काठमाण्डाै – काठमाण्डाैका विभिन्न ठाउँबाट इनफ इज इनफका अभियान्ताहरु पक्राउ परेका छन् ।
दरबारमार्ग, नक्साल, महाराजगञ्ज लगायत ठाउँबाट ४५ जनाभन्दा धेरै अभियान्ताहरु पक्राउ परेकाे अभियन्ता रविक उपाध्यायले उज्यालोलाई जानकारी दिनुभयो । पक्राउ पर्नेमा रन्जु दर्शना, आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेर्तीलगायत छन् ।
सरकार विरोधी प्रदर्शनका लागि बालुवाटार जाने क्रममा अभियन्तालाई बाटोबाटै पक्राउ गरिएको उपाध्यायको भनाइ छ । उनीहरु १२ बजेको पूर्वनिर्धारित शान्तिपूर्ण प्रदर्शनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै थिए ।
कोरोना रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको भन्दै उनीहरुले लगातार सरकारको विरोध गर्दै आएका छन् । पीसीआर परीक्षण बढाउनुपर्ने, क्वरेण्टीनकाे व्यवस्थापन राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वरेण्टीनमा बस्नका लागि उचित प्रबन्ध मिलाउनुपर्नेलगायत मागसहित उनीहरु १४ दिनदेखि सत्याग्रहमा छन् ।
पक्राउ परेका अभियन्ताहरुलाई महाराजगञ्जमा राखिएको छ ।
News Link :
1. https://ujyaaloonline.com/story/40992
2. https://baahrakhari.com/detail/276216
3. https://lekhajokhanews.com/news/1468/
4. https://www.nayapage.com/archives/251494
5. https://www.pnpkhabar.com/2020/07/134326/
6. https://www.enepal.com.au/news/13679
7. https://eraibar.com/?p=7270
No comments:
Post a Comment