Monday, October 26, 2015

जन्म दिनको शुभ–कामना

जिन्दगीका यी छरपष्ट बाटोहरुमा
म आएर के अड्किएको थिए
तिमी त कत्ति चाँडो
सपनाहरुको लाम बोकेर आईपुगिसकेछौ ।

म पनि कस्तो बुद्धु
सपनाहरु डोकोमा हालेर हिडेछु
कत्ति ठाउमा चुहिए होलान् हगि !!!
धन्य,
भेटेको जति तिमीले संगालेर ल्याईदियौ ।


साँच्चै म त सपनाहरु नभएर पो अल्मलिएछु ।

यही तामाकोशी किनारमा सुस्ताउदै
सोचिरहे– कुन बाटो कहाँ जाँदो हो ?

आफ्नै सपना संगाल्न नसक्ने नि मान्छे हुन्छ र ?
सोचिरहे, रातभर सोचिरहे ।
बाटो हिडेर कहिल्यै काँही पुग्दैन
पुग्ने त बाटो हिड्ने बटुवा पो त !!!

मलाई थाहा छ,
अब समय – आउनेवाला छैन फर्किएर ।

जे होस्, अब यहाँसम्म तिमी आइपुगेको छौ
बोकेर मेरा पनि पोखिएका सपनाहरु !!!
तिमीलाई, तिम्रो जन्मदिनको शुभ–कामना ।
समयलाई जितेरै छाड्नु ।
अनि नबिर्सिकन भनिदिनु – मैले उसँग माफी मागेको छु भनेर ।

No comments:

Post a Comment