Saturday, December 26, 2015

सकस

उनको मन
मेडुसाको टाउको जस्तै रहेछ ।
छुन खोजेथेँ
म पत्थर भईदिएँ ।

अझै याद छ उनको अट्टहास ।

उनको मन
मेडुसाको टाउको जस्तै रहेछ ।
मुस्कुराउदा मुस्कुराउदैको मलाई पत्थर बनाईदियो ।

– – – – – – – – – – – –

Monday, October 26, 2015

जन्म दिनको शुभ–कामना

जिन्दगीका यी छरपष्ट बाटोहरुमा
म आएर के अड्किएको थिए
तिमी त कत्ति चाँडो
सपनाहरुको लाम बोकेर आईपुगिसकेछौ ।

म पनि कस्तो बुद्धु
सपनाहरु डोकोमा हालेर हिडेछु
कत्ति ठाउमा चुहिए होलान् हगि !!!
धन्य,
भेटेको जति तिमीले संगालेर ल्याईदियौ ।

Thursday, September 3, 2015

मालिकहरुका बिरुद्ध


मेरो बुबाको, हजुरबुबाको, हजुरबुबाको पनि हजुरबुबाले
मालिकको रिन खाएका थिए अरे ।
त्यही रिन तिर्नका खातिर
हाम्रो सिंगो पुस्ता मालिकको मा कमैया बस्यो ।
हामी बँधुवा मजदुर भयौ ।

मैले
मालिकको छोरोको झोला बोकेर
स्कूलसम्मको बाटो हिडेको छु ।
र त्यही झोला बोकेर सँधै स्कुलबाट फर्किएको छु ।
तर मैले त्यो झोलाभित्र के छ कहिल्यै थाहापाईन ।

Saturday, August 22, 2015

एउटा बहुलठ्ठी यात्रा

मलाई थाहा छ, यत्तिखेर घन्टाघरको घडीले रातको १० बजाएको छ। मेरो घडी र घन्टाघरको घडीको समय ठ्याक्कै मिल्छ। तर जिन्दगीको समय कुनैपनि घडीसँग कहिल्यै मिलेन।  
फाट्टफुट्ट चलेका ट्याक्सी र मोटरसाईकल बाहेक सडक सुनसान छ। शहिदगेटमा शहिदहरु दिनरात एकतमासले के नियाल्छन् कुन्नि मलाई थाहाछैन। 
हातमा एउटा पेप्सीको जम्बो बोतल छ। बोतलभित्र भने पेप्सीको साटो पानी र भोड्काको कम्बिनेसन छ।
अक्सर म यसरी ठेगाना बिनाको यात्रा हिडीरहन्छु। तर मलाई प्रष्ट थाहा छ कि अन्तिम ठेगाना भनेको आर्यघाट नै हो। यसर्थ मलाई आर्यघाटसँगको लगाब बहुत ज्यादा छ। 
.........
नगरकोटी भन्थे “डेथ ईज अ टोटल वेस्ट अफ टाईम।” तर म मान्दिन। जन्म र मृत्यु दुई शाश्वत सत्य हुन्। कुनै पनि सत्य समयको बर्बादी हुनै सक्तैन। समयको बर्बादी त भ्रमित जीवन हो। हामी फगत आशाहरुमा जेलिएर भ्रमित जीवन बाँच्न अभिशप्त छौ। आजभन्दा भोली केही नौलो र सुन्दर होला कि भन्ने आशा। हरेक दिन मानिस नयाँ आशा जन्माउछ। जुन दिन मानिससँग आशा हुदैन, उ बाँच्नुको सार हुन्न। नमर्नकै खातिर मानिस आशा संगालिरहन्छ। मलाई थाहाछैन कुमार दाई मेरो कुरा मान्छन् कि नाई ? एनीवे, उनको कुरा म केयर गर्दिन। मेरो कुरा उनी केयर गर्दैनन। मजा यसैमा छ। 
मेरो मोबाईलमा नुसरत एकसुरमा कवाली गाईरहेछ। 
“दिल लेके मेरे हातमे केहेते हे मुझ्से ओ
क्या लोगे ईस्के दाम बताना सही सही”
यस्तो लाग्छ नुसरतले गाईरहँदा दर्शकभन्दा बढी मज्जा उ आफै लुट्छ। 
..........

Thursday, July 16, 2015

..... र एउटा एष्ट्रे

भोलि त सबेरै छाडेर जानु छ ।

सल्काउँछु एस्ट्रेमाथिको ठूटो चुरोट
सोच्छु खाटमाथि टुसुक्क बसेर
भोली त सबेरै छोडेर जानु छ ।

Thursday, April 2, 2015

हाचिको (नेपाली अनुवाद)

पार्कर,
म अझै तिमीलाई पर्खिरहेछु
त्यही स्टेशनमा ।
उहि पुरानो ठाँउमा ।
मलाई यत्ति भन पार्कर
फर्केर तिमी कहिले आउछौ ?
र अँगाल्छौ उस्तै मीठो ?

Hachiko

Parker,
Still am in wait of you !
On the same station.
On the same place.
Just Tell me Parker
when will you be back to me  ?
and when will you hug me good ?

Thursday, January 29, 2015

एउटा नमीठो कविता

रातभर आफ्नै कविता पढे 
र सोचे भोली चै म जीवनको कविता लेख्छु ।

सबेरै सूर्य दाईको चियापसल
चियाभन्दा पनि बढी तात्तिएर बसेको रैछ ।
“उ त मरिछे नि ।”

छि कस्तो नमीठो झस्को पस्यो 
सोधे — “सूर्य दाई के पो थियो रे उस्को नाम ?”

Thursday, January 1, 2015

धुब्रेसँग आधा रात

त्यो साँझ मैले धुब्रेलाई उसैले भनेअनुसार उसैको जन्मदिनमा भेटेको थिए । चिम्सा पारेर आफ्ना आँखा र आकाशतिर उचालेर आफ्नो सुँढ, उसले भनेको थियो – “तँलाई थाहा छ, कम्तीमा यो बर्षभरि मैले गोली खानुछ । आखिर आज जन्मदिनमै सेनाको गोली जो लागेको छ मलाई । हाहाहा ......”
...................
ऊसले आफू रन्थनिएर ढलुन्जेल पनि मलाई आँखा तर्न छाडेको थिएन । म पनि नरन्थनिएकोे कहाँ थिए र ? एउटा सजीव जङ्गली हात्तीलाई आफ्नै आँखाअगाडी देख्नु र भोड्काको हाफ बोतल भर्खरै सकिन आँट्नु, यी दुवै काफी थिए मलाई रन्थन्याउनका लागि । 

राप्ती किनारछेउ भोड्का पिउदै अस्ताउदो सूर्यको परावर्तन हेरिसकेर फर्किन के आँटेको थिए, एउटा हात्तीे मेरो छेवैमा आएर रन्थनिदै ढलेको थियो । ढल्नुअगाडी उसले मलाई आँखा तरेको थियो र एकचोटी आफ्नो दाहिने खुट्टो मज्जाले भुईमा बजारेको थियो । सायद त्यसरी खुट्टा बजार्नु र आँखा तर्नुको मेरानिम्ति कुनै किसिमको चेतावनी हुनसक्थ्यो । उ नढलुन्जेल मलाई डर लागेपनि ढलेपछि भने आफैलाई हाँसो उठ्यो । आफू नढलुन्जेल धुब्रेले मलाई आँखा तरेको सम्झिएर खित्खिताए मनैमन एकचोटी । 

र उ ढलेपछि म केही ढुक्क भए ।