उनले भनिन्ः
अब ती फोटोहरुको कुनै काम छैन ।
फर्काईदिनु ।
नया बर्षको दिन
मैले गिफ्ट दिएको 'वालेट' र 'रेबोन' को गगल्स
त्यो पनि फकाईदिनु ।
तिम्रो जन्मदिनमा
मैले गिफ्ट दिएको गितार
नेपाली कागजको डायरी
त्यो गितार फिर्ता गर्नु ।
त्यो डायरी फर्काईदिनु ।
र फर्काईदिनु 'राडो'को त्यो घडी ।
तिम्रो र मेरो फोटोहरुले भरिएको फोटोफ्रेम
बसन्तपुरमा सँगै हिड्दै गर्दा
मैले किनिदिएको साईड व्याग
मेरो फोटो प्रिन्ट गरिएको 'आर्चिज'को कप
'लेयर्स'को पफ्र्युम
प्रेमगीतका सिडी क्यासेटहरु
सब्बै सब्बै फर्काईदिनु ।
ताकि मलाई यस्तो नलागोस्
तिमीसँग बाँकी छन् मेरा केही सौगातहरु ।
'भ्यालेन्टाईन डे' विस गरिएका कार्डहरु
तिमीलाई मनपर्छ भनेर मैले दिएको किताबहरु
'फ्रेन्डसिप डे' मा मैले प्रेमले दिएको ब्रासलेट
मनकामना मन्दिरबाट ल्याईदिएको लकेट
र दरबारमार्गमा मैले किनेको
आधा मुटुवाला 'नेकपिस'
त्यो पनि फर्काईदिनु ।
ताकि समय यस्तो नहोस्
मैले दिएका सामानहरु हेरेर
तिमीलाई निद्रा नलागोस् ।
उनले यो सब भनेको भोलीपल्ट बिहान
मैले फिर्ता गरिदिएको थिए उनका सब्बै सब्बै उपहारहरु ।
.....................
बर्षौपछि
आज तामाकोशी बगरमा
उनको र मेरो भेट भएको छ ।
र यसबेला उनी मसँग
उनले छाडिगएका सम्झनाहरु माग्दैछिन् ।
touching.
ReplyDeleteअहा ति सम्झनाहरु
ReplyDeleteजसले उनलाई आज सम्म पनि भिकारि बनाइरहे
मिठ्ठो