मोरङको झोराहाट नाट्य समूहको हलमा शनिवार गाउँमा कविताको १४ औं शृंखलामा चार कविले कविता प्रस्तुत गरे ।
विगत दुई वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार सञ्चालन गर्दै आएको शृंखलामा युवा कवि रमेश सायन, सौरभ कार्की, नवीन प्राचीन र पूजा आराधनाले चार–चारवटा कविता प्रस्तुत गरे ।
सायनले ‘एक महिना’, ‘जागिर’, ‘हिउाको लामो रात’ र ‘बुख्यााचा’ शीर्षकको कविता वाचन गर्दा अर्का कवि कार्कीले ‘रंग एक नमिल्दो कविता’, ‘एउटा नमीठो कविता’, ‘पाठशालामा नानीहरु’ तथा ‘र एउटा स्ट्रे’ शीर्षकको कविता वाचन गरेका थिए ।
कवि प्राचीनले ‘पछुतो’, ‘एउटा सालिकको आत्मलाभ’, ‘आयु’ र ‘साहस’ कविता वाचन गरे । यस्तै आराधनाले ‘संकल्प’, ‘चित्कार’, ‘भानुभक्त’ र ‘नाता र पैसा’ शीर्षकको कविता प्रस्तुत गरिन् ।
आयोजक संस्था झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले विभिन्न कठिनाइका बाबजुत पनि सबैको साथ र सहयोगका कारण गाउमा कविताले १४ औं शृंखला पार गरेको बताए ।
आगामी १५ औं शृंखला गाईजात्रे विशेष कार्यक्रम हुने गाउँमा कविता शृंखलाका संयोजक रमेशचन्द अधिकारीले जानकारी दिए । कार्यक्रममा पूर्वका विभिन्न जिल्लाबाट स्रष्टाहरुको सहभागिता थियो ।
New Link : https://radiokantipur.com/ampnews/entertainment/2017/07/29/20170729195139
No comments:
Post a Comment