१
विनाशकारी होइन पेट्रोल,
मात्र छोडिदिन्छ त्यसले गरिबीका
पदचापहरु
त्यो दिन, जब अर्को तेलको
आविष्कार गर्नेहरुको अनुहार
मलिनो हुनेछ
जब तिम्रो आत्माबाट अझ बढी तेल
निकाल्न तिम्रो मुटुभित्र जीवन फुकिन्छ
सार्वजनिक प्रयोगका लागि . . .
त्यो नै वाचा हो,
तेलको वास्तविक वाचा ।