मान्छेहरुले भनेका
- आगोले जलाँउछ रे !
- पोल्छ रे भत्भती आगोले !
बेगम,
मैले कहिल्यै बुझिन-
फरक के छ आगो र तिमीमा ?
म सोच्छु
भर्सेला परोस्, आँउदिन तिम्रो नजिक
र कहिल्यै छुदिँन तिमीलाई ।
मान्छेहरु फेरी पनि भन्छन्
जीवन कहाँ सम्भव छ र आगोविना !
बेगम,
के मान्छेहरु साँचो बोल्दैछन् ?
सुन्दर बक्रोक्ति
ReplyDeleteकडा !!!!
ReplyDelete