसाद पाण्डे, ओमप्रकाश अर्याल, वृषेशचन्द्र लाल, माधव ढुंगेल, श्याम श्रेष्ठ, रामकुमारी झाँक्री, राजेन्द्र गौतम

पुष्पकमल दाहाल प्रचण्ड, गोकुल बाँस्कोटा, नारायणमान बिजुक्छे, योगेश भट्टराई, हर्क रावल, शेर बहादुर तामाङ,

केपी शर्मा ओली, रामचन्द्र पौडेल, वर्षमान पुन, बाबुराम भट्टराई, राजेन्द्र महतो, झलनाथ खनाल, माधव कुमार नेपाल, महेश बस्नेत

गगन थापा, भीम रावल

ईश्वर पोखरेल

प्रदीप ज्ञवाली

जब मिडियाले व्यापारिक फाइदाकाे प्रयाेजनमात्रै देखाउँदा अनुहार वा मुद्दाहरू दोहोरिनु कुनै नौलो कुरा नहुने रहेछ ।  कुनै एउटा भाष्य निर्माण गर्नका लागि वा कुनै एउटा अनुहारलाई स्थापित गराउनकै लागि मिडियाले योजनावद्ध रूपमै यसरी अनुहारहरू दोहोर्‍याउने गर्दछ । मौकापरस्त रूपमा यी नामहरू हिजो पनि दोहोरिएकै थिए । टेलिभिजन बहसको स्वरुप यस्तै हुने हो भने भोलि पनि टेलिभिजनमा यिनै अनुहारहरू मात्र देखिइरहेनछन् । 

जबजब मिडिया खराब राजनीतिक विचारधाराको गोटी बन्न थाल्छ, तब उसले योजनावद्ध रूपले नै यसरी एउटै मात्र अनुहार र एउटै मात्र विषय प्रस्तुत गरिरहन्छ, मानौँ– उनीहरू नै हाम्रा मुक्तिदाता हुन । उनीहरूबाहेक जनताको कोही नै छैनन् र ती विषय जहाँ उनीहरू कुरा गर्छन्, हाम्रो मुख्य दु:ख त्योबाहेक अर्को हुँदै होइन ।

यसरी टेलिभिजन बहसका कार्यक्रमहरूले हाम्रो दिमागमा एउटै मात्र विषय, एउटै मात्र अनुहार घुसाइरहेका छन् र हामी आमजनता योबारे बेखबर बसिरहेका छौँ । 

यी त भए बहसमा दोहोरिएका नामहरूको कुरा । आमचासो र हाम्रा मुद्दाहरूबारे कति सम्बोधन भए त भनेर खोज्ने हो भने तथ्यांक यस्तो बन्छ:

जम्मा कार्यक्रम : ३९८
कोरोना : १९
परराष्ट्र : १८
अध्यात्म : ७
कृषि र उखुकिसान : ४
कला साहित्य संगीत : ४
अर्थ : ३
लोडसेडिङ : ३
पर्यटन : २
चलचित्र : २   
एमसीसी : २
नागरिकता विवाद : १
खेलकुद : १
महिला : १
शिक्षा : १
उद्योग : १
योजना आयोग : १
नेपाल प्रहरी : १ 
विज्ञान प्रविधि : १ 
साइबर कानुन : १
शहरी विकास : १
बेरोजगारी : ०
वातावरण तथा पर्यावरण संरक्षण : ०
सार्वजनिक संरचना : ०
गरिबी : ०
वैदेशिक रोजगारी : ०
मधेस : ०
दलित : ०
जनजाति : ०
पौरातात्त्विक तथा सांस्कृतिक सम्पदा : ०
भ्रष्टाचार : ०
व्यापार : ०
महँगी तथा कालोबजारी : ०
यातायात : ०
जलस्रोत तथा खानेपानी : ०
सुशासन : ०
रेमिट्यान्स : ०

उल्लिखित तथ्यांक हेर्ने हो भने टिभी बहसका कार्यक्रमहरूले आमजनताका खास मुद्दाहरूमा कुरा नै नगरेर जनतालाई सजिलै मूर्ख बनाइरहेको कुरा स्पष्ट देख्न सकिन्छ । संसद् विघटन र संविधानमाथिको जुन खतरा थियो, त्यो महत्त्वपूर्ण विषय थियो नै । तर, संविधानसँगै जोडिएर हेर्दा मधेस र जनजाति समुदायले संविधानलाई आफ्नो संविधान मान्न इन्कार गरिरहेको परिप्रेक्ष्यमा उनीहरूको पनि संविधानमा अपनत्वको खोजीका लागि यी बहसका कार्यक्रमहरूले कुनै पनि भूमिका खेलेको देखिँदैन ।

किराँती र लिम्बूहरूको पहिचानको धरोहर खुवालुङ भत्काउने भन्दै प्रधानमन्त्रीले सार्वजनिक रुपमा यो राज्यमा कमजोर उपस्थिति भएका जनजातिहरूमाथि धावा बोले, तर त्यसका बारेमा कार्यक्रम बनाउन यी बहसका सञ्चालकहरूले सोच्न पनि सकेको देखिँदैन ।

३९८ कार्यक्रममध्ये ३०० हाराहारीका कार्यक्रम संसद् विघटन, सर्वोच्चको निर्णय, नेकपाको फुट, एमालेभित्रको किचलो, राजनीतिमा प्रतिपक्षीको कमजोर भूमिकाकै वरिपरि मात्र रुमल्लिइरहेको देख्न सकिन्छ ।

लोकतन्त्रको सबैभन्दा ठूलो धरोहर नै मिडिया हो तर जब मिडियाले सही भूमिका खेल्दैन, तब लोकतन्त्र  खतरामा पर्न सुरू गर्छ । 

कोरोनाको कहर चलिरहँदा कोरोना र यसले निम्त्याएका समस्याहरू, समाधानका उपाय, समाधानका लागि राज्यका हरेक निकायहरूको उपस्थिति उत्तिकै महत्त्वपूर्ण विषय हुनुपर्थ्यो । कोरोनाको दोस्रो देश तहसनहस पारिरहेको छ । अब तेस्रो लहर पनि भित्रिन सक्ने सम्भावना बढिरहेको अवस्थामा उपचारका लागि पर्याप्त अस्पतालहरू छैनन् । जति छन् तिनीहरूसँग आवश्यक उपकरण छैनन् । साधनहरूको अभाव छ । मेडिकल इक्विपमेन्टदेखि लिएर जनशक्तिको समेत अभाव पहिलाजस्तो थियो, अहिले पनि त्यस्तै छ ।

अहिले यो लेख तयार पारिरहँदा हामी दोस्रो अनिश्चितकालीन निषेधाज्ञाको सामना गरिरहेका छौँ र हामीमा पहिलो लकडाउनदेखिकै मनोवैज्ञानिक, आर्थिक र मनोसामाजिक असर बाँकी नै छ । 

अघिल्लो लकडाउनको समयमा महिलाहरूमाथि घरेलु हिंसा र बालबालिकामाथि हिंसा बढेका खबरहरू सार्वजनिक भइरहे । लामो समयको अवैज्ञानिक लकडाउनले थलिएको देशको अर्थतन्त्र, किसानहरूको समस्या अहिले पनि ज्युँका त्युँ छ । विद्यालय र कलेजहरू लामो समयसम्म बन्द भइरहँदा पनि निजी विद्यालय र कलेजहरूले अनुचित रूपमा उठाएको शुल्कले विद्यार्थीहरूका अभिभावक थला परेका छन् । यहाँसम्म कि, विद्यार्थीहरू आफ्नो भविष्यबारे अन्योलमा छन् ।

कोरोनाकै कारण धेरै युवाहरू बेरोजगार भए । बेरोजगारीको समस्या कोरोनाभन्दा अगाडि पनि थियो नै, तर कोरोनापछि बेरोजगारी झनै बढ्यो । भारतबाट नेपाल फर्केकाहरू कोरोनाकै लहरको बीचमा असुरक्षित तरिकाले फेरि भारत जानुपर्ने स्थिति बन्यो । विदेशमा काम गर्न र पढ्न जानका लागि ऋण गरेर हातमा भिसा बोकेका बिद्यार्थी र कामदार नेपालमै रहनुपर्ने स्थिति बन्यो ।

विदेशमा काममा रहेका नेपालीहरूको समेत कोरोनाका कारण मृत्यु भएका खबरहरू सार्वजनिक भइरहेका छन् । यहीबीचमा उच्च वायुप्रदूषणका कारण मानिसहरू बिरामी परे । उखु किसानहरू आन्दोलित भए । नेपालमा भर्खरै स्टार्टअपमा रहेका धेरै व्यवसायहरू घाटामा गए । कति त बन्द नै भए । नेपालको पर्यटन व्यवसाय त थला नै बस्यो । विश्वभर चलेको महामारीका कारण विदेशबाट समेत रेमिट्यान्स पहिलाको जस्तो भित्रिन सकेन ।

दलितहरूमाथि जातीय विभेदको शृंखला झनै बढ्यो । कति त मारिए पनि । भोकमरीकै कारण मानिसहरूको मृत्यु भयो । समयमा उपचार सम्भव नहुँदा सुत्केरीहरूको मृत्यु भयो । विपन्न मजदुर वर्ग जो दैनिक ज्यालादारीमा काम गर्थे, उनीहरूको बिचल्ली भयो । यातायात व्यवसायीहरू पनि उठ्नै नसक्ने गरी थला परे । तर यी विषयहरू मिडिया बहसको प्राथमिकतामा परेनन् । मिडियाले काठमाडौं छोडेर दूरदराजको शिक्षा, स्वास्थ्य, विभेद र त्यहाँको जनजीवनबारे बहस चलाउने जरुरत नै देखेन । 

हामी सबै सचेत रहनुपर्ने विषय पहिलो लकडाउनले नै स्पष्ट सिकाएको थियो । कोरोनाको दोस्रो लहर अन्य देशहरूमा देखिइरहँदा हाम्रो देशमा पनि त्यो ढिलोचाँडो आइपुग्ने कुरा सबैलाई थाहा थियो । यो भाइरसले राष्ट्रको सिमाना, सामाजिक सीमा, राजनीतिक प्रणाली, अर्थतन्त्र, धर्म, जातीयता, वा सांस्कृतिक मान्यतालाई सम्मान गर्न जान्दैन । सम्पूर्ण हिसाबले हामी कोरोनासँगको लडाइँका लागि तयार हुनैपर्ने थियो । हामीले यस महामारीलाई कसरी झेल्यौ भन्दा पनि यस भाइरसका कारण भएका सामाजिक, मनोवैज्ञानिक, आर्थिक, व्यावहारिक असरहरूमाथि हाम्रो प्रतिक्रिया कस्तो रह्यो, त्यो महत्वपूर्ण हुन्छ ।

नेपाली जनताले सर्तसहितको नयाँ आदर्श, लकडाउनलाई निकै समयसम्म न्यू नर्मल मानिदिए । जनताले बुझेका थिए, सबैलाई लाग्ने महामारी एउटै हो । तर, सत्य यही थियो कि अन्य राष्ट्रहरूको तुलनामा हाम्रो अर्थतन्त्र, जनसंख्या र समाजशास्त्र फरक थियो । यो फरकपनालाई न सरकारले बुझ्यो, न मिडियाले नै खोज्न चाहे ।

यस्तो समयमा हरेक देशका राजनीतिज्ञ, व्यापारी र जनताबीच सम्झौताको नयाँ समीकरणको आवश्यकता थियो । त्यो सम्झौताका लागि असल भूमिका सञ्चारमाध्यमले खेल्नुपर्ने थियो । जनताको स्वास्थ्यभन्दा अगाडि राजनीतिलाई कहिल्यै आउन दिनु हुँदैनथ्यो । तर, सरकार र  राजनीतिक दलहरू सधैँ फोहोरी खेल खेल्नमै व्यस्त रहे । टेलिभिजनका यी बहसका कार्यक्रमहरूले पनि जनतालाई मूर्ख बनाइरहे ।

यसरी मूर्ख बनाइरहँदा उनीहरूको व्यापार त पक्कै फस्टायो तर त्यसले आमजनताको चासो र आवश्यकतालाई सम्बोधन गरेन । व्यापार बन्द नगरेसम्म कुनै पनि निर्णय हुँदैन नै । तर, यो यस्तो समय रह्यो, जुन बेला सरकार आफैँ व्पापारी बन्यो र यी प्राइम टाइम बहसहरू व्यापारी र आमजनताबीचको बिचौलिया ।

मूर्ख व्यापारीले नयाँ उत्पादन गरिरह्यो, टेलिभिजनका बहसका कार्यक्रमहरूमा तिनै मूर्खताको भव्य होडिङबोर्ड लगाइयो, ती होडिङबोर्डमा रहेका उत्पादनहरूको सक्दो विज्ञापन यी प्राइम टाइम शोहरूले बेचिरहे । जनता मूर्ख बनिरहे । तर, राजनीतिज्ञको भेषमा रहेका व्यापारी हुन् या तिनका एजेन्टका रूपमा हाम्रोमाझ देखापरेका यी टेलिभिजनका बहसका शोहरू हुन्, यी सबैले बुझ्नैपर्ने कुरा के हो भने आम मानिसबिना कुनै पनि खेल सम्भव छैन । र, जब खेलमा आममानिसको उपस्थिति हुँदैन, या त व्यापार बन्द गरिनुपर्छ या त असल व्यापारको सुरुवात गरिनुपर्छ ।

News Link : https://shilapatra.com/detail/57626