Thursday, September 3, 2015

मालिकहरुका बिरुद्ध


मेरो बुबाको, हजुरबुबाको, हजुरबुबाको पनि हजुरबुबाले
मालिकको रिन खाएका थिए अरे ।
त्यही रिन तिर्नका खातिर
हाम्रो सिंगो पुस्ता मालिकको मा कमैया बस्यो ।
हामी बँधुवा मजदुर भयौ ।

मैले
मालिकको छोरोको झोला बोकेर
स्कूलसम्मको बाटो हिडेको छु ।
र त्यही झोला बोकेर सँधै स्कुलबाट फर्किएको छु ।
तर मैले त्यो झोलाभित्र के छ कहिल्यै थाहापाईन ।