मेरो बुबाको,
हजुरबुबाको, हजुरबुबाको पनि हजुरबुबाले
मालिकको रिन
खाएका थिए अरे
।
त्यही रिन
तिर्नका खातिर
हाम्रो सिंगो
पुस्ता मालिकको मा कमैया
बस्यो ।
हामी बँधुवा
मजदुर भयौ ।
मैले मालिकको छोरोको झोला बोकेर
स्कूलसम्मको बाटो
हिडेको छु ।
र त्यही
झोला बोकेर सँधै
स्कुलबाट फर्किएको छु ।
तर मैले
त्यो झोलाभित्र के
छ कहिल्यै थाहापाईन
।