Thursday, September 25, 2014

रंगः एक नमिल्दो कविता

व्यथाले च्यापेर
चिच्याउदै बितेकी सुत्केरीको 
जीउको रंग कस्तो हुन्छ ?

स्याहार नपाएर
बादी आईमाईले मृत जन्माएकी
बाउ थाहानभएको बच्चाको रंग कस्तो हुन्छ ?

भर्खरै ढुन्मुन्निदै भट्टीबाट निस्किएका
एकहुल नेताजीहरुको आखाको रंग कस्तो छ ?

Thursday, September 11, 2014

रुमाल

अहिले म सिलीगुडीमा छु ।

सिलिगुडी, भारत ।

सामान किनमेल गर्नको लागि यहाँ आएको हुँ । नेपालमा भन्दा यहाँ धेरै सस्तो पर्छ । सामान पनि ओरिजिनल पाईन्छ । सबै यसै भन्छन् । मलाई पनि त्यस्तै लाग्छ ।

आज शनिबार पनि हो । हाम्रोमा आज शनिबार प्राय सब्बै कामकाज ठप्प हुने र यहाँ सिलिगुडीमा चै आईतबार मात्रै सार्वजनिक बिदा हुने र पसलहरु बन्द हुने भएकाले, मैले आजै आउने निर्णय गरेको हुँ । शनिबार हाम्रो बजार चुपचाप भएजस्तै यहाँ पनि आईतबार ठप्प हुने गर्दछ ।