Sunday, October 1, 2023

सर्वोच्चको आदेशपछि सामाजिक सञ्जाल : कतै अदालतको वाहीवाही, कोही निराश

 काठमाडौँ– सर्वोच्च अदालतले शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकताको कानूनी हैसियत नरहेको फैसला सुनाएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्म्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले रविले प्रयोग गर्दै आएको नागरिकताको कानूनी हैसियत नरहेको ठहर गर्दै उनका सबै पदलाई बदर गरिदिएको हो।

रविका तर्फबाट नरेन्द्र गौतम, आशिष कुइँकेल, सुदिग्य पन्त र यत्रमणि न्यौपानेले बहस गरेको थिए। उनीहरूले रिट नै खारेज गर्नुपर्ने जिकिर गरेका थिए। रिट निवेदकका तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी, रमण कर्ण र अनिता श्रेष्ठले जवाफी बहस गर्दै रिटमा माग गरेअनुसारको आदेश जारी गर्नुपर्ने माग गरेका थिए।

अदालतको आदेशपछि सामाजिक सञ्जालमा रविविरुद्ध, रविको समर्थन तथा रविप्रति व्यङ्ग्य गर्दै टीकाटिप्पणी भइरहेको छ। त्यस्तै, रविको दोहोरो नागरिकता तथा राहदानीका विषयमा लेखिरहेका पत्रकार किशोर श्रेष्ठ र केपी ढुंगानालाई थुप्रैले बधाई पनि दिएका छन्।

श्रेष्ठले रविको दोहोरो नागरिकताको विषयमा चार वर्षअघि आवाज उठाएका थिए। पत्रकार श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “प्रेस काउन्सिलले चार वर्षअगाडि जे भनेको थियो, त्यही भयो। नागरिकतामा कैफियत देखियो।“ रविको नागरिकतासम्बन्धी विवाद प्रेस काउन्सिलमा पुग्दा उनी कामु अध्यक्ष थिए।


व्यङ्ग्य
एक वर्षअघि लामिछानेले आफैँले लेखेको न्यायालयसँग सम्बन्धित स्ट्याटस सामाजिक सञ्जालमा तीव्र रूपमा शेयर भइरहेको छ। अदालतको आदेश नमान्नेलाई 'आफ्नो ‘बा’को शासन' भन्ने स्ट्याटस हाल धेरैले व्यङ्ग्यात्मक रूपमा शेयर गरिरहेका छन्। सौरभ कार्की व्यङ्ग्य गर्छन्– “घोर कलियुग, भगवान्लाई पनि कारबाही हुन्छ।“


News Link : https://www.ukaalo.com/news/230127-reaction-on-social-media/3642



No comments:

Post a Comment