Sunday, October 1, 2023

प्राइभेट इज पोलिटिकल

 पोखरा थिएटरस्थित गन्धर्व नाटकघरमा ‘प्राइभेट इज पोलिटिकल’ नाटक हेर्ने दर्शक भरिभराउ थिए । मञ्चमा योनिका कथाको रिहर्सल गरिरहेका ६ जना देखिन्छन् । भित्तामा पनि योनि झल्काउने तस्बिर टाँगिएको छ । 



 रिहर्सल सुरु भयो । महिलाको योनिको कुराबाट । महिलाले आफ्नो योनि देख्दैनन्, हेर्न सहज पनि छैन । दुःख गरेर, समय लगाएर हेर्ने फुर्सद पनि हुँदैन । यस्तै–यस्तै कुरामार्फत दर्शकको ध्यान स्टेजतर्फ खिचिन्छ । महिलाको योनिलाई विभिन्न देश अनि भाषामा के भनिन्छ । कलाकारले एकपछि अर्को गर्दै भन्दा दर्शकलाई अलि ‘जर्क’नै लाग्छ, पचाउन गाह्रो हुन्छ । हुन त कतिपय भाषा उनीहरू बुझ्न पनि सक्दैनन् । मञ्चमा ६ जना कलाकारले हाम्रै घर–समाजका महिलाहरूको व्यथालाई मनोवाद शैलीमा भन्न थाल्छन् ।

 जुन विषयमा हामी खुल्न चाहँदैनौ, लाज मान्छौं, समस्या भएर पनि भन्न हिचकिचाउँछौँ, आँट गर्न सक्दैनौं, त्यही विषयवस्तुमा केन्द्रित छ यो नाटक । नाटकको विषयवस्तुका कारण दर्शकमा केही उत्सुकता, केही खुल्दुली अनि केही अपेक्षा थियो । तिनै कुरा पाउने अपेक्षाका साथ दर्शक नाटकघरमा पुगे । नाटक अगाडि बढ्दै जान्छ । अब भने बिस्तारै नाटकले दर्शकको ध्यान खिच्छ । नाटकको कुनै पात्रमा दर्शकले आफूलाई नै पाउँछन् । केहीले आफूले जानेर वा नजानेर गरेका काम सम्झन्छन् अनि आत्मआलोचनासमेत गर्छन् ।


 

कलाकारले आफ्नो जीवनमा आएका यौन हिंसासम्बन्धी घटना सुनाउँदा दर्शक पनि आफ्नो विगत स्मरण गर्न बाध्य हुन्छन् । नेपथ्यमा बजेको संगीतले त्यसमा मिठासपन थपिदिन्छ । कलाकारको मेहनत, निर्देशकको चतुरता, कथाकारको उद्देश्यको मिश्रणले यो नाटकलाई परिपक्व बनाउँछ । विशेष गरी अलग–अलग समुदायका महिलाहरूको भोगाइमार्फत पितृसत्तात्मक सोचलाई चित्रण गर्दै दर्शकलाई कन्भिन्स गर्ने प्रयास गर्छ यो नाटकले । दर्शकलाई कन्भिन्स गर्न पुरुष पात्रकै प्रयोग गर्दा नाटक इफेक्टिभ बन्न पुगेको छ । यसले सबै पुरुषको सोच एउटै हुँदैन भन्ने देखाउँछ । 

A Teaser of the play : 


कथा घेराको प्रस्तुतिमा मञ्चन भएको यो नाटकमा लुनिभा तुलाधर, सुदाम सिके, केनिपा सिंह, अनुजा अधिकारी, बिनिता गुरुङ, रोशनी स्याङ्बो, अर्चना पन्थी, सचिन मल्ल तथा आयुष्मान प्याकुरेलले दर्शकको मन जित्छन् । यो नाटकको अवधारणा, परिकल्पना एवं निर्देशन आकांक्षा कार्कीको हो । कार्की यो नाटक केवल नाटक मात्र नभएर एउटा अभियान भएको बताउँछिन्, जुन घरका बन्द कोठाबाट सुरु भएर रंगमञ्चसम्म आएको छ । 

लगभग ३० वर्षअघि अमेरिकाबाट सुरु भएको यो अभियान हाल विश्वका धेरै देशमा विस्तारित भैसकेको छ । नेपालमा पनि विगत चार वर्षदेखि यो अभियान चलिरहेको छ । मञ्चमा महिला यौनिकताका विभिन्न पाटोका बारेमा मनोवाद सुनाउँदा, दर्शकलाई ती रमाईला, पीडादायी र अनौठा लाग्छन् । कलाकारले पनि नेपथ्यमा आ–आफ्नो वास्तविक भोगाइहरू साटासाट गर्थे, सँगै रुन्थे, हाँस्थे, एक–अर्काका कुरा सुन्थे ।

सौरभ कार्की यो नाटक लेख्न सहज नभएको बताउँछन् । ‘मलाई यो विषयमा लेख्न सहज थिएन, आकांक्षाको आग्रहमा लेखेको हुँ । लेख्दा आत्मआलोचना पनि गरें, गाह्रो भयो । कार्की भन्छन्— पितृसत्तात्मक सोचका विरुद्ध लड्न जरुरी छ । यस्तो प्रवृत्तिले महिलालाई मात्र होइन, पुरुषलाई समेत असर गरेको छ । पुरुषभित्र पनि महिला हुन्छ, महिलाभित्र पनि पुरुष हुन्छ, आफूभित्र भएको महिलालाई चिन्न सक्नुपर्छ,’ –सौरभले भने । निर्देशक आकांक्षा कार्की भन्छिन्— एउटा मुभमेन्ट हो यो, कन्भर्ससेसन हो— समाज रुपान्तरण गर्ने, सोच्न बाध्य पार्ने ।



News Links : 

1. https://saptahik.com.np/theater/2019/07/06/20190704152213

2. https://www.theatrehub.org/play/private-is-political/

3. https://chhutekakura.com/archives/189

4. https://kathmandupost.com/art-entertainment/2019/04/26/vagina-monologues-tackles-harassment-and-patriarchy-on-a-personal-level

5. https://www.onlinekhabar.com/2019/06/777188

6. https://www.samadhannews.com/2019/06/30/8100/

7. https://farakdhar.com/story/14291/

8. http://thaha4.prixa.net/news/72903/




थिएटर मलमा 'आन्दोलन'

 काठमाडौं, चैत २८ – फेरि चैत २४ गते शक्रबारदेखि ‘आन्दोलन’ सुरु हुने भएको छ । यो आन्दोलन पनि ६२/६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्नेछ ।




यो पटक ‘आन्दोलन’ सडकमा नभई काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा हुन लागेको हो । सौरभ कार्कीको योजनामा सुदाम सिकेले ‘आन्दोलन’ नेतृत्व गर्दैछन् ।

२०४६ तथा २०६२/६३ को जनआन्दोलन सुरुवात भएको विशेष र ऐतिहासिक दिन चैत २४ बाटै त्यस्तै झल्को दिने नाटक ‘आन्दोलन’को मञ्चन सुरु हुन लागेको हो । यस नाटक सौरभ कार्कीले लेखेका हुन् भने प्रतिवद्ध युवा रंगकर्मी सुदाम सिकेले निर्देशन गरेका हुन् ।

आन्दोलनकारी युवाहरुमा भने कलाकारहरु रियर राई, संयोग गुरागाईं, इगिहोपो कोइच सुनुवार, सिजन दाहाल, मिलन कार्की, बिनिता गुरुङ र सुदिप खतिवडा छन् । त्यस्तै नेपथ्यमा रहेर सघाउने आन्दोलनकारीहरुमा सुरेश कार्की, रामशरण रेग्मी, घनश्याम श्रेष्ठ, राजेन्द्र भट्ट, अमुल श्रेष्ठ, किरण चाम्लिङ, प्रेम शाक्य, सवनम चौधरीलगायत छन् ।

‘आन्दोलनका क्रममा नाटकघर बाहिर फोटो कलाकार दिपेन्द्र ब्रजाचार्यले ६२÷६३ को आन्दोलनमा खिचेका तस्वीरहरु पनि प्रदर्शन गरिने थिएटर मल नाटकघरका कला निर्देशक केदार श्रेष्ठले जनाएका छन् ।

उनले थिएटर मलमा राजनीति र समाजसँग जोडिएका नाटकहरु धेरै मञ्चन भएपनि यो विशेष रहेको बताए । ६२/६३ कै आन्दोलन भोगेका, सहभागी भएकाहरु संलग यस नाटक सोही जनआन्दोलनको सम्झना र सम्मानमा मञ्चन गरिन लागेको हो ।

नाटक ‘आन्दोलन’ बैशाख ११ गतेसम्म हरेक साँझ ठिक ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे मञ्चन हुनेछ । यो पटक नै बिदाको दिन नराखी थिएटर मलमा बुधबार पनि नाटक मञ्चन हुनेछ ।

News Links : 

1. https://www.ratopati.com/story/330755

2.https://nagariknews.nagariknetwork.com/arts/120062-1491975540.html

3. https://pahilopost.com/content/-30753.html

4. https://baahrakhari.com/detail/23209

5. https://nepalaaja.com/2017/4/64716

6. https://annapurnapost.com/story/69476/

7. https://www.newsofnepal.com/2017/04/06/22246/

8. https://himalpost.com/andolan-2-2/

9.https://ekantipur.com/ampnews/2017-04-09/20170409084854.html

10. https://ausnepalnews.com/2017/04/40278.html

11. https://www.reporternepal.com/2017/04/13265/

12. https://saptahik.com.np/theater/2017/04/11/20170411132129

13. https://capitalheadline.com/2017/05/16/46/

बालुवाटारबाट पक्राउ परेका १८ अभियन्तालाई रिहा गर्न माग

 प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका १८ जना अभियन्तालाई रिहा गर्न बृहत् नागरिक आन्दोलनले माग गरेको छ। 


सरकारले झापास्थित दुर्गा प्रसाईँको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेपछि बृहत नागरिक आन्दोलनको अगुवाइमा शुक्रबार बालुवाटार अगाडि प्रदर्शन गरिएको थियो। उनीहरूले निजी मेडिकल कलेजलाई सम्बन्धन नदिन सरकारसँग माग गरेका छन्। 


प्रदर्शनमा सहभागी खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जीव उप्रेती, अर्चना थापा, सरिता परियार, युग पाठक, रिता परियार, प्रणेता, भाष्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना, राबत, निर्घ नवीन, शशिविक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने र अन्जानबाबुलाई प्रहरीले पक्राउ गरेको बृहत नागरिक आन्दोलनले जनाएको छ। 


जनस्वास्थ्यको पक्षमा उभिँदा पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न बृहत् नागरिक आन्दोलनले माग गरेको छ। उनीहरूलाई तत्काल रिहा नगरे आन्दोलनमा उत्रिने जनाइएको छ।


News Link : 


1. https://www.himalkhabar.com/news/124295

2. https://inseconline.org/np/news/%E0%A4%AC%E0%A4%BE%E0%A4%B2%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%9F%E0%A4%BE%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%AC%E0%A5%83%E0%A4%B9%E0%A4%A4%E0%A5%8D-%E0%A4%A8%E0%A4%BE%E0%A4%97%E0%A4%B0/

3. https://www.hamrakura.com/news-details/102234/province-1

4. https://yohokhabar.com/2021/06/7055/

5. https://www.ukeraa.com/news/detail/6658/

6. https://ratopatinews.com/%E0%A4%AC%E0%A5%83%E0%A4%B9%E0%A4%A4%E0%A5%8D-%E0%A4%A8%E0%A4%BE%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%95-%E0%A4%86%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8B%E0%A4%B2%E0%A4%A8%E0%A4%95%E0%A4%BE-%E0%A5%A7/

7. https://sansarnews.com/279505/





'इन्द्रसरोवर काव्य उत्सव' सम्पन्न

 काठमाडौं: तालको बिचमा काव्‍य उत्सव सम्पन्न भयो। मकवानपुर जिल्लाको मार्खुमा 'पर्यटनका लागि साहित्य' भन्ने नारासहित मानव निर्मीत ताल इन्द्रसरोवरमा 'इन्द्रसरोवर काव्य उत्सव २०७४' सम्पन्न भएको हो।

फागुन १८ र १९ गते तालको बिचमा कविहरुले डुंगामा बसेर कविता सुनाए। देश भरका करिब तीन दर्जन कविको उपस्थिती रहेको कार्यक्रममा डुंगाकै स्टेज बनाएर डुंगामै बसेर कवि तथा दर्शकले कार्यक्रम सफल बनाए। पहिलो दिन करिब दुई घण्टा लामो कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालको मुख्य अतिथ्य रहेको थियो। कार्यक्रममा उनले भने,'पहिलोपटक कविता र प्रकृतिलाई एकैपटक अनुभुति गर्न पाएँ'। 

३२ जना कविले आफ्नो रचना वाचन गरेका थिए। त्यस्तै दोस्रो दिन तालको किनारमा कविता श्रृंखला आयोजना भयो। उक्त दिन कविता प्रतियोगिता समेत आयोजना भयो। चार चरणमा भएको कार्यक्रममा  विद्यालय स्तरको कविता प्रतियोगिताका उत्कृष्ट चार स्थानिय कवि शुशिला वाइवा, अनिता लामा, मिरुता कार्कीलाई चार हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो। 

इन्द्रसरोवर गाउपालीका मकवानपुर र सर्वनाम थिएटर काठमाण्डौको संयुक्त आयोजना रहेको कार्यक्रममा अनिता न्यौपाने, अप्सरा तिम्सिना, असीम सागर, ईश्वर कँडेल, उषा शेरचन, छवि अनित्य, जोतारे धाइवा,  ज्योति जङ्गल, नवराज पराजुली, नवीन प्यासी, निमेष निखिल, प्रकाश रम्घाली, प्रतिमा पाठक, प्रोल्लास सिन्धुलीय, फूलमान बल, बिना थिङ तामाङ, बाबु त्रिपाठी, बिर्खे अन्जान, भूपिन, मनु मन्जिल, रन्जना निरौला, रमेश क्षितिज, राजेन्द्र पराजुली, राम अविकास, रावत, विप्लव ढकाल, सङ्गीत श्रोता, सुदेश सत्याल, सुवास खनाल, सौरभ कार्की, हेम प्रभास, हेमन यात्रीसहित स्थानिय कवि रश्मी लामा, श्याम लामाले समेत कविता वाचन गरेका थिए। 


News Link : https://pahilopost.com/content/-47194.html

अग्रगमनका लागि साझा आन्दोलनमा एकताबद्ध हुन ८५ जना स्रष्टाको आह्वान

कला, साहित्य तथा संस्कृति क्षेत्रका विभिन्न स्रष्टाहरुले प्रतिगमनको खतराविरुद्ध साझा आन्दोलनमा एकताबद्ध हुन आह्वान गरेका छन्।

सोमबार ८५ जना स्रष्टाहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी अभिव्यक्ति स्वतन्त्रता, सामाजिक रुपान्तरण र नागरिक हक–अधिकारको स्थापनाका लागि स्रष्टाहरु बेग्लाबेग्लै वैचारिक धारामा रहेपनि आवश्यक पर्दा संयुक्त रुपमा सडक–संघर्षमा उत्रन आह्वान गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते चालेको असंवैधानिक र प्रतिगमनकारी कदमपछि मुलुक थप राजनीतिक संकट र थप पश्चगमनको सिकार भएको उनीहरुको ठहर छ।

यस्तो छ विज्ञप्ति

नेपालको राजनीतिक परिर्वतन तथा सामाजिक–सांस्कृतिक रुपान्तरणको आन्दोलनमा कला, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील स्रष्टाहरुले सिर्जना र सङ्घर्षमार्फत् निरन्तर भूमिका निर्वाह गर्दै आएको विदितै छ । राणाकाल, पञ्चायतकाल र निरंकुश राजतन्त्रकालमा परिवर्तनकामी स्रष्टाहरुले सिर्जना र कर्मका माध्यमबाट जनचेतना, जनजागरण र जनसङ्घर्षमा समेत प्रत्यक्ष सहभागिता जनाउँदै आएका हुन् ।

अभिव्यक्ति स्वतन्त्रता, सामाजिक रुपान्तरण र नागरिक हक–अधिकारको स्थापनाका लागि स्रष्टाहरु बेग्लाबेग्लै वैचारिक धारामा रहेर र आवश्यक पर्दा संयुक्त रुपमा सडक–संघर्षमा ओर्लेर पनि आन्दोलित भएको गौरवपूर्ण इतिहास हाम्रासामु साक्षी नै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते चालेको असंवैधानिक र प्रतिगमनकारी कदमपछि मुलुक थप राजनीतिक संकट र थप पश्चगमनको सिकार भएको छ। पटक–पटकका जनसङ्घर्ष तथा जनआन्दोलन २०६२-०६३ का कतिपय उपलब्धिहरुसमेत खोस्न, संकुचित पार्न र मुलुकलाई अझै निरंकुशतातिर लैजान चालिएको संसद् विघटन गर्ने प्रतिगमनकारी कदमको हामी घोर भत्र्सना गर्दछौं।

आजको राजनीतिक प्रतिगमन एवम् राज्यको बढ्दो निरंकुश व्यवहारले सम्पूर्ण स्रष्टाहरुलाई फेरि एकपटक अग्रगमनका लागि साझा र संयुक्त आन्दोलनमा एकताबद्ध हुन उत्प्रेरित गरेको छ।
विद्यमान सामाजिक संरचना,राजनीतिक प्रणाली र सत्ता–अभ्यासका कारण उत्पन्न संकटहरुको अग्रगामी समाधान खोज्नुको सट्टा नागरिकको बोल्ने, विरोध गर्ने र भेला हुने स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्ने सरकारी रवैया निन्दनीय छ। यसैबीच गत सोमबार (माघ १२ गते) नागरिक आन्दोलनले गरेको शान्तिपूर्ण बालुवाटार मार्चमा सरकारद्वारा भएको दमनको हामी कडा विरोध तथा भत्र्सना गर्दछौं।

नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रता, भेला हुने र विरोध गर्ने अधिकार कुञ्ठित गर्दैमा निरंकुशता र तानाशाही शासन टिक्न सक्दैन। नेपाली जनताको सङ्घर्षबाट स्थापित सापेक्षित उपलब्धिहरुको हरण हुन नदिन र सामाजिक न्याय, जनपक्षधरता एवम् सबैखाले विभेदको अन्त्यका लागि अग्रगामी परिवर्तनका नयाँ कार्यसूचीहरु समेत निर्माण गर्न प्रतिगमनविरोधी सम्पूर्ण स्रष्टाहरु संयुक्त आन्दोलनमा सहभागी हुनु आजको आवश्यकता बनेको छ।

सिर्जनाका आ–आफ्ना माध्यमबाट र प्रत्यक्ष सडकमा उभिएर प्रतिगमनको प्रतिवाद गर्नका लागि हामी सम्पूर्ण लेखक, कवि, कलाकार, रङ्गकर्मी, चलचित्रकर्मी र सबै विधा–क्षेत्रका बौद्धिक–सांस्कृतिक अभियन्ताहरुमा आह्वान गर्दछौं ।विद्यमान राजनीतिक परिपाटी एवम् वर्तमान नेतृत्वमा रहेको सत्ता–स्वार्थ, भ्रष्ट–आचरण र अवसरवादका कारण तत्कालै संसद् पुनस्र्थापना भए पनि आजको राजनीतिक संकट समाधान नहुने भएकाले आलोचनात्मक विवेकसहित निरन्तर आन्दोलनको मोर्चामा रहनु स्रष्टा र बौद्धिक–संस्कृतिकर्मीहरुको दायित्व हुनेछ। तसर्थ, सबैखाले प्रतिगमनका विरुद्ध र निरन्तर अग्रगमनका पक्षमा हामी ‘स्रष्टान्दोलन–२०७७’ घोषणा गर्दछौं।

स्रष्टान्दोलन–२०७७ का सिर्जनात्मक कार्यक्रमहरु एवम् नीतिहरु तय गर्नका लागि २०७७ माघ १७ गतेको स्रष्टा–भेलाले दुई वटा बेग्लाबेग्लै संयोजन टिम र सचिवालय टिम निर्माण गरेको छ। दुवै टिमले छिटै आन्दोलनका कार्यक्रमहरु तय गर्ने पनि यसै विज्ञप्तिमार्फत् जानकारी गराउँछौं।

आह्वानकर्ता स्रष्टाहरुः
१. अञ्जान बाबु
२. अनिल सुब्बा
३. अनुजा अधिकारी
४. अनुप बराल
५. अभय श्रेष्ठ
६. अंशु खनाल
७. अर्चना पन्थी
८. आकांक्षा कार्की
९. इस्माली
१०. कला अनुरागी
११. काङ्साङ लावती
१२. केदार श्रेष्ठ
१३. केनिपा सिंह
१४. केशव सिलवाल
१५. गीता कार्की
१६. गुरुङ सुशान्त
१७. घिमिरे युवराज
१८. चन्द्रवीर तुम्बापो
१९. चेतनाथ धमला
२०.छम गुरुङ
२१.जगदीशचन्द्र भण्डारी
२२. झुमा लिम्बू
२३. टंक सेलिङ
२४. ताराकान्त पाण्डेय
२५. तारामणि राई
२६. दयाहाङ राई
२७. दिया मास्के
२८. दुरण राई
२९. दुर्लभ काइँला
३०.धनकुमारी सुनार
३१.नवीन तिवारी
३२. नवीन प्यासी
३३. नाजिर हुसेन
३४. नारायण ढकाल
३५. नारायण सापकोटा
३६. निनु चापागाईं
३७. प्रकाश आङ्देम्बे
३८. प्रकाश गुरागाईं
३९. प्रकाश कोइराला
४०.प्रशन्न पराजुली
४१.प्रेमिला राई
४२. बच्चु हिमांशु
४३. बलराम तिमल्सिना
४४. बिना थिङ
४५. बुद्धि तामाङ
४६. ब्रबिम शेर्मा
४७. भूपाल राई
४८. मनोज न्यौपाने
४९. महेश प्रसाईं
५०.महेश राई
५१.मातृका पोखरेल
५२. मित्रलाल पंज्ञानी
५३. रत्नमणि नेपाल
५४. राजन खतिवडा
५५. राजन मुकारुङ
५६. राजु स्याङ्तान
५७. रेणुका सोलु
५८. रोशन जनकपुरी
५९.रोहेज खतिवडा
६०.विजय बराल
६१.विनोद राई
६२. विनोदविक्रम केसी
६३. विमल निभा
६४. विमल सुवेदी
६५. विमला तुम्खेवा
६६. वियोगी बुढाथोकी
६७. विष्णुकुमार सिङ्जाली
६८. विष्णु भण्डारी
६९. शीतल कादम्बिनी
७०.शैलज पौडेल
७१.श्रवण मुकारुङ
७२. सङ्गीत
७३. समर्पण श्री
७४. सिर्जना सुब्बा
७५. सीता विश्वकर्मा
७६. सुदाम सिके
७७. सुनील आङ्बो
७८. सुमन लम्साल
७९. सुलभ पहारी
८०.सोझो गाउँले
८१.सोमनाथ खनाल
८२. सौरभ कार्की
८३. स्वप्निल स्मृति
८४. हिमांशु
८५. हीरा बिजुली नेपाली 


News Link : https://www.nepalkhabar.com/politics/49042-2021-2-1-15-23-2

Ekal Kabita Baachan : (05-03-2016/2072-11-22) कवि सौरभ कार्की -श्रृंखला ९ को पून प्रसारण : Download

  Ekal Kabita Bavhan by Poet Shaurabh Karki



आज मिति 2072 फाल्गुन 22 गते तदनुसार 05-March-2016 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 9) को पुन प्रसारण आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि सौरभ कार्की का कविताहरु सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद 

YOU CAN ALSO LISTEN AND DOWNLOAD THIS RADIO EPISODE.

Listen and Sownload Link :  

गाउँमा कविताको चौधौं शृंखला

 मोरङको झोराहाट नाट्य समूहको हलमा शनिवार गाउँमा कविताको १४ औं शृंखलामा चार कविले कविता प्रस्तुत गरे । 

विगत दुई वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार सञ्चालन गर्दै आएको शृंखलामा युवा कवि रमेश सायन, सौरभ कार्की, नवीन प्राचीन र पूजा आराधनाले चार–चारवटा कविता प्रस्तुत गरे ।

सायनले ‘एक महिना’, ‘जागिर’, ‘हिउाको लामो रात’ र ‘बुख्यााचा’ शीर्षकको कविता वाचन गर्दा अर्का कवि कार्कीले ‘रंग एक नमिल्दो कविता’, ‘एउटा नमीठो कविता’, ‘पाठशालामा नानीहरु’ तथा ‘र एउटा स्ट्रे’ शीर्षकको कविता वाचन गरेका थिए ।

कवि प्राचीनले ‘पछुतो’, ‘एउटा सालिकको आत्मलाभ’, ‘आयु’ र ‘साहस’ कविता वाचन गरे । यस्तै आराधनाले ‘संकल्प’, ‘चित्कार’, ‘भानुभक्त’ र ‘नाता र पैसा’ शीर्षकको कविता प्रस्तुत गरिन् । 

आयोजक संस्था झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले विभिन्न कठिनाइका बाबजुत पनि सबैको साथ र सहयोगका कारण गाउमा कविताले १४ औं शृंखला पार गरेको बताए ।

आगामी १५ औं शृंखला गाईजात्रे विशेष कार्यक्रम हुने गाउँमा कविता शृंखलाका संयोजक रमेशचन्द अधिकारीले जानकारी दिए । कार्यक्रममा पूर्वका विभिन्न जिल्लाबाट स्रष्टाहरुको सहभागिता थियो । 


New Link : https://radiokantipur.com/ampnews/entertainment/2017/07/29/20170729195139

सर्वोच्चको आदेशपछि सामाजिक सञ्जाल : कतै अदालतको वाहीवाही, कोही निराश

 काठमाडौँ– सर्वोच्च अदालतले शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकताको कानूनी हैसियत नरहेको फैसला सुनाएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्म्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले रविले प्रयोग गर्दै आएको नागरिकताको कानूनी हैसियत नरहेको ठहर गर्दै उनका सबै पदलाई बदर गरिदिएको हो।

रविका तर्फबाट नरेन्द्र गौतम, आशिष कुइँकेल, सुदिग्य पन्त र यत्रमणि न्यौपानेले बहस गरेको थिए। उनीहरूले रिट नै खारेज गर्नुपर्ने जिकिर गरेका थिए। रिट निवेदकका तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी, रमण कर्ण र अनिता श्रेष्ठले जवाफी बहस गर्दै रिटमा माग गरेअनुसारको आदेश जारी गर्नुपर्ने माग गरेका थिए।

अदालतको आदेशपछि सामाजिक सञ्जालमा रविविरुद्ध, रविको समर्थन तथा रविप्रति व्यङ्ग्य गर्दै टीकाटिप्पणी भइरहेको छ। त्यस्तै, रविको दोहोरो नागरिकता तथा राहदानीका विषयमा लेखिरहेका पत्रकार किशोर श्रेष्ठ र केपी ढुंगानालाई थुप्रैले बधाई पनि दिएका छन्।

श्रेष्ठले रविको दोहोरो नागरिकताको विषयमा चार वर्षअघि आवाज उठाएका थिए। पत्रकार श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “प्रेस काउन्सिलले चार वर्षअगाडि जे भनेको थियो, त्यही भयो। नागरिकतामा कैफियत देखियो।“ रविको नागरिकतासम्बन्धी विवाद प्रेस काउन्सिलमा पुग्दा उनी कामु अध्यक्ष थिए।


व्यङ्ग्य
एक वर्षअघि लामिछानेले आफैँले लेखेको न्यायालयसँग सम्बन्धित स्ट्याटस सामाजिक सञ्जालमा तीव्र रूपमा शेयर भइरहेको छ। अदालतको आदेश नमान्नेलाई 'आफ्नो ‘बा’को शासन' भन्ने स्ट्याटस हाल धेरैले व्यङ्ग्यात्मक रूपमा शेयर गरिरहेका छन्। सौरभ कार्की व्यङ्ग्य गर्छन्– “घोर कलियुग, भगवान्लाई पनि कारबाही हुन्छ।“


News Link : https://www.ukaalo.com/news/230127-reaction-on-social-media/3642



निर्मलाका निम्ति न्याय माग्दै आज सडकमा कविता

 काठमाडौँ – बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका निम्ति कविहरु पनि एकजुट भएका छन् ।

निर्मलाको न्यायका निम्ति विभिन्न क्षेत्रबाट भिन्नभिन्न स्वरुपमा दबाबमुलक अभियान भइरहेका बेला क्याफे कविताको आह्वानमा शुक्रबार काठमाडौँमा निर्मलाका निम्ति न्यायका लागि ‘सडकमा कविता’ नामक दबाब मुलक अभियान हुँदैछ ।

बेलुका पाँच बजेपछि बसन्तपुर डबलीमा हुने दबाबमुलक कविता कार्यक्रममा १३ जना कविहरुले कविता सुनाउने छन् ।

कविता सुनाउने कविहरुमा श्रवण मुकारुङ, धिरेन्द्र प्रेमर्सी, विमला तुम्खेवा, सकुन्तला जोशी, मल्लिका खतिवडा, सौरभ कार्की, रिमा केसी, साम्राज्ञी आचार्य, महेश पौडेल, लक्ष्मी रुम्बा, बिना थिङ तामाङ, बाबु त्रिपाठी र नवराज पराजुली रहेका छन् ।

सडक कविता कार्यक्रम न्यायको पक्षमा रहेको आह्वानकर्ता क्याफे कविताले जनाएको छ । यस्तै यो अभियान निर्मला र निर्मलाहरुको पक्षमा तथा सबैको पक्षमा रहेको क्याफे कविताको भनाई छ ।


News Link : https://deshsanchar.com/2018/09/21/101014/

More News About this : 

https://samudrapari.com/2018/09/279248/




Saturday, October 8, 2016

‘प्रेम भरिया’


एकमन उघारेर पर्दा – चियाउन भन्दैछ झ्याल 
कतै जल्यो कि सडकछेउ – एक झिल्को लालीगुराँस ?

“लालीगुराँस अजम्बरी चम्पा चमेली, जे भनेनी हुन्छ हजुर म त नेपाली .. ” पल्लो कोठामा रोमी, लक्ष्मी, सोबिता र देवी नाच्नका लागि ताल मिलाउन खोजिरहेथे । यता प्रिन्स गितारमा “रातो र चन्द्र सूर्य” बजाउनको लागि लिड ट्युन गर्न खोजिरहेथ्यो । शिशिर ड्रमसेटको लेग बास मिलाउदैथियो । सन्जीव रातो र चन्द्र सूर्यको रिदम म्याच अप गर्न खोजिरहेथ्यो । कुमार मादलमा ताल मिलाउन खोज्दैथ्यो । अनिल भोकल प्राक्टिस गर्दैथियो । म भने बास गितारको स्ट्रिङ्गस मिलाउदैथिए ।

कहिले पल्लो कोठाको गीतले हामीलाई डिस्टर्व गथ्र्यो त कहिले हामीले बजाएको गितार र ड्रमको भोल्युमले उनीहरुलाई । सानो कक्षाकोठामा हामी रातो र चन्द्र सूर्यको धुन खोजिरहेथ्यौ । केटीहरु लालीगुराँसलाई अझ अजम्बरी बनाउन आफ्नो हात र खुट्टाको चाल मिलाउन खोजिरहेथे । हामी त्यसबेला कक्षा ८ मा पढ्थ्यौ ।

हामी प्राक्टिस गरिरहेको कक्षाकोठाको ढोका बिस्तारै खुल्यो र एउटा मान्छे चुपचाप भित्र छिरेर सर बस्ने चेयरमा बस्यो । त्यो मान्छेले आफ्नो मैलो ज्याकेटको खल्तीबाट बाँसुरी निकाल्यो र बाँसुरीमा “रातो र चन्द्र सूर्य” को धुन मस्त भएर फुक्न थाल्यो । हामी दङ्गदास परेर उस्लाई हेरिरह्यौ ।

“यो प्रेम भरिया हो ।” साथीहरु मध्ये कसैले त्यसो भने । मैले प्रेमलाई पहिलोपटक देखेको त्यही हो ।