Sunday, October 1, 2023

निर्मलाका निम्ति न्याय माग्दै आज सडकमा कविता

 काठमाडौँ – बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका निम्ति कविहरु पनि एकजुट भएका छन् ।

निर्मलाको न्यायका निम्ति विभिन्न क्षेत्रबाट भिन्नभिन्न स्वरुपमा दबाबमुलक अभियान भइरहेका बेला क्याफे कविताको आह्वानमा शुक्रबार काठमाडौँमा निर्मलाका निम्ति न्यायका लागि ‘सडकमा कविता’ नामक दबाब मुलक अभियान हुँदैछ ।

बेलुका पाँच बजेपछि बसन्तपुर डबलीमा हुने दबाबमुलक कविता कार्यक्रममा १३ जना कविहरुले कविता सुनाउने छन् ।

कविता सुनाउने कविहरुमा श्रवण मुकारुङ, धिरेन्द्र प्रेमर्सी, विमला तुम्खेवा, सकुन्तला जोशी, मल्लिका खतिवडा, सौरभ कार्की, रिमा केसी, साम्राज्ञी आचार्य, महेश पौडेल, लक्ष्मी रुम्बा, बिना थिङ तामाङ, बाबु त्रिपाठी र नवराज पराजुली रहेका छन् ।

सडक कविता कार्यक्रम न्यायको पक्षमा रहेको आह्वानकर्ता क्याफे कविताले जनाएको छ । यस्तै यो अभियान निर्मला र निर्मलाहरुको पक्षमा तथा सबैको पक्षमा रहेको क्याफे कविताको भनाई छ ।


News Link : https://deshsanchar.com/2018/09/21/101014/

More News About this : 

https://samudrapari.com/2018/09/279248/




No comments:

Post a Comment