काठमाडौं, चैत २८ – फेरि चैत २४ गते शक्रबारदेखि ‘आन्दोलन’ सुरु हुने भएको छ । यो आन्दोलन पनि ६२/६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्नेछ ।
यो पटक ‘आन्दोलन’ सडकमा नभई काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा हुन लागेको हो । सौरभ कार्कीको योजनामा सुदाम सिकेले ‘आन्दोलन’ नेतृत्व गर्दैछन् ।
२०४६ तथा २०६२/६३ को जनआन्दोलन सुरुवात भएको विशेष र ऐतिहासिक दिन चैत २४ बाटै त्यस्तै झल्को दिने नाटक ‘आन्दोलन’को मञ्चन सुरु हुन लागेको हो । यस नाटक सौरभ कार्कीले लेखेका हुन् भने प्रतिवद्ध युवा रंगकर्मी सुदाम सिकेले निर्देशन गरेका हुन् ।
आन्दोलनकारी युवाहरुमा भने कलाकारहरु रियर राई, संयोग गुरागाईं, इगिहोपो कोइच सुनुवार, सिजन दाहाल, मिलन कार्की, बिनिता गुरुङ र सुदिप खतिवडा छन् । त्यस्तै नेपथ्यमा रहेर सघाउने आन्दोलनकारीहरुमा सुरेश कार्की, रामशरण रेग्मी, घनश्याम श्रेष्ठ, राजेन्द्र भट्ट, अमुल श्रेष्ठ, किरण चाम्लिङ, प्रेम शाक्य, सवनम चौधरीलगायत छन् ।
‘आन्दोलनका क्रममा नाटकघर बाहिर फोटो कलाकार दिपेन्द्र ब्रजाचार्यले ६२÷६३ को आन्दोलनमा खिचेका तस्वीरहरु पनि प्रदर्शन गरिने थिएटर मल नाटकघरका कला निर्देशक केदार श्रेष्ठले जनाएका छन् ।
उनले थिएटर मलमा राजनीति र समाजसँग जोडिएका नाटकहरु धेरै मञ्चन भएपनि यो विशेष रहेको बताए । ६२/६३ कै आन्दोलन भोगेका, सहभागी भएकाहरु संलग यस नाटक सोही जनआन्दोलनको सम्झना र सम्मानमा मञ्चन गरिन लागेको हो ।
नाटक ‘आन्दोलन’ बैशाख ११ गतेसम्म हरेक साँझ ठिक ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे मञ्चन हुनेछ । यो पटक नै बिदाको दिन नराखी थिएटर मलमा बुधबार पनि नाटक मञ्चन हुनेछ ।
News Links :
1. https://www.ratopati.com/story/330755
2.https://nagariknews.nagariknetwork.com/arts/120062-1491975540.html
3. https://pahilopost.com/content/-30753.html
4. https://baahrakhari.com/detail/23209
5. https://nepalaaja.com/2017/4/64716
6. https://annapurnapost.com/story/69476/
7. https://www.newsofnepal.com/2017/04/06/22246/
8. https://himalpost.com/andolan-2-2/
9.https://ekantipur.com/ampnews/2017-04-09/20170409084854.html
10. https://ausnepalnews.com/2017/04/40278.html
11. https://www.reporternepal.com/2017/04/13265/
12. https://saptahik.com.np/theater/2017/04/11/20170411132129
No comments:
Post a Comment