मेरो बुबाको,
हजुरबुबाको, हजुरबुबाको पनि हजुरबुबाले
मालिकको रिन
खाएका थिए अरे
।
त्यही रिन
तिर्नका खातिर
हाम्रो सिंगो
पुस्ता मालिकको मा कमैया
बस्यो ।
हामी बँधुवा
मजदुर भयौ ।
मैले मालिकको छोरोको झोला बोकेर
स्कूलसम्मको बाटो
हिडेको छु ।
र त्यही
झोला बोकेर सँधै
स्कुलबाट फर्किएको छु ।
तर मैले
त्यो झोलाभित्र के
छ कहिल्यै थाहापाईन
।
मैले मालिकको खेतमा आफ्नो पसिनाले
सुनका बाला
फलाएको छु ।
र मालिकको
कुकुरले खाँदाखादै छोडेको
खाना खाएको
छु ।
मालिकको गाईले मलाई मात्रै दुध दुहन दिन्थ्यो ।
दुधको स्वाद
त मैले आफ्नी
आमाको मात्रै चाखेको
हुँ ।
मालिकको गाईको
दुध कस्तो हुन्छ
मलाई कहिल्यै थाहाभएन
।
मालिककै कृपाले मैले बिबाह पनि गरेको हुँ ।
तर छोरोको
अनुहार मेरोजस्तो छँदैछैन ।
छोरोको नाक
मालिकको जस्तै छ ।
मालिकको जस्तै
चौडा छ निधार
।
र आँखा
मालिकको जस्तै तिखो छ
।
मालिकले नै दिनुभएको हो
पुछारको बारीमा
एक टुक्रा जमिन
दुई बण्डल
जस्तापाता र केही
खाँवा काठहरु
र मैले
आफू ओत्ने छानो
बनाएको हुँ ।
हामीले भगवान कहिल्यै देखेनौ
मालिकले भन्थे
हामी नै तिम्रा
भगवान हौ ।
हामीले मालिकलाई
हाम्रो भोकको भगवान मानिदियौ
।
हो हजुर मालिकको ठूलो कृपा छ हामीमाथि ।
नपत्याए हेर्नुसः
मालिकको कोर्राले
बनाएको निलडाम
अझै छ
यो ढाडमा गढेको
निलो ।
तर एकदिन राता मानिसहरु आए
उनीहरुले रातो
किताब पढेर हामीलाई
धेरैथोक सिकाए ।
उनीहरुले नै
बताईदिए
हाम्रा मालिक
हाम्रा भगवान हैनन भनेर
।
राता मानिसहरुले
हामीलाई
क्षितिजको रातो
घाम देखाउदै भनेः
हामीले पनि
रातो सपना देख्न
पाउनुपर्छ ।
हामीले पनि
पढ्न पाउनुपर्छ ।
मालिकको जस्तै
लवेदा सुरुवाल हामीले
पनि लगाउन पाउनुपर्छ
।
उनीहरुले नै
भनेर हामीले थाहापाएका
हौ
हामी पनि
पो मालिकजस्तै मानिस
रहेछौ ।
हामी कहिल्यै सपना नदेखेकाहरुलाई
उनीहरुले सपना
देख्न सिकाए ।
कोर्रा खाएर
निदाएका हामीलाई
उनीहरुले हिड्न
सिकाए ।
भोक भन्दा
पनि सपना ठूलो
रहेछ हजुर
ईज्जतको, अस्तित्वको,
आफ्नोपनको ।
उनीहरु हाम्रो
सपनाको मालिक बने ।
उनीहरु हाम्रो
बिश्वासको भगवान बने ।
हाम्रो यही बिश्वासको जगमा
उनीहरुले हामीलाई
उठ्न भने ।
उनीहरुले हामीलाई
जुट्न भने ।
संघर्ष र
क्रान्तिमा होमिन भने ।
हामीलाई बिश्वास
दिलाउन नसक्दा
पटक पटक
हाम्रै चुहिने छानोमुनि बसेर
रात रातभर
कसम खाएका हुन्
उनीहरुले ।
हाम्रै घरको
माटोमा आफ्नो रगत मिसाएर
रगतको टिका
पनि लगाएका हुन्
उनीहरुले ।
हामी मर्न
र मार्न तयार
अग्रपंक्तिका सिपाही
भयौ ।
हामी घाईते
भयौ, अपांग बन्यौ,
जिवनका बैशहरु सबै दियौ
।
हाम्रो सहादत
उनीहरुलाई भोट बन्यो
।
हाम्रो लास
उनीहरुको कुर्सी बन्यो ।
र आज
हाम्रा दुबै भगवानहरु
एउटै टेबलमा
बसेर
हाम्रै पसिनाको
रक्सीसँग
हाम्रो मासुको
चोक्टा सितन लुछिरहेछन्
।
उनीहरु हाम्रो अंगको भाग
लगाउदै
कुन अंगलाई
डिप फ्राई, कुन
स्टिम, कुन चै
रोष्ट
वा कुनलाई
कचेला बनाउने तयारी
गरिरहेछन् ।
हो अब, पक्कै रगत बगोस या पसिना
कुटिनपरोस या
मारिनपरोस हामी
तर अब
हामीले
हाम्रा भगवान,
हाम्रा मालिकहरुबिरुद्ध
एउटा अन्तिम
लडाई लड्नुपर्ने बेला
भएको छ ।
कबिताले मोड लिए जस्तै,हामिले पनि सिघ्र मोड लिए देखि! घट्ना दुर्घटना प्राय मोड मै हुदारैछन।
ReplyDelete