मेडुसाको टाउको जस्तै रहेछ ।
छुन खोजेथेँ
म पत्थर भईदिएँ ।
अझै याद छ उनको अट्टहास ।
उनको मन
मेडुसाको टाउको जस्तै रहेछ ।
मुस्कुराउदा मुस्कुराउदैको मलाई पत्थर बनाईदियो ।
– – – – – – – – – – – –
लामो समयपछि जब उनी
आफ्नो हातमा फूलको टोकरी लिएर
मेरो अगाडी उभिएकी थिईन
तबमात्र आफैले थाहा पाएको हुँ
म सँग रहर, चाहना, द्वेश, आवेग
हाँसो, खुसी, पीडा, आँसु क्यै क्यै रहेनछन् ।
म मान्छे बाट ढुङ्गा भएछु
उनी ढुङ्गा पुज्न उभिएकी थिईन ।
फूलको स्पर्श छोईरहेकी मलाई
म उनलाई सर्वाङ्ग देखिरहेछु ।
तर पनि मेरा कुनै तृष्णाहरु जागेनन् ।
म ढुङ्गा बाट मान्छे बन्न चाहिन
वा मान्छे बन्ने बाटो पहिल्याउन सकिन ।
मलाई थाहाछैन ।
– – – – – – – – – – – –
म एउटा ढुङ्गो
चुपचाप ठिङ्ग उभिईरहे ।
पूजा सकेर फर्किने बेलामा
उनले आशीर्वाद मागेकी छिन् ।
थाहापाए, देवता भएर बाँच्न बहुत कठिन हुदोरहेछ ।
( 26 Dec 2015 मा नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित )
कविताको विम्व र तात्पर्यता निकै गहन छन्,मेडुसा पात्र,पत्थरको मुर्ती अनी उनी म निकै वेर सोच मग्न भए!वधाई तथा शुभ कामना यस्तै राम्रो र मर्मस्पर्शी लेख्दै जानुस शौरभजी
ReplyDelete